पुस २३, काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजको २४ औँ राष्ट्रिय परिषद् बैठक एवं वार्षिक साधारणसभा आगामी माघ २१ र २२ गते कपिलवस्तुमा हुने भएको थियो । शान्ति समाज कपिलवस्तु शाखाको आतिथ्यतामा जितपुर– ४ मा परिषद् बैठक आयोजना हुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २३, काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजको २४ औँ राष्ट्रिय परिषद् बैठक एवं वार्षिक साधारणसभा आगामी माघ २१ र २२ गते कपिलवस्तुमा हुने भएको थियो । शान्ति समाज कपिलवस्तु शाखाको आतिथ्यतामा जितपुर– ४ मा परिषद् बैठक आयोजना हुन"/>
२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शान्ति समाजको २४ औँ राष्ट्रिय परिषद् बैठक कपिलवस्तुमा

२३ पुष २०७८, शुक्रबार ०६:२२

पुस २३, काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजको २४ औँ राष्ट्रिय परिषद् बैठक एवं वार्षिक साधारणसभा आगामी माघ २१ र २२ गते कपिलवस्तुमा हुने भएको थियो । शान्ति समाज कपिलवस्तु शाखाको आतिथ्यतामा जितपुर– ४ मा परिषद् बैठक आयोजना हुन लागेको सभापति गोविन्द खनालले राससलाई जानकारी दिनुभयो । ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार’ भन्ने मूल आह्वानसहित परिषद् बैठक सम्पन्न हुन लागेको हो । राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि शान्ति समाज कपिलवस्तु शाखा सभापति गोविन्द पोख्रेलको संयोजकत्वमा मूल तयारी समिति र विभिन्न उपसमिति गठन भएको छ । राष्ट्रिय परिषद् समाजको सर्वोच्च नीति निर्णायक अङ्ग हो ।

चार जना केन्द्रीय सदस्यको राजीनामा स्वीकृत

शान्ति समाजको बिहीबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले चार जना केन्द्रीय सदस्यले पदबाट राजीनामा दिएको सम्बन्धमा, उहाँहरुले शान्ति समाजमा गरेको योगदानप्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दै राजीनामा स्वीकृत गरेको छ । दुर्गा राना (लक्ष्मी), निर्मला सुवेदी, गणेश पौडेल र  सन्तोष रौनियारले शान्ति समाजको अभियानमा सदैव साथ र सहयोग रहने प्रतिबद्धतासहित हाल आफ्नो राजनीतिक सक्रियताको कारण जनाई राजीनामा दिनुभएको हो । शान्ति समाजको ३३ सदस्यीय केन्द्रीय कार्यसमितिमा अब २९ सदस्य रहनुभएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला