रमेश लम्साल, भदौ ७, काठमाडौँ । वर्तमान सरकारले जनताको दैनिक जीवनसँग जोडिएका विषयलाई पहिलो प्राथमिकतामा राखेर आफ्ना कामलाई अगाडि बढाइरहेको छ । 

गत साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका पुष्पकमल दाहालले त्यसलगत्तै जनताको दैनिकीसँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रमेश लम्साल, भदौ ७, काठमाडौँ । वर्तमान सरकारले जनताको दैनिक जीवनसँग जोडिएका विषयलाई पहिलो प्राथमिकतामा राखेर आफ्ना कामलाई अगाडि बढाइरहेको छ । 

गत साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका पुष्पकमल दाहालले त्यसलगत्तै जनताको दैनिकीसँ"/>

९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको प्राथमिकताः जनजीवनदेखि वैदेशिक रोजगारसम्म

७ भाद्र २०७३, मंगलवार १०:५६

रमेश लम्साल, भदौ ७, काठमाडौँ । वर्तमान सरकारले जनताको दैनिक जीवनसँग जोडिएका विषयलाई पहिलो प्राथमिकतामा राखेर आफ्ना कामलाई अगाडि बढाइरहेको छ । 

गत साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका पुष्पकमल दाहालले त्यसलगत्तै जनताको दैनिकीसँग जोडिएका एक दर्जनभन्दा बढी विषयमा चासो व्यक्त गर्नुभएको छ । संविधानको कार्यान्वयन तथा मधेसकेन्द्रित दललाई वार्ता र संवादमार्फत उनीहरुको माग सम्बोधन गर्ने कामलाई पनि वर्तमान सरकारले उत्तिकै प्राथमिकता दिँदैआएको छ । 

पुनःनिर्माण पहिलो प्राथमिकतामा 

‘गोरखा भूकम्प’बाट प्रभावित ११ जिल्लाका पीडितलाई ४५ दिनभित्र पहिलो किस्ता बापतको रकम उपलब्ध गराउन पुनःनिर्माण प्राधिकरणलाई प्रधानमन्त्रीबाट निर्देशन भएको छ । प्रधानमन्त्रीको सो निर्देशनलगत्तै पुनःनिर्माण प्राधिकरणले अभियानात्मक कार्यक्रम नै घोषणा गरेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा प्राधिकरणले लाभग्राहीको तथ्याङ्क सङ्कलन अभियान चलाइरहेको छ । कुल पाँच लाख २३ हजार भूकम्पपीडितलाई पहिलो किस्ताको रकम उपलब्ध गराउने निर्णय भएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो । 

उहाँका अनुसार गत साउन ३१ गतेदेखि आगामी असोज २ गतेभित्र लाभग्राही सूचीमा रहेका भूकम्पपीडितलाई रु ५० हजार उपलब्ध गराउने निर्णय भएअनुरुप प्रक्रिया द्रुत रुपमा अगाडि बढेको छ । यस्तै केही जिल्लामा परेको उजुरीको पनि द्रुत विधि अपनाएर समस्याको समाधान खोजिने छ । 

विद्युत् कटौती सात घन्टा 

प्रधानमन्त्री दाहालले तत्कालीन सुधारको कार्ययोजना पेस गर्न सचिवलाई दिनुभएको निर्देशनलगत्तै ऊर्जा मन्त्रालयले आगामी हिउँदमा विद्युत्भार कटौतीलाई सात घन्टामा सीमित गर्ने कार्ययोजना अगाडि सारेको छ । माथिल्लो मस्र्याङ्दी र हेवा लगायत जलविद्युत् आयोजनाबाट करिब एक सय मेगावाट थप हुने र भारतबाट एक सय २० मेगावाट थप विद्युत् ल्याउने सरकारको योजना छ । 

ऊर्जा मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले आगामी हिउँदमा विद्युत्भार कटौतीलाई सात घन्टामा सीमित गर्ने कार्ययोजनासहितको प्रस्ताव पेस गरिएको जानकारी दिँदै गत फागुन ६ गते जारी भएको ऊर्जा सङ्कट निवारण कार्ययोजना, २०७२ कै सेरोफेरोमा रहेर कार्ययोजना बनाइएको बताउनुभयो । गत हिउँदमा १२ घन्टाभन्दा बढी विद्युत्भार कटौतीको मारमा परेका जनतालाई राहत दिने लक्ष्यका साथ उक्त कार्ययोजना अगाडि सारिएको मन्त्रालयको भनाइ छ । 

अलपत्र नागरिकको उद्धार 

सरकारले साउदी अरब र श्रीलङ्कामा अलपत्र परेका नेपालीलाई उद्धार गर्न विशेष पहल थालेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दै गएको पृष्ठभूमिमा साउदी अरबमा नेपाली कामदार कामविहीन हुन पुगेका छन् । साउदी अरबमा ९१ नेपाली अलपत्र अवस्थामा छन् । 

प्रधानमन्त्रीको निर्देशन बमोजिम परराष्ट्र मन्त्रालयबाट उद्धारको पहल थालिएको छ । उद्धार प्रयासमा प्रगति भएको मन्त्रालयले जनाएको छ । यस्तै खाडीको कारागारमा रहेका र कामविहीन नेपालीको तथ्याङ्क उपलब्ध गराउन समेत प्रधानमन्त्रीबाट दिइएको निर्देशनानुसार काम सुरु भएको मन्त्रालयको भनाइ छ । साउदी अरबको जेद्दास्थित वाणिज्यदूतको कार्यालयले अलपत्र अवस्थामा रहेका नेपालीलाई सम्पकर्मा आउन आग्रह गरिसकेको छ । 


यस्तै दलालको फन्दामा परेका १४ महिला श्रीलङ्कामा अलपत्र अवस्थामा रहेकामा उनीहरुको स्वदेश फिर्तीको प्रक्रिया पनि सुरु गरिएको छ । 

कालोबजारी नियन्त्रणमा विशेष अभियान 

सरकारले कालोबजारी र महँगी नियन्त्रणका लागि विशेष अभियान सुरु गरेको छ । अहिले आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाको संयोजकत्वमा सुरक्षा निकाय, उपभोक्तावादी सङ्घ संस्था लगायतको एकीकृत अनुगमन टोली परिचालित छ । अनुगमन टोलीले नियमित रुपमा बजार अनुगमन गरिरहेको छ । प्रधानमन्त्रीले गत साउन २६ गते दिएको निर्देशनानुसार नै विशेष अभियान सुरु गरिएको मन्त्रालयका सहसचिव आनन्दराम रेग्मीले जानकारी दिनुभयो । 

यस्तै कालोबजारी रोक्न ऐन संशोधनको गृहकार्य गर्न कानुन मन्त्रालयले प्रक्रिया सुरु गरेको छ । आपूर्ति मन्त्रालयले ‘¥यापिड एक्सन प्लान’ बनाई मुलुकभर नै टोली परिचालन गरेको छ । 

सुकुम्बासी समस्या समाधान गरिने 

सरकारले मुलुकभर रहेका सुकुम्बासीको समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाएको छ । सुकुम्बासीका बस्तीमा अमानवीय तवरले डोजर लगाएर घर तथा टहरा हटाउन सुरु गरिएपछि वैकल्पिक व्यवस्था गर्ने र उनीहरुलाई व्यवस्थित गर्ने योजनामा सरकार छ । प्रधानमन्त्री दाहाललाई चितवन बाँदरझुलाका सुकुम्बासी अगुवा, नेकपा९क्रान्तिकारी माओवादी०का अध्यक्ष मोहन वैद्य र सुकुम्बासी समस्या समाधान उच्च आयोगका पूर्वअध्यक्ष समेत रहनुभएका नेकपा९माओवादी केन्द्र०का नेता हरिबोल गजुरेलले समेत सुकुम्बासी समस्या समाधान गर्न र अनावश्यक डोजर नलगाउन आग्रह गरेपछि सरकारले वैकल्पिक व्यवस्था गरेर मात्रै अतिक्रमित बस्ती खाली गराउने तयारी गरेको छ । 

दैनिक जीवनका समस्या प्राथमिकतामा 

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले प्रधानमन्त्रीले जनताको दैनिक जीवनसँग जोडिएका कामलाई प्राथमिकतामा राख्नुभएको र राष्ट्रिय कार्यभार पूरा गर्ने योजनामा लाग्नुभएको बताउनुभयो । सल्लाहकार खनालले स्थानीय निर्वाचन, उच्च अदालतको गठन एवम् मधेस समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो “कालोबजारीबाट आक्रान्त भएका जनतालाई राहत दिन र राष्ट्रिय सरोकारका विषयमा सरकार गम्भीर छ ।” 

सत्ता साझेदार दललाई तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरिएको र त्यसपछि एकाध दिनभित्रै सरकारले गति लिने उहाँको विश्वास छ । 

संविधान निर्माण प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका मधेसकेन्द्रित दलको माग बमोजिम मधेस आन्दोलनमा मारिएका ५२ जना सहिद परिवारलाई रु दश लाखका दरले राहत दिन र मधेस आन्दोलनको भौतिक क्षतिको विवरण सङ्कलन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्रलालको नेतृत्वमा सात सदस्यीय आयोग समेत गठन गर्ने काम भइसकेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने सत्तारुढ दलको बैठक आज बस्दै विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन युरोपा लिगमा रिगास एफएसविरुद्ध इन्टरिज फ्राङ्कफटको जीत लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन यस्तो रहनेछ आजको मौसम ? हल्का वर्षाको सम्भावना एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा