२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव बेचबिखनमा नियन्त्रणमा चुनौती

२०७८, १४ पुष बुधबार ०९:४२

पुस १४, काठमाडौँ | रासस | मानव बेचबिखन तथा ओसारपसारका आयाम तथा स्वरुप फेरिएकाले नियन्त्रणमा चुनौती थपिएको जनाइएको छ । वैदेशिक रोजगार, होटल, रेष्टुराँ, बारमा काममा लगाउने नाममा नक्कली विवाह गर्नेजस्ता कार्यले यसको नियन्त्रणका लागि समस्या थपिएको हो  । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा आज बुटवलमा भएको मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियान कार्यक्रममा सरोकारवालाले मानव बेचबिखन नियन्त्रणका लागि तीन तहका सरकारको समन्वय र सहकार्यमा नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न जोड दिनुभएको थियो । 

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले मानव बेचबिखन सामूहिक प्रयत्नको खाँचो औल्याउँनुभयो ।  मन्त्रालयका सहसचिव रोशनीकुमारी श्रेष्ठले लागुऔषधको कारोबारपछि दोस्रो ठूलो अपराधका रुपमा मानव बेचबिखन देखिएको बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा लुम्बिनी प्रदेश सरकारका नीति कार्यक्रमबारे जानकारी गराउँदै कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले सरकारको प्रयासले मात्रै मानव बेचबिखन नियन्त्रण सम्भव नरहेकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । 

बुटवल उपमहानगरपालिका, सामाजिक विकास महाशाखा प्रमुख तुल्सा अर्यालले समाजमा हुने हिंसा, विभेद र मानव बेचबिखन नियन्त्रणका लागि नगरमा टोल निगरानी समिति बनाएर निगरानी बढाएको र सोहीअनुसार कार्यक्रमसमेत बनाएर कार्यान्वयन गरिएको बताउनुभयो । कार्यक्रममा अधिकारकर्मी रिमा बिसी, सावित्रा घिमिरे, उषा गुरुङ, पत्रकार अस्मिना पाण्डेलगायतले घरेलु हिंसा र दुव्र्यवहारका  कारण पनि महिला तथा बालबालिका बेचबिखनमा पर्ने गरेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने