१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘भूकम्पलाई खेलाँची नसम्झी घर बनाउनुस्’

१४ पुष २०७८, बुधबार ११:३१

पुस १४, काठमाडौँ | गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पलगायत प्राकृतिक प्रकोपबाट नागरिकको जीउधनको सुरक्षा गर्नु सबैको दायित्व भएको बताएका छन्। गृहमन्त्रालयमा आज भएको २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समिति बैठकमा उनले सबै नागरिकमा एक दिनमात्र होइन, हरेक दिन भूकम्पसम्बन्धी सजगता दिलाउन आवश्यक रहेको धारणा व्यक्त गरे।

गृहमन्त्री खाँणले भने, ‘भूकम्पीय जोखिमका हिसाबले नेपाल ११ औँ स्थानमा पर्छ, पछिल्लो भूकम्पले सबैलाई सजग तुल्याएको छ, ठूलो जनधनको क्षति भयो। भूकम्पपछिको पुनःनिर्माणका काम अझै भइरहेका छन्।’ सरकारले २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह माघ २ गते ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायरमा गर्ने भएको छ।

भूकम्पबाट जनधनको क्षति कम गर्न जारी भएको पूर्वाधार निर्माणमा आचारसंहिताको पूर्णपालना गरिनुपर्नेमा जोड दिँदै उनले दिवसलाई औपचारिकतामा सीमित नतुल्याई नागरिकलाई भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गर्न सक्नुपर्ने बताए। विसं १९९० माघ २ गते महाभूकम्पबाट भएको क्षति र सम्झनास्वरुप विसं २०५५ देखि हरेक वर्ष सोही दिन राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ।

गृहमन्त्री खाणले ग्रामीण भेगमा भवन निर्माण तीव्र हुन थालेको भन्दै भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप बनाउन आग्रह पनि गरे। उनले ग्रामीण भेगमा पनि भुकम्प प्रतिरोधी भवन निर्माण गर्नु आवश्यक रहेको बताए। ग्रामीण भेगमा जनसंख्या वृद्धि भएसँगै तीव्र गतिमा भवन निर्माण हुन थालेको र यसले गर्दा भूकम्पबाट बच्ने सुरक्षा चुनौती पनि थपिएको उनको भनाई छ।

उनले भने, ‘ठूला भवनहरु र विद्यालयको भवन निर्माण गर्ने क्रममा त सरकारको मापदण्ड अनुसार नै अवलम्वन गर्‍या देखिन्छ। त्यसकारणले गाउँपालिकालाई पनि नगरपालिकाले अवलम्वन गर्ने मापदण्ड अवलम्वन गरिरहेको भए त्यो गाउँपालिकालाई धन्यवाद। गरिरहेको छैन त्यो गाउँपालिकाहरुलाई पनि भवन निर्माणको मापदण्ड अवलम्वन गर्नु उचित हुन्छ जस्तो लाग्छ। त्यसका लागि सम्बन्धित निकायहरुले नेतृत्व गर्नुपर्ने र पहल गर्नुपर्ने देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का