सम्राट सिंह/भदौ ६, बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा रहेको छ । बाहुलीगाड खोला र सेती नदी ले घेरेर बनेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/भदौ ६, बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा रहेको छ । बाहुलीगाड खोला र सेती नदी ले घेरेर बनेक"/>
२८ पुष २०८२, सोमबार
बझाङ्ग - BJN

बाढीको उच्च जोखिममा सदरमुकाम चैनपुर

६ भाद्र २०७३, सोमबार १०:०३

सम्राट सिंह/भदौ ६, बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा रहेको छ । बाहुलीगाड खोला र सेती नदी ले घेरेर बनेको चैनपुर सानो टापु जस्तै देखिन्छ । 

असार ३१ गते बाहुलीगाड खोलामा आएको बाढीले जयपृथ्वी नगरपालिकाका वडाहरु  जोड्ने झोलुङ्गे पुल बगायो । पुल नजिकै रहेका ५ वटा घर पसल पनि बगाए पछि त्यहा“ आसपासका केही घरहरुमा मानिसले बसोबास गर्न छोडिसकेका छन । 

बाढीका कारण बाहुलीगाड खोलाले धार परिवर्तन गरी सदरमुकामको दक्षिणी कुनो शिबालय क्षेत्र तिर कटान सुरु गरे पछि सदरमुकामबासीहरु बढी खतराको महसुस गर्न थालेका छन । 

सदरमुकाम चैनपुर सुदुरका पहाडी जिल्लाहरुमा सबै भन्दा मिलेको र सुन्दर सदरमुकामको रुपमा परिचित छ । तर यि दुइ नदीको  कारण यहा“को जमिन कटान सुरु भए पछि सदरमुकाम बग्ने डरले स्थानियहरु चिन्तित भएका छन । 

बहुलाहा खोलाको रुपमा चिनिने बाहुलीगाडमा कुन दिन बाढी आउने हो र सदरमुकाम सखाप पार्ने हो सधै चैनपुरबासी त्रसित हुने गरेको स्थानिय बिकास रायले बताए । तत्काल आरसीसी तटबन्धन नहुँने हो भने यसले ठुलो क्षति निम्त्याउने उनको भनाइ छ । 

बाहुली गाडको कटान बढ्दै जा“दा सदरमुकामको पुर्वी भाग भइ बग्ने सेती नदी र पश्चिमी क्षेत्रबाट बग्ने बाहुलीगाड एउटै रेखामा पर्न सक्ने र यसले सदरमुकामको अस्तित्व नै समाप्त पार्न सक्ने खतरा रहेको छ । 

सदरमुकामको जोखिम नियन्त्रण गर्नका सर्वदलिय बैठक बोलाई सरोकारवालाहरु सँग छलफल भइरहेको स्थानिय विकास अधिकारी प्रेमराज गिरीले बताए । 

सदरमुकाममा कटानको जोखिम बढदै गएको भए पनि यसलाई नियन्त्रण गर्न सरोकारवाला निकायले चासो नदेखाएको भन्दै सदरमुकामबासीले स्वतस्र्फुत सदरमुकाम बचाउ अभियानको सुरुवात गरेका छन । 

बाहुलीगाड क्षति न्युनिकरण तथा सदरमुकाम बचाउन अभियान २०७३ नाम दिइएको स्थानियहरुको दवाब समुहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउनुका साथै तुरुन्त नियन्त्रणको प्रयास गर्न माग गर्दै धर्ना समेत दिएको थियो । 

जिल्ला प्रशासन कार्यालयले यस बारेमा प्रधानमन्त्री कार्यालय तथा केन्द्रका अन्य निकायमा जानकारी समेत गराएको छ । जिल्ला प्रशासन कार्यालयले जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयलाई नदी कटानले भएको क्षति, सम्भावित जोखिम क्षेत्रबारे प्राविधिकलाई १५ दिन भित्र प्रतिवेदन बुझाउनका लागी निर्देशन समेत दिइसकेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…