पुस २६, काठमाडौँ ।  जलवायु परिवर्तनको असर न्यूनीकरणमा लघु तथा मझौला जलविद्युत् आयोजनाले सकारात्मक प्रभाव पार्ने भएकाले यसको दिगो सञ्चालनका लागि सरकार, निजी क्षेत्र र समुदायले उपयुक्त संस्थागत संरचना निर्माण गर्नुपर्नेमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, काठमाडौँ ।  जलवायु परिवर्तनको असर न्यूनीकरणमा लघु तथा मझौला जलविद्युत् आयोजनाले सकारात्मक प्रभाव पार्ने भएकाले यसको दिगो सञ्चालनका लागि सरकार, निजी क्षेत्र र समुदायले उपयुक्त संस्थागत संरचना निर्माण गर्नुपर्नेमा"/>
२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जलवायु परिवर्तन न्यूनीकरणमा लघुजलविद्युत्को योगदान महत्वपूर्ण

२६ पुष २०७८, सोमबार ०५:५०

पुस २६, काठमाडौँ ।  जलवायु परिवर्तनको असर न्यूनीकरणमा लघु तथा मझौला जलविद्युत् आयोजनाले सकारात्मक प्रभाव पार्ने भएकाले यसको दिगो सञ्चालनका लागि सरकार, निजी क्षेत्र र समुदायले उपयुक्त संस्थागत संरचना निर्माण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । 

नेपाल इनर्जी फाउण्डेशनको छैठौं साधारणसभाको अवसरमा यहाँ आयोजित विचार गोष्ठीका सहभागी वक्ताले जलवायु परिवर्तनका कारण खोलामा पानीको बहाव कम हुँदै जाने, बाढीपहिराका कारण आयोजनामा क्षति पुग्ने गरेको छ, भने लघु जलविद्युत्बाट उत्पादित ऊर्जाबाट डिजेल तथा मट्टितेलको खपत न्यून गर्न तथा जीविकोपार्जनमा सहयोग पुगेकाले यी दुई पक्षबीच अन्योन्याश्रित सम्बन्ध रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा सुरेन्द्रलाल कर्णले नेपालको भौगोलिक र आर्थिक अवस्थाले गर्दा ठूला विद्युत् आयोजनाभन्दा साना तथा लघुजलविद्युत् आयोजना निकै उपयोगी हुने जनाउँदै यस तथ्यलाई दिगो विकास लक्ष्य र १५औँ योजनामा पनि आत्मसाथ गरी लघुजलविद्युत् आयोजनाको दिगो सञ्चालनमा जोड दिइएको बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनका कारण नेपालमा केही वर्षयता प्राकृतिक प्रकोप तथा अन्य वातावरणीय समस्या बढ्दै गएकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकालले नेपालमा जलवायु परिवर्तका असर न्यूनीकरणमा भइरहेका प्रयासबारे जानकारी दिँदै केही समयअघि बेलायतको ग्यास्लोमा सम्पन्न जलवायु परिवर्तन सम्मेलनले स्वच्छ ऊर्जाको प्रवद्र्धनमा सहभागी मुलुकले प्रतिबद्धता जनाएकाले त्यसबाट नेपालले धेरै फाइदा लिन सक्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले लघुजलविद्युत् आयोजनालाई स्वच्छ विकास संयन्त्रमा दर्ता गरी कार्बन व्यापारबाट लाभ लिनसक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो । फाउण्डेशनका अध्यक्ष मोहनदास मानन्धरले जलवायु परिवर्तनका विषय, यसका कारक र न्यूनीकरणका उपायबारे विभिन्न तहमा व्यापक छलफल हुन तथा समाधानको उपाय सुझाउन सबैलाई आग्रह गर्नुभयो । 

फाउण्डेशनका कार्यकारी निर्देशक डिल्ली घिमिरेले ऊर्जामा गरिब जनताको पहुँच विस्तार गर्न, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नवीकरणीय ऊर्जामा जोड दिन र नेपालमा लघु जलविद्युत्को दिगो सञ्चालनका विभिन्न विकल्पहरुका बारेमा प्रकाश पार्नुभयो । 

कार्यक्रममा अधिवक्ता दिलराज खनालले लघु तथा साना जलविद्युत् आयोजनाका बारेमा प्रचलित विभिन्न ऐन कानुनमा रहेका प्रावधान र अस्पष्टताका बारेमा प्रस्तुतिकरण दिनुभएको थियो । सो अवसरमा विद्युतीय सुरक्षासम्बन्धी जनचेतनामूलक म्युजिक भिडियोको विमोचन पनि गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश