१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कर्णालीको तथ्यगत समाचारले नीति निर्माणमा सहयोग पुग्नुपर्छ’

१७ पुष २०७८, शनिबार ०९:३६

पुस १७, काठमाडौँ | रासस | सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले कर्णालीको तथ्यगत समाचारले नीति निर्माणमा सहयोग पुग्नुपर्ने बताउनुभएको छ । 

तुलसादेवी हरिहर फाउण्डेसन काठमाडौँद्वारा आज आयोजित ‘कर्णाली प्रदेशका क्रियाशील पत्रकारका लागि आचारसंहिता तालिम’को भर्चुअल कार्यक्रममा सचिव डा अर्यालले कर्णालीको समस्याको सत्य र तथ्य समाचारले सरकारलाई नीति निर्माण सहयोग पुग्ने बताउनुभयो । “विकास पूर्वाधारमा कर्णाली पछि नै छ”, उहाँले भन्नुभयो, “त्यहाँको सटिक समाचार आउनुपर्छ ।” 

विचार र आस्थाका आधारमा लेखिने समाचारले भ्रम पर्न जाने भन्दै सचिव डा अर्यालले व्यक्तिलाई प्रताडना हुने समाचार लेखनमा पत्रकारलाई संवेदनशील हुन सुझाउनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष डा सुरेश आचार्यले आचारसंहिता उल्लङ्घन गरेका कारण नभई कानून उलङ्घनमा पत्रकार र सञ्चारगृह कारवाहीमा परेको जिकिर गर्नुभयो । 

“आचारसंहिता जिम्मेवार हुने प्रयोजनको आपसी समझदारी हो, हामी यो मापदण्डभित्र रहेर काम गर्छौं भन्या हो, व्यावसायिक सङ्गठनको आचारसंहिता हुन्छ”, डा आचार्यले भन्नुभयो, “प्रेस काउन्सिलको संरचनामा म सहमत छैन, यसले पत्रकार आचारसंहिता निर्माण गर्ने नभई उनीहरुको कामको अनुगमन तथा कार्यान्वयन गर्ने हो ।” 

तालिमका क्रममा प्रधानमन्त्री, सञ्चारमन्त्री, मन्त्री र आफूलाई लागेको मान्छेको समाचार सरकारी मिडियाले लेख्ने संस्कृति रहेको टिप्पणी गर्दै उहाँले विपक्षीको समाचारलाई त्यति प्राथमिकता नदिने गरेको जनाउनुभयो । काउन्सिलमा पार्टीका व्यक्ति नियुक्त हुने अभ्यासले स्वच्छता नदेखिने भन्दै प्रकाशक, सम्पादक, विश्वविद्यालयका प्राध्यापकको प्रतिनिधि, काउन्सिल र महासङ्घको अध्यक्ष पदेन सदस्य रहने छट्टै आयोगको आवश्यक रहेको डा आचार्यले औँल्याउनुभयो ।   

मुख्य अधिकृत झविन्द्र भुसालले प्रेस काउन्सिलले पत्रकार आचारसंहिता २०७३ बारे सूचना गर्दै आएको र अहिले त्यसको परिमार्जन भएको बताउनुभयो । उहाँले आचारसंहिताको दफा ४ मा प्रेस स्वतन्त्रता, लोकतन्त्रको संरक्षणका लागि पेशागत मान्यता, व्यवहारमा रहेर आफ्नो कर्तव्य निर्वाह गर्न सुझाउनुभयो । भुसालले काउन्सिलको क्षमता र स्रोत साधनले भ्याएसम्म दुर्गमका पत्रकारको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

त्यस्तै राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवालले रिपोर्टिङका क्रममा कसरी आचारसंहिता पालना र प्रयोग गर्ने विषयमा आफ्नो प्रस्तुति राख्नुभएको थियो । पत्रकारले समाचारमा स्रोतको सहि पहिचान, पूर्वअध्ययन गरी गोपनीयताको हकलाई संरक्षण गर्दै सत्यतथ्य र निष्पक्ष समाचार लेख्न प्रशिक्षक सिलवालले सुझाव दिनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समिति अध्यक्ष देवीराम देवकोटाले पत्रकारिता क्षेत्रलाई स्वतन्त्र कसरी गर्ने भन्नेमा चुनौती बढ्दै गएको बताउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का