२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाेलि सार्वजनिक बिदा !

९ पुष २०७८, शुक्रबार ०९:०३

पुस ९, काठमाडौँ | सरकारले भाेलि (शनिवार) सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ। क्रिश्चियन धर्मालम्वीहरुकाे चाड क्रिसमस डेको अवसरमा सरकारले भाेलि सार्वजनिक बिदा दिने निर्णय गरेको हाे।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै प्रवक्ता कार्कीले पुस १० गते क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन्।

त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परीक्षा बोर्डमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५ (१) बामोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीका अनुसार सरकारले विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति गर्ने, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको लागि पूर्वस्वीकृति दिने, जिल्लासभा रुपन्देहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृति दिने निर्णय पनि भएको छ ।

सरकारले हुलाक वस्तुको महसुल दर पुनरवलोकन गर्ने र वैदेशिक द्रुत डाक सेवा (इएमएस)को महसुसल पुनरावलोकन गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा