पुस २६, रत्ननगर । चितवनको खैरहनी नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सेवा सुरु गरेको छ । अनलाइनबाट राजस्व भुक्तानी सेवा सञ्चालनमा ल्याएसँगै जिल्लाका सात स्थानीय तहमध्ये अनलाइनमार्फत राजस्व तिर्न सक्ने सेवा उपलब्ध गराउने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, रत्ननगर । चितवनको खैरहनी नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सेवा सुरु गरेको छ । अनलाइनबाट राजस्व भुक्तानी सेवा सञ्चालनमा ल्याएसँगै जिल्लाका सात स्थानीय तहमध्ये अनलाइनमार्फत राजस्व तिर्न सक्ने सेवा उपलब्ध गराउने"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइनबाट राजस्व भुक्तानी

२६ पुष २०७८, सोमबार ०८:२४

पुस २६, रत्ननगर । चितवनको खैरहनी नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सेवा सुरु गरेको छ । अनलाइनबाट राजस्व भुक्तानी सेवा सञ्चालनमा ल्याएसँगै जिल्लाका सात स्थानीय तहमध्ये अनलाइनमार्फत राजस्व तिर्न सक्ने सेवा उपलब्ध गराउने खैरहनी पहिलो स्थानीय तह समेत बनेको छ ।

अन्य पालिकामा विद्युतीय भुक्तानी प्रणाली सुरु भएको छैन । खैरहनी–११ का वडाध्यक्ष हाकिम सिंहले आफ्नो राजस्व तिरेर यो सेवाको पहिलो सेवाग्राही बन्नुभयो । खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले विद्युतीय भुक्तानी सेवाको शुभारम्भ गर्दै यो प्रणालीलाई प्रचारप्रसार गरेर अभियानका रुपमा नगरवासीमा पुर्याउनुपर्ने बताउनुभयो । 

खैरहनी–२ का वडाध्यक्ष एवं सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास समितिका संयोजक टीकादत्त इटनीको अध्यक्षतामा भएको सेवा शुभारम्भ कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले राजस्व तिर्ने विषय महत्वपूर्ण भएकाले यो सेवाले नगरवासीलाई सहज हुने बताउनुभयो । नगरपालिका सूचना तथा प्रविधि अधिकृत सुरेश चौधरीकाअनुसार पहिलो पटक बेबसाईटमार्फत भुक्तानी भएपछि सेवाग्राहीको अद्यावधिक हुने र दोस्रो पटकदेखि मोबाइलबाटै राजस्व तिर्न सकिन्छ । 

सिफारिस बाहेकका राजस्व यो सेवामार्फत तिर्न सकिनेछ । राजस्व बुझाएपछि राजस्व तिरेको सन्देश इमेल र मोबाइलमा आउने चौधरीले बताउनुभयो । अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी दुई वटा प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टल ‘खैरहनीम्युन डट जिओभी डट एनपि’ का फिचर सेवाग्राहीले प्रयोग गर्न सक्ने चौधरीले बताउनुभयो । 

करदाताले यसका सुविधा सम्पत्ति कर, मालपोत (भूमिकर), व्यवसाय कर, बहाल करलगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवा शुल्क घरमै बसेर दाखिला गर्नुका साथै प्रारम्भिक रुपमा मूल्याङ्कन गर्न सक्नेछन् । यसबाट आफूले कति कर तिर्नुपर्छ भन्ने करदातालाई थाहा हुनेछ । 

करदाताको विवरण पेस भएपछि प्रचलित कानुन र दरका आधारमा कर मूल्याङ्कनलाई रुजु गरी स्वीकृत हुने चौधरीको भनाइ छ ।

तत्पश्चात करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (ईसेवा) बाट भुक्तानी गर्न सक्ने चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो