१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुट्टाछुट्टै सवारी दुर्घटनामा चारको मृत्यु

२१ पुष २०७८, बुधबार ०६:४१

पुस २१, काठमाडौँ | ललितपुर, बागलुङ, पर्वत र सिन्धुलीमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। ललितपुरको कुपण्डोलमा मंगलबार राती मोटरसाइकल बिजुलीको पोलमा ठोकिँदा एक जनाको मृत्यु भएको हो। एक जना भने घाइते भएका छन्।

प्रहरीका अनुसार बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल मंगलबार राती सवा एक बजे अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको थियो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार मंगलबजार बस्ने ललितपुरकै गोदावरी नगरपालिका–९ छम्पीका ३१ वर्षीय राजु तामाङको उपचारको क्रममा आज बिहान तीन बजे पाटन अस्पतालमा मृत्यु भएको हो।

मोटरसाइकल चालकको भने महाँकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। बाग्लुङको ढोरपाटन नगरपालिका–१ खप्तडीवाङमा गएराती मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ। एक जना भने घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक बागलुङकै निसिखोला गाउँपालिका–७ का ३३ वर्षीय लीला तामाङ रहेका छन्।

बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा तामाङको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडी सवार सोही ठाउँका ३८ वर्षीय सागर तामाङको सोही प्राथमिक केन्द्रमा उपचार भइरहेको छ। गएराती सवा नौ बजे लु ३१ प ४५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो।

पर्वतको विहादी गाउँपालिका–६ बिसुन डाँडामा हिजो साँझ ट्याक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ। परिचालक भने घाइते भएका छन्। मृत्यु हुनेमा विहादी गाउँपालिका–५ का ३० वर्षीय मुक्ति पराजुली रहेका छन्। घाइते भएका परिचालक सोही ठाउँका १७ वर्षीय राजु नेपालीलाई उपचारको लागि वालिङ पठाइएको छ। वाकीठाँटीबाट उरामतर्फ जाँदै गरेको लु ४ त ६८ ४८ नम्बरको ट्याक्टर हिजो साँझ साढे छ बजे अनियन्त्रित भएर पल्टिएको थियो। दुर्घटनामा चालक पराजुली ट्याक्टरको इन्जिनले च्यापिएका थिए।

सिन्धुलीको कमलामाई नगरपालिका–६ राममाडीमा हिजो बेलुकी ट्याक्टर र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। कमलामाई–६ का २७ वर्षीय शिव कुमार खत्रीको घटनास्थलमै मृत्यु भएको हो। मंगलबार बेलुकी साढे ८ बजे ज १ त ६३८७ नम्बरको ट्याक्टर र प्रदेश २–०३–०२१ प ७६०८ नम्बरको मोटरसाइकल ठोकिएका थिए । ट्याक्टर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द