२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिला चाेर आयाे भन्दै कराए, जब मान्छे भेला भए तब आत्महत्या गरे !

२०७८, ९ पुष शुक्रबार ११:२५

पुस ९, काठमाडौँ | शुक्रबार बिहान ५ बजेतिर कपनमा ‘चोर आयो, चोर आयो’ भन्दै एक व्यक्ति कराएपछि छिमेकमा हुनेहरु दौडिएर बाटोतिर निस्किए । मान्छे जम्मा हुन थालेपछि ती व्यक्ति आफैं ‘म चोर होइन’ भन्दै सामुन्नेमा रहेको पक्की घरबाट माथि उक्लिए ।

‘बरण्डामा पुग्ने वित्तिकै उनले आफूलाई बिजुलीको कालो तारमा पासो लगाए’ महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी डुण्डिराज न्यौपाने भन्छन्, ‘त्यो देखेर केही मानिसहरु उनलाई तान्न पनि गएका रहेछन्, तर उनको मृत्यु भइसकेको थियो ।’

चोर आयो भन्दै कराउने व्यक्ति आफैं झुण्डिन गएपछि केही स्थानीयले मोबाइलमा भिडियो पनि बनाएका थिए । भिडियोमा उनी मानिसहरु जम्मा हुने वित्तिकै तारमा झुण्डिएको देखिन्छ । डीएसपी न्यौपाने भन्छन्, ‘भिडियोमा पनि उनी आफैं गएर झुण्डिएको देखिन्छ, कारणबारे अनुसन्धान भइरहेको छ ।’

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ का प्रकाश अधिकारी बूढानिलकण्ठ–११ मा बस्दै आएका थिए । उनी मजदुरी गरेर गुजारा चलाउँथे ।प्रहरी प्रभाग, कपनका एक प्रहरीका अनुसार उनले नियमित मादक पदार्थ सेवन गर्ने गरेको खुल्न आएकाे छ ।

‘मादक पदार्थको लत नै लागेको जस्तो देखिन्छ, तर पछिल्लो केही दिनदेखि उनले नखाएको भन्ने खुलेको छ,’ उनले भने, ‘बिहीबार पनि उनी राति उठेर बरबराएका थिए, आज मृत भेटिए ।’ प्रहरीले उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महराजगञ्ज पठाएको डीएसपी न्यौपाने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी