पुस २१, काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिनुभएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा हङकङमा मुख्य कार्यलय रहेको ‘आइडिया ग्रु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २१, काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिनुभएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा हङकङमा मुख्य कार्यलय रहेको ‘आइडिया ग्रु"/>
२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्छ’

२१ पुष २०७८, बुधबार १०:०४

पुस २१, काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिनुभएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा हङकङमा मुख्य कार्यलय रहेको ‘आइडिया ग्रुप’ गैरआवसीय नेपाली तथा विदेशी साझेदार संलग्न बहुराष्ट्रिय कम्पनीको नेपाली  परियोजना उद्घाटन कार्यक्रममा उहाँले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा जडीबुटी प्रशोधनका क्षेत्र लगानीका लागि उर्वर रहेको बताउनुभयो ।  

“भारतीयले विदेशमा आर्जन गरेको ज्ञानबाट बैङ्लोरमा ठूलो परिवर्तन ल्याएर देखाए, यस्तै परिवर्तन गैरआवासीय नेपालीले पनि नेपालमा कुनै क्षेत्रमा लगानी गरेर देखाउन सक्छन्, कामको खोजीमा खाडी जाने नेपाली युवालाई यहीँ रोजगारी दिन सक्छन्, देशलाई अघि बढाउने रचनात्मक सोच अघि सार्न पनि गैरआवासीय नेपालीको यसतर्फ ध्यान जानुपर्छ”, पूर्व राष्ट्रपति यादवले भन्नुभयो ।

प्रधानन्यायधीशले अदालत र एउटा दलले संसद् बन्धक बनाउने प्रवृत्ति जारी रहेसम्म यस्ता सोचमा ध्यान जान नसक्ने भएकाले समस्या समाधानका लागि उहाँले सबै पक्षलाई आग्रह गर्नुभयो । सकारात्मक सोचका लागि विश्वविद्यालयको जनशक्तिसँग पनि सञ्जाल निर्माण गरेर सहकार्य गरिनुपर्नेमा यादवले जोड दिनुभयो ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नेपालको विकास भयो भने विश्वमा नेपालीको शिर उचो हुने सोच अनुसार ‘आइडिया फर नेपाल’ ले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘आइडिया फर नेपाल’ सँगको सहकार्यमार्फत् छिट्टै नै विराटनगरमा आधुनिक पार्किङ निर्माण हुन लागेको जानकारी पनि उहाँले कार्यक्रममा दिनुभयो ।

पार्किङ समस्या समाधानमा आधुनिक प्रणाली 

सहरको समस्या बनिरहेको पार्किङ व्यवस्थापनको झन्झट हटाउने गरी नेपालमा आधुनिक पार्किङ प्रणाली भित्र्याइने भएको छ । विश्वका विभिन्न देशमा पार्किङलगायत विभिन्न व्यवसाय गरिरहेका ‘आइडिया ग्रुप’ को नेपाल शाखा ‘आइडिया फर नेपाल’ ले यस्तो प्रणाली भित्र्याउन लागेको हो ।  

कार्यक्रममा परियोजनाबारे जानकारी दिँदै आइडिया नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठले अत्याधुुनिक कार पार्किङ प्रणाली भित्र्याएपछि दुई कार पार्किङ गर्ने स्थानमा दर्जनौँ कार पार्किङ गर्न सकिने बताउनुभयो । उहाँले विभिन्न देशमा काम गरेको अनुभवका आधारमा नेपालमा पनि काम गर्न लागेको जानकारी दिनुभयो । आइडियाको विभिन्न परियोजनामार्फत आगामी १० वर्षभित्र १० लाख जनालाई उद्यमी बनाउने सोच रहेको बताउनुभयो ।

कम्पनीले हाल विश्वका विभिन्न देशमा ४०० भन्दा बढी परियोजनामा संलग्नता जनाएको छ । त्यसमध्ये ५० वटालाई आफैँले नेतृत्व गरिरहेको छ । तीन सय ५० वटा परियोजनामा भने अरु कम्पनीको पनि लगानी छ । कम्पनीले अफ्रिकाको सुनखानी, युरोपमा पार्किङ, घरजग्गा व्यसाय (रियल स्टेट), कृषि तथा अन्य विविध क्षेत्रमा लगानी गरिरहेको छ । करिब पाँच वर्षअघिदेखि नेपालमा पनि यसले कृषि, घरजग्गा, पर्यटनलगायतको क्षेत्रमा लगानी गरिरहेको छ ।

कम्पनीले कीर्तिपुर, बुटवल, नेपालगञ्ज, पोखरालगायतका क्षेत्रमा ‘मेघा सिटी’ निर्माणका अवधारणासहित आवास निर्माण गर्दैछ । त्यस्तै सिन्धुपाल्चोकमा फलफूल तथा जुम्लामा स्याऊ फर्म सञ्चालनको लागि प्रक्रिया आरम्भ गरेको छ । कार्यक्रममा संस्थाका निर्र्देशक रोजिना प्रधान राईले नेपालीलाई विश्वभर कामदारका रुपमामात्र  हेरिने वर्तमान परिस्थितिलाई परिवर्तन गर्दै नेपाली पनि ‘इन्टरप्रेनर’ हुन् भन्ने स्थापित गराउन आफूहरु लागि परेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन