बैशाख २६, धादिङ | नेकपा एमाले गाउँ
पार्टी कमिटी खरीको छैटौं अधिवेशनले अध्यक्षमा देवेन्द्र अधिकारीलाई चयन गरेको छ ।
कमिटीको शनिबार सम्पन्न छैटौं गाउँ अधिवेशनले खरी-७ का देवेन्द्र अधिकारीलाई
चयन गरेको हो । खरि गाउँ पार्टि कमिटिका पूर्वअध्यक्ष कृष्ण प्रसाद काप्रीको अध्यक्षतामा सम्पन्न भएको
कार्यक्रममा देवेन्द्र अधिकारीको अध्यक्षतामा २९ सदस्सीय नेकपा एमाले खरि गाउँ पार्टि कमिटिको गठन गरेको
छ । कमिटिको उपाध्यक्षमा खिलबहादुर भण्डारी, सचिवमा एकबहादुर राना, सहसचिवमा गंगाबहादुर अधिकारी रहेका
छन् ।
अध्यक्ष बनेका अधिकारी अन्नपूर्ण माविका प्रध्यानाध्यापक
समेत हुन् । लामो समयसम्म शैक्षिक पेशामा आवद्ध अधिकारीले एमाले गाउँ कमिटि सम्हालेसंगै खरी गाविसले
धेरै राम्रो राजनीतिक नेतृत्व पाएको विश्लेषण गरिएको छ ।
अधिवेशन कार्यक्रममा पूर्व स्थानिय विकास मन्त्री एवं नेकपा एमालेका पोलिट
व्यूरो सदस्य तथा सांसद राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै नेकपा एमालेका
वैकल्पीक केन्द्रीय सदस्य खेम प्रसाद लोहनी, सभासद गुरु प्रसाद वुर्लाकोटी लगायत नेता तथा पार्टि
प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।