१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निकुञ्जमा ६३ बन्यजन्तु मरे

१४ पुष २०७८, बुधबार ११:२४

पुस १४, काठमाडौँ | रासस | चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको हालसम्म ६३ वन्यजन्तु मरेका छन् । ती मध्ये  सबैभन्दा बढी गैँडा र चित्तल छन् । निकुञ्जको तथ्याङ्क अनुसार १० भाले सात पोथी र दुई लिङ्ग नछुट्टिएका अवस्थामा गैँडा मृत फेला परेको हो । प्राकृतिक कारणबाट बुढो भएर पाँच, दलदलमा परेर पाँच, पानीमा डुबेर दुई , जुँधेर चार, बाघको आक्रमणबाट एउटा गैँडा मरेका हुन् । गत साउन १२ गते माडीको घाँगर क्षेत्रमा भेटिएको र गत असोज ११मा धोवा क्षेत्रमा भेटिएको गैँडा चोरी शिकारबाट मरेको हुनसक्ने अनुमान निकुञ्जको छ । सरकारी हात्ती पालेका अवस्थामा बुढो भएर मरेको छ । 

खोरिया मुहानमा रहेको ७५ वर्षको पोथी हात्ती मरेको होे । सोही सङ्ख्यामा चित्तल मरेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार १५ पोथी र ४ भाले चित्तल मरेका हुन । अधिकांश भुस्याहा कुकुरको टोकाइबाट मरेका जनाइएको छ । यसैगरी एक भाले र एक पोथी बाघ मरेका छन् । खोरमा उपचारका क्रममा एउटा र बिरामी भएको अवस्थामा अर्को मरेको उहाँले जानकारी दिनुभयो । 

त्यस्तै प्राकृतिक कारणबाट एक भाले र एक पोथी भालु मरेका छन् । ६ भाले र चार पोथी अर्ना यसै अवधिमा मरेको निकुञ्जले जनाएको छ । एक भाले र एक पोथी रतुवा, एक भाले र एक पोथी लगुना, दुई पोथी र एक भाले जरायो, एक पोथी मगर गोही र अन्य तीन वटा विभिन्न जनावर मरेको तिवारीले वताउनुभयो । मगर गोही गाडीले किचेर मरेको हो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले प्राकृतिक कारणले मर्ने वन्यजन्तुको सङ्ख्या घटाउन आवश्यक सावधानी अपनाइएको जानकारीदिनुभयो । निकुञ्जभित्र चोरी शिकारीका कारणले भन्दा प्राकृतिक कारणले अधिकांश वन्यजन्तु मरेका हुन । निकुञ्ज बाहिर राष्ट्रिय वन र वरण्डाभार क्षेत्रमा सवारी साधनले किचेर मरेका वन्यजन्तुको तथ्याङ् डिभिजन वन कार्यालयले राख्ने गर्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का