२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन जना (एसपी) सहित १ हजार १ सय ४५ प्रहरी कारबाहीमा

१३ पुष २०७८, मंगलवार ०७:११

पुस १३, काठमाडौँ | पाँच महिनाको अवधिमा १ हजार १ सय ४५ जना प्रहरी कारबाहीमा परेका छन् । तीन जना प्रहरी उपरीक्षक (एसपी) सहित १ हजार १ सय ४५ जनालाई कारबाही गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए ।

कारबाहीमा पर्नेहरूमा सबैभन्दा धेरै प्रहरी जवान रहेका छन् पाँच महिनाको अवधिमा ६ सय ७५ जना प्रहरी जवान कारबाहीमा परेका छन् । त्यसपछि ३ सय ५ जना प्रहरी हवल्दार कारबाहीमा परेका छन् भने प्रहरी उपरीक्षक माथिल्लो दर्जाका कुनै पनि प्रहरी यो पाँच महिनाको अवधिमा कारबाहीमा परेका छैनन् ।

त्यसैगरी प्रहरी नायव उपरीक्षक (डिएसपी) ४ जना कारबाहीमा परेका छन् भने १२ जना प्रहरी निरीक्षक कारबाहीमा परेको प्रवक्ता एसएसपी कुँवरले जानकारी दिए । ४६ जना प्रहरी नायव निरीक्षक (सई), ८६ जना प्रहरी सहायक निरीक्षक (असई) पनि कारबाहीमा परेका हुन् । त्यस्तै १४ जना कार्यालय सहयोगी पनि कारबाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का