२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालका सन्तोष साहलाई बीबीसी मास्टरसेफ ‘रिम्याच’को उपाधि

१३ पुष २०७८, मंगलवार ०५:५२

पुस १३, काठमाडौँ | मास्टर सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको रिम्याच उपाधि प्राप्त गरेका छन्। सोमबार बीबीसी वान तथा आइप्लेयरमा प्रसारित अन्तिम प्रतिस्पर्धामा जमी पार्क, फिली आर्मिटेज र बार्ट वान देर लीलाई हराउँदै उनले उपाधि जितेका हुन्।

विगतका शृंखलामा अन्तिम चरणसम्म पुगेका चार प्रतिस्पर्धीलाई उनीहरूको खाना र करियरले कति प्रगति गरेको छ भनेर देखाउनको लागि मास्टर्ससेफ रिम्याच प्रोफेसनल कार्यक्रम आयोजना गरिन्छ। यो कार्यक्रममा ४ जना प्रतिस्पर्धीहरू थिए।

उनका प्रतिस्पर्धीहरुमध्ये जामिया पार्क बीबीसी मास्टरसेफ २०१७ को सिजनका अन्तिम प्रतिस्पर्धी थिए भने बाँकी दुई फिली आर्मिटेज र बार्त धान डेर ली २०२० को अन्तिम सिजनका प्रतिस्पर्धी हुन्। साह २०२० को सिजनमा मास्टर्ससेफ प्रोफेसनको दोस्रो हुन सफल भएका थिए। उनले यो प्रतिस्पर्धामा विभिन्न प्रकारका भेगन खाना पनि प्रस्तुत गरेको जानकारी दिए।

जसमा १८ वटा परिकार तयार पारिएको थियो। त्यस्तै, उनले तयार पारेको खानामा ग्रीन बनाना करी, भात, प्याजको सलाद, मासको दाल, गोलभेडांको चटनी, कटर पोलेको, मालपुवा, बुनिया जस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेको बीबीसी वानद्वारा प्रसारित सामग्रीमा उल्लेख छ। गत वर्ष ३२ जना प्रतियोगी सहभागी रहेको बीबीसी मास्टरसेफ द प्रोफेसनल २०२० को दोस्रो स्थानको उपाधि हासिल गरेका थिए।

यो उपाधि हात पार्ने उनी पहिलो नेपाली हुन्। ग्राण्ड फिनालेमा पुगेका सन्तोषले प्रतियोगिताभर नेपाली खाना बनाएर निर्णायकहरूको मन जितेका थिए। उनले कोदोको खिर, यमोरी, पुरीलगायत हिमाल, पहाड र तराई सबैको प्रतिनिधित्व गर्ने खाना बनाएर निर्णायकहरुलाई पस्किएका थिए। उनले यस पटकको प्रतियोगितामा भने भेगन खानाको साथमा तराईमा प्रचलनमा रहेको खाद्य परिकारलाई पनि समेट्न सकेकोमा खुसी लागेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का