भदौ ८, काठमाडौं | काठमाडौं उपत्यकामा पनि स्क्रब टाइफसका बिरामी भेटिएको डाक्टरहरुले बताएका छन् । 

टेकु अस्पतालक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, काठमाडौं | काठमाडौं उपत्यकामा पनि स्क्रब टाइफसका बिरामी भेटिएको डाक्टरहरुले बताएका छन् । 

टेकु अस्पतालक"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा पनि भेटियो स्क्रब टाइफस रोग, कसरी बच्ने ?

८ भाद्र २०७३, बुधबार ०४:२०

भदौ ८, काठमाडौं | काठमाडौं उपत्यकामा पनि स्क्रब टाइफसका बिरामी भेटिएको डाक्टरहरुले बताएका छन् । 

टेकु अस्पतालका डा. शेरबहादुर पुनका अनुसार काठमाडौंका एक जना बिरामीमा स्क्रब टाइफस फेला परेको हो । स्क्रब टाइफस भएकालाई उच्च ज्वरो आउने भनिए पनि ज्वरो नआएकालाई पनि रोग लागेको डा. पुनले बताए ।

सामान्य खोकी र बिबिरा आएका बिरामीको रगत जाँच गरेपछि  स्क्रब टाइफस भएको पुष्टि भएको हो । फरक-फरक लक्षण देखिएका बिरामीमा स्क्रब टाइफस भएको पुष्टि भएकाले यसबाट जोगिन व्यक्ति आफै सचेत हुनुपर्नेमा डा. पुनको जोड छ ।

खोकी लागे, आँखा रातो भए, ज्वरो आए वा शरीरमा विवारा आए यो रोगको संक्रमण भएको हुन सक्छ । यस्ता लक्षण देखिना साथ उपचारमा गए साधारण औषधिले रोग निको हुने डा. पुनले बताए । स्क्रब टाइफस मुसा तथा जीवजन्तुमा पाईने किर्ना जस्ता स–साना किराको टोकाइका कारण लाग्छ ।

‘स्क्रब टाइफस’ का लक्षण र बच्ने उपाय ?

स्क्रब टाइफस एक किसिमको ज्वरो हो जसको उपचार समयमै नगरिएमा यसले शरीरको धेरै अंगमा फैलिएर हानी पुराउछ । प्राय गर्मी महिनामा देखिने यो रोग फैलिँदै गएमा महामारीको रुप पनि लिन सक्ने भएकाले यसबारे सामान्य जानकारी राखी सबै सजग हुन जरुरी छ ।

के बाट सर्छ स्क्रब टाइफस ? 

यो रोग “रिकेटसीया” (हालसालै यसलाई “ओरेन्सिया” भन्ने समुहमा राखिएको छ) भनिने एक सुक्ष्म ब्याक्टेरियाले गर्दा मानिसमा लाग्छ । मुसा, छुचुन्द्रो लगायतका जीवहरु यो ब्याक्टेरियाको भण्डार हुन् । ति जीवबाट स(साना “माइट” भनिने किर्नाले मान्छेमा रोग सार्ने काम गर्छ । झार, चौर, घाँसपात, पुरानो काठहरुमा बस्ने यो किर्नाले सो व्याक्टेरिया मुसाहरुबाट मान्छेमा सारेपछि स्वस्थ मानिस यो रोगबाट संक्रमित हुन्छ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

यसका लक्षणहरु के के हुन् ?

सुरुमा यस रोगमा निम्न लक्षणहरु देखिन्छन् एकनासले ज्वरो आउने टाउको दुख्ने पसिना आउने आँखा ओरीपरी दुख्ने थकाई लाग्ने कमजोर हुने खोकी लाग्ने पाँचौ देखि सातौ दीनमा घाँटी वरीपरी रातो विमिरा देखिने गर्छ, जुन पछि पेट, अनुहार, हात र खुट्टामा पनि फैलिदै जान्छ घाँटी ओरीपरीका ग्रन्थीहरु सुन्निएर गिर्खा बन्न सुरुको लक्षण देखिदै उपचार नगरिएमा यो रोग शरीरको अन्य भागमा फैलिदै जान्छ । त्यसपछि यस रोगको कडा लक्षणहरु देखा पर्छ । सास फेर्न गाह्रो हुने, मुटु, मृगौलाले काम गर्न छोड्ने र अन्त्यमा यस रोगले दिमागलाई असर गरेर बिरामीको मृत्यु पनि गराउन सक्छ ।

यो रोगको जांच कसरी गर्ने ?

माथिका लक्षणहरु देखा परेमा तुरुन्त नजिकैको अस्पताल गएर चिकित्सकलाई देखाइहाल्नुपर्छ । रगतमा एन्टीजेनको एक प्रकारको जाँच गरेपछि यो रोग लागेको हो या हैन थाहा पाउन सकिन्छ ।

उपचार कसरी गर्ने ? 

रोग लागेको पक्का भएपछी चिकित्सकको सल्लाह अनुसार पुरा डोजको एन्टीबायोटिक प्रयोग गरेमा यो रोग निको हुन्छ ।

यो रोगबाट कसरी बच्ने ?

खेतबारीमा काम गर्ने किसानहरु, झाडी र घाँसमा खेल्ने बच्चाहरुमा यो रोग सर्ने संभावना धेरै हुने हुनाले सजगता अपनाउन जरुरी हुन्छ । त्यस्ता किरा, किर्ना, मुसा, छुचुन्द्रो घर वरीपरी देखिएमा किटनासक औषधि प्रयोग गर्नुपर्छ । साथै रोग लागेको संका लागेमा र त्यस्तो संकास्पद लक्षण देखिएमा तुरुन्त अस्पताल गएर जचाउनु उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो