पुस २३, काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजको २४ औँ राष्ट्रिय परिषद् बैठक एवं वार्षिक साधारणसभा आगामी माघ २१ र २२ गते कपिलवस्तुमा हुने भएको थियो । शान्ति समाज कपिलवस्तु शाखाको आतिथ्यतामा जितपुर– ४ मा परिषद् बैठक आयोजना हुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २३, काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजको २४ औँ राष्ट्रिय परिषद् बैठक एवं वार्षिक साधारणसभा आगामी माघ २१ र २२ गते कपिलवस्तुमा हुने भएको थियो । शान्ति समाज कपिलवस्तु शाखाको आतिथ्यतामा जितपुर– ४ मा परिषद् बैठक आयोजना हुन"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शान्ति समाजको २४ औँ राष्ट्रिय परिषद् बैठक कपिलवस्तुमा

२०७८, २३ पुष शुक्रबार ०६:२२

पुस २३, काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजको २४ औँ राष्ट्रिय परिषद् बैठक एवं वार्षिक साधारणसभा आगामी माघ २१ र २२ गते कपिलवस्तुमा हुने भएको थियो । शान्ति समाज कपिलवस्तु शाखाको आतिथ्यतामा जितपुर– ४ मा परिषद् बैठक आयोजना हुन लागेको सभापति गोविन्द खनालले राससलाई जानकारी दिनुभयो । ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार’ भन्ने मूल आह्वानसहित परिषद् बैठक सम्पन्न हुन लागेको हो । राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि शान्ति समाज कपिलवस्तु शाखा सभापति गोविन्द पोख्रेलको संयोजकत्वमा मूल तयारी समिति र विभिन्न उपसमिति गठन भएको छ । राष्ट्रिय परिषद् समाजको सर्वोच्च नीति निर्णायक अङ्ग हो ।

चार जना केन्द्रीय सदस्यको राजीनामा स्वीकृत

शान्ति समाजको बिहीबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले चार जना केन्द्रीय सदस्यले पदबाट राजीनामा दिएको सम्बन्धमा, उहाँहरुले शान्ति समाजमा गरेको योगदानप्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दै राजीनामा स्वीकृत गरेको छ । दुर्गा राना (लक्ष्मी), निर्मला सुवेदी, गणेश पौडेल र  सन्तोष रौनियारले शान्ति समाजको अभियानमा सदैव साथ र सहयोग रहने प्रतिबद्धतासहित हाल आफ्नो राजनीतिक सक्रियताको कारण जनाई राजीनामा दिनुभएको हो । शान्ति समाजको ३३ सदस्यीय केन्द्रीय कार्यसमितिमा अब २९ सदस्य रहनुभएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने