२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुट्टाछुट्टै सवारी दुर्घटनामा चारको मृत्यु

२०७८, २१ पुष बुधबार ०६:४१

पुस २१, काठमाडौँ | ललितपुर, बागलुङ, पर्वत र सिन्धुलीमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। ललितपुरको कुपण्डोलमा मंगलबार राती मोटरसाइकल बिजुलीको पोलमा ठोकिँदा एक जनाको मृत्यु भएको हो। एक जना भने घाइते भएका छन्।

प्रहरीका अनुसार बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल मंगलबार राती सवा एक बजे अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको थियो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार मंगलबजार बस्ने ललितपुरकै गोदावरी नगरपालिका–९ छम्पीका ३१ वर्षीय राजु तामाङको उपचारको क्रममा आज बिहान तीन बजे पाटन अस्पतालमा मृत्यु भएको हो।

मोटरसाइकल चालकको भने महाँकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। बाग्लुङको ढोरपाटन नगरपालिका–१ खप्तडीवाङमा गएराती मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ। एक जना भने घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक बागलुङकै निसिखोला गाउँपालिका–७ का ३३ वर्षीय लीला तामाङ रहेका छन्।

बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा तामाङको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडी सवार सोही ठाउँका ३८ वर्षीय सागर तामाङको सोही प्राथमिक केन्द्रमा उपचार भइरहेको छ। गएराती सवा नौ बजे लु ३१ प ४५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो।

पर्वतको विहादी गाउँपालिका–६ बिसुन डाँडामा हिजो साँझ ट्याक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ। परिचालक भने घाइते भएका छन्। मृत्यु हुनेमा विहादी गाउँपालिका–५ का ३० वर्षीय मुक्ति पराजुली रहेका छन्। घाइते भएका परिचालक सोही ठाउँका १७ वर्षीय राजु नेपालीलाई उपचारको लागि वालिङ पठाइएको छ। वाकीठाँटीबाट उरामतर्फ जाँदै गरेको लु ४ त ६८ ४८ नम्बरको ट्याक्टर हिजो साँझ साढे छ बजे अनियन्त्रित भएर पल्टिएको थियो। दुर्घटनामा चालक पराजुली ट्याक्टरको इन्जिनले च्यापिएका थिए।

सिन्धुलीको कमलामाई नगरपालिका–६ राममाडीमा हिजो बेलुकी ट्याक्टर र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। कमलामाई–६ का २७ वर्षीय शिव कुमार खत्रीको घटनास्थलमै मृत्यु भएको हो। मंगलबार बेलुकी साढे ८ बजे ज १ त ६३८७ नम्बरको ट्याक्टर र प्रदेश २–०३–०२१ प ७६०८ नम्बरको मोटरसाइकल ठोकिएका थिए । ट्याक्टर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ