पुस २३, पाल्पा(रासस) । पाल्पामा आवश्यक मापदण्ड पूरा नगरिकन विस्तार गरिएका सडक दुर्घटनाको उच्च जोखिममा परेको छ । 

साँघुरा र कच्ची सडक, सवारी चालकको लापरबाही, सवारी साधनको अवस्थाको चेकजाँच नगर्ने प्रवृत्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २३, पाल्पा(रासस) । पाल्पामा आवश्यक मापदण्ड पूरा नगरिकन विस्तार गरिएका सडक दुर्घटनाको उच्च जोखिममा परेको छ । 

साँघुरा र कच्ची सडक, सवारी चालकको लापरबाही, सवारी साधनको अवस्थाको चेकजाँच नगर्ने प्रवृत्त"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

साँघुरा सडक र चालकको लापरबाहीः दुर्घटनाको बढ्दो जोखिम

२३ पुष २०७८, शुक्रबार ०८:०६

पुस २३, पाल्पा(रासस) । पाल्पामा आवश्यक मापदण्ड पूरा नगरिकन विस्तार गरिएका सडक दुर्घटनाको उच्च जोखिममा परेको छ । 

साँघुरा र कच्ची सडक, सवारी चालकको लापरबाही, सवारी साधनको अवस्थाको चेकजाँच नगर्ने प्रवृत्ति दुर्घटनाका प्रमुख कारण मानिएका छन् । गत आइतबार पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा भएको बस दुर्घटनामा पनि साँघुरो सडक र चालकको लापरबाहीलाई नै प्रमुख कारण मानिएको छ । शव तथा मलामी बोकेको सो बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । सो बस दुर्घटना हुनुमा साँघुरो सडक र चालकको लापरबाही नै प्रमुख कारणको रुपमा देखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार तानसेन–हार्थोक– रिडी सडकअन्तर्गत लघुवा पक्की सडकमा मोड नपुग्ने घुम्तीमा चालकको लापरबाहीका कारण दुर्घटना भएको थियो । तीव्र गतिमा बस गुडिएकाले घुम्ती कटाउन नसक्दा दुर्घटना भएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । “उकालो, साँघुरो र चिप्लो सडक दुर्घटनाको कारण देखिएको छ”, प्रहरी नायब उपरीक्षक त्वातीले भन्नुभयो, “अधिकांश दुर्घटनामा जीर्ण सडकमा चालकले सावधानी अपनाउन नसकेको देखिन्छ ।”

बसमा सवार मलामीहरुले चालकको लाहपरबाहीकै कारण दुर्घटना भएको बताइएको छ । बसमा यात्रा गरेदेखि दुर्घटनाका लक्षणहरु चालकले देखाएको थियो । चालकको लापरबाही देखेर आफू होसियार भएको हो । बस दुर्घटना आफू बाँचियो र नयाँ जीवन पाएको बसमा सवारी मलामी शिवप्रसाद भुसालले बताउनुभयो । उहाँ बुटबलबाट सोही गाडीमा रिडी मलामी हिँडेका थिए । सडक विस्तार गर्दा मापदण्ड विपरीत निर्माण गरिएकाले दुर्घटना रोकिएको छैन । हार्थोक–रिडी सडक निकै साँगुरो, ओरालो, घुम्ती र चिप्लो रहेकै कारण पटक पटक दुर्घटना हुने गरेको स्थानीयवासीको भनाइ छ । 

विगतका वर्षमा यही स्थानबाट पाँचपटक सडक सवारी दुर्घटनाको स्थानीय बासिन्दा सुरेश घर्तीले बताउनुभयो । आफूहरुले पटक पटक सरोकारवाला निकायलाई सडक फराकिलो बनाउन अनुरोध गरिए पनि सो काम नहुँदा मानवीय क्षति भएको स्थानीयवासीको गुनासो छ । हार्थोक–रिडी सडकअन्तर्गत अधिकांश सडक साँगुरा तथा ओरालो सकिएसँगै घुम्ती सुरु हुन्छ । तीव्र गतिमा आएका सवारीसाधन घुम्तीमा बढी दुर्घटना भएका छन् । यस क्षेत्रको दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालय पाल्पाले घुम्ती कटानमा चासो दिएको छैन । 

स्थानीयवासी विश्व कार्कीले सडकका घुम्ती कटान गरी फराकिलो बनाउन आवश्यक देखिएको बताउनुभयो । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतना र चेकजाँचमा कडाइ गरिए पनि सडकको जीर्ण अवस्था र चालकको लापरबाहीले दुर्घटना न्यूनीकरणमा चुनौती थपिएको प्रहरी नायब उपरीक्षक त्वातीको भनाइ छ । 

कच्चीरुपमा विस्तार भएका अधिकांश सडकको अवस्था जीर्ण रहेकाले सवारी दुर्घटनाको जोखिम बढेको जानकार बताउँछन् । पहाड, अक्करे भिर हुँदै विस्तार भएका अधिकांश सडक एकतर्फी मात्रै यातायात सञ्चालन हुने अवस्थाका छन् । अधिकांश ग्रामीण सडकमा एम्बुलेन्स पुग्न सक्ने अवस्था छैन । दोहोरो वारपार गर्नसमेत मुस्किल पर्ने सडकको स्तरोन्नतिमा प्रभावकारी योजना सञ्चालन हुन सकिरहेका छैनन् । हरेक स्थानीय तहले सडकलाई नै पहिलो प्राथमिकतामा राखेर बजेट खर्च गरेको भएपनि सडकलाई स्तरीय बनाउन नसक्नु विडम्बनापूर्ण छ ।

सडक मर्मत र स्तरोन्नतिको काममा जनप्रतिनिधि स्वयंका डोजर परिचालन हुने र गुणस्तर र मापदण्ड पुरा नगर्ने प्रचलनका कारण सडकमा खर्चिने बजेट बालुवामा पानी हाले सरह हुने गरेको स्थानीयवासीको भनाइ छ । “सडक मर्मतमा बजेट विनियोजन हुन्छ, खर्च पनि हुन्छ, तर सडकमा डोजर फन्को मारेर काम सक्ने प्रवृत्तिले सडकको अवस्था सुधार हुन सकिरहेको छैन, यसतर्फ वडा र पालिकाका जनप्रतिनिधिले विशेष ध्यान दिन जरुरी छ”, स्थानीयवासी विश्व कार्कीले भन्नुभयो ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारमार्फत समेत सडक स्तरोन्नतिमा जिल्लामा बर्सेनि करोडौँ रकम खर्च हुने गरेको छ । सडककलाई फराकिलो बनाउँदै ग्रेडिङ, नाली, पर्खाललगायतका पूर्वाधार निर्माण गरी स्तरोन्नति गर्नुपर्ने भए पनि अधिकांश योजनामा डोजर चलाएरै बजेट सक्ने प्रवृत्ति बढेकाले सडकको अवस्थामा सुधार आउन नसकेको गुनासो बढिरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने