१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमपातले गहुँबाली सप्रिने भन्दै किसान खुसी

१८ पुष २०७८, आईतवार ०९:२७

पुस १८, काठमाडौँ | लामो समयको खडेरी पश्चात् परेको हिमपातले जिल्लाका किसान खुसी भएका छन् । पानी नपरेकाले बारीमा छरेको गहुँबाली उम्रिन नसक्नाका साथै कीरा फट्याङ्ग्राले खाएर सक्ने भन्दै चिन्तामा रहेका यहाँका किसान दुई दिनसम्म परेको हिमपातले गहुँलगायत अन्य बालीलाई पानी पर्याप्त हुने भएकाले खुशी भएका हुन् ।

जिल्लाका उच्च लेकाली तथा आकासे पानीको भरमा खेती गरिएका ठाउँमा लगाइएका खेतीपातीका लागि बाक्लो हिमपातले प्रशस्त पानी पुगेकाले किसान रामाएका सायल गाउँपालिकाका तेजबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी नहुँदा गहुँ बाली सुकेको थियो, अधिकाँश ठाउँका बाली कीराले खाइसकेको थियो, हिमपातले राम्रो सिँचाइ भएकाले अब गहुँलगायत खेती सप्रिने भएका छन् ।” 

लामो समयदेखि पानी नपरेका बेला हिमपातसँगैको वर्षाले यहाँका किसानले लगाएका गहँु, तोरी, मसुरो, चनालगायत बाली तथा र आलु, काउली, बन्दालगायत तरकारी खेती राम्रो हुनाका साथै उत्पादनमा पनि वृद्धि हुने आशा पलाएको केआइसिंह गाउँपालिका–२ का किसान रुद्रलाल भट्टले जानकारी दिनुभयो । आकाशे पानीको भरमा खेती लगाउने डाडाँका बस्तीसँगै फाँटमा लगाइएको बालीमासमेत वर्षाले राम्रो भएको उहाँको भनाइ थियो । गएको असोज महिनादेखि पानी नपरेका कारण खेतीयोग्य जमिन सुक्खा भएका बेला पानी परेपछि हिउँदे बालीका साथै तरकारी खेतीको उत्पादनमा वृद्धि हुने र बेमौसमी वर्षाले राम्रो प्रभाव पारेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । केही मात्रामा चिसो बढ्ने भएकाले थोरै बालीमा नोक्सानी गरे पनि अहिलेको हिमपात र वर्षाले उत्पादनमा वृद्धि ल्याउने ज्ञान केन्द्रको अपेक्षा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का