१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुद्धनगरको वाग्मती किनारबाट फोहर व्यवस्थापन

१७ पुष २०७८, शनिबार ११:३९

पुस १७, काठमाडौँ | वाग्मती नदीको बुद्धनगर क्षेत्रमा गरिएको सफाइबाट चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४५१औँ हप्तामा बुद्धनगरस्थित वाग्मती पुल नजिकै सडकको दायाँबायाँ सफाइ गरिएको हो । अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट जम्मा गरिएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ स्वयंसेवी महाअभियान हो । यो प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा वाग्मती किनारमा हुने गरेको छ । ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सफाइ हुँदै आएको छ ।वाग्मती सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, नवनियुक्त अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख नवराज प्याकुरेल, काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तन्डुकार, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, महानगरपालिका वडा नं १० स्थानीयवासी, विभिन्न सङ्घसंस्था, वडा नं ११ का स्थानीयवासी र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कर्मचारी लगायतको सहभागिता थियो ।  

महानगरपालिका वडा नं ११ राजेश टोल सुधार समितिका अध्यक्ष ज्ञानकुमार बज्राचार्यलाई फोहर वर्गीकरण गरी घरमा मल बनाउनका लागि २० थान विन अधिकार सम्पन्न वाग्मतीले हस्तान्तरण गरेको थियो । पुस २४ गते शनिवार शङ्खमूल पुलमा बिहान ७ः३० बजे ४५२ औँ हप्ताको सफाइ गरिने महाअभियानले जनाएको छ ।  

महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका विभिन्न भागका साथै यसका सहायक नदी पनि सफाइ भइरहेको छ । गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथको उत्तर र पश्चिमी भाग, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्ते खोलालगायत स्थानमा पनि सफाइ अभियान जारी छ । हाल काठमाडौँ उपत्यकाका २५ स्थानमा सफाइ भइरहेको छ ।यसैगरी उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ भने उपत्यका बाहिर १०९ स्थानमा वाग्मती सफाइ महाअभियानबाट नै प्रभावित भएर सफाइ अभियान चलिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का