२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थानकोट जेसीजका अध्यक्षमा सञ्चारकर्मी दानी

२०७८, १६ पुष शुक्रबार ११:४६

पुस १६, काठमाडौँ | थानकोट जेसीजका अध्यक्ष पदमा युवा सञ्चारकर्मी रोसन दानी निर्वाचित हुनुभएको छ । संस्थाको बिहीबार यहाँ सम्पन्न वार्षिक साधारणसभा तथा २२ औँ शाखा अधिवेशनले उहाँका अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । यसअघि उहाँ संस्थाको महासचिव पदमा कार्यरत हुनुहुन्थ्यो । 

नवनिर्वाचित अध्यक्ष दानी प्रगतिशील पत्रकार सङ्घ काठमाडौँ जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । यसैगरी शाखाको कार्यकारिणी उपाध्यक्षमा एलिना महर्जन, सुजना महर्जन श्रेष्ठ, राहुल गोपाली, रिकेस महर्जन निर्वाचित हुनुभएको नेपाल जेसिजका पूर्वराष्ट्रिय उपाध्यक्ष मोहनलाल डाँगीले जानकारी दिनुभयो । 

नवनिर्वाचित अध्यक्ष दानीले महासचिवमा विपना बस्नेत, कोषाध्यक्षमा विराज शाही, कानुुनी सल्लाहकारमा विशाल शाही र सल्लाहकारमा संस्थापक अध्यक्ष नन्ददास अमात्य, सलिम श्रेष्ठ, पेशल खतिवडा, राज गोपाली र मोहन डाँगी मनोनीत गर्नुभएको छ । संस्थाले मानवीय सेवाका गतिविधि तथा युवामा नेतृत्व विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ