२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयबाट १६ जना बिचौलिया पक्राउ

१९ पुष २०७८, सोमबार १६:५५

पुस १९, काठमाडौँ | चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा सर्वसाधारणलाई हैरानी दिई अशान्ति मच्चाएको आरोपमा प्रहरीले आज १६ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ का सुवीन लामा, सौरभ श्रेष्ठ, राजेश खड्गी, रबिन कार्की, अजय महर्जन र हरिकृष्ण पहरी छन् । यस्तै, पक्राउ पर्ने अन्यमा धनकुटाका राकु तामाङ, अछामका एकेन्द्र बुढा, ओखलढुङ्गाका वीरेन्द्र कटुवाल र विवेक न्यौपाने, तनहुँका शुशान्तराज भण्डारी, मकवानपुरका विशाल लामा, रोल्पाका जीवन मगर, झापाका विशाल मेचे, ललितपुरका रुद्रबहादुर महत र  सिन्धुपाल्चोकका छिरिङ तामाङ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सवै जनामाथि यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई लाग्ने दस्तुरभन्दा बढी लिने गरेको तथा छिटो काम गरिदिने बहानामा आश्वासन दिई जबर्जस्ती गरेर सेवाग्राहीलाई दुःख दिने गरेको आरोप छ । उनीहरुलाई सार्वजनिक स्थानमा अशान्ति मच्चाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताउनुभयो । 

अपराध संहिता, २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरी प्रहरी वृत्त थानकोटले उनीहरुमाथि अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ