१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिने १६ विचौलिया पक्राउ

२० पुष २०७८, मंगलवार ०५:११

पुस २०, काठमाडौँ | यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट १६ जना बिचौलिया पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका ६ गुर्जुधारामा रहेकाे यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई जबरजस्ती तानी अनावश्यक दुःख दिँदै अभद्र व्यवहार गरिरहेकाे अवस्थामा १६ जनालाई आज साेमवार पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा काठमाडाैं सुबिन लामा, काठमाण्डाैकै शौरव श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन र हरिकृष्ण पहरी रहेका छन् । यस्तै धनकुटाका राकु तामाङ, अछामका एकेन्द्र बुढा, ओखलढुङ्गाका वीरेन्द्र कटुवाल र तनहुँका सुशान्त राज भण्डारी पनि पक्राउ परेका छन् । साथै मकवानपुरका विशाल लामा, रोल्पाका जीवन मगर, झापाका विशाल मेचे, ओखलढुङ्गाका विवेक न्यौपाने, ललितपुरका रुद्रबहादुर महत र सिन्धुपाल्चाेकका छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेकाे हाे।

उनीहरूले सेवाग्राहीहरूलाई लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिन खोजी छिटोछरितो काम गरिदिने भनी आश्वासन दिई जबरजस्ती तानी अनावश्यक दुःख दिँदै सार्वजनिक स्थानमा अशान्ति मच्चाएकाे प्रहरीले बताएकाे छ । उनीहरू १६ जनालाई पक्राउ गरी मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरी प्रहरी वृत्त थानकोटमा थप अनुसन्धान भइरहेकाे छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का