पुस २६, रत्ननगर । चितवनको खैरहनी नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सेवा सुरु गरेको छ । अनलाइनबाट राजस्व भुक्तानी सेवा सञ्चालनमा ल्याएसँगै जिल्लाका सात स्थानीय तहमध्ये अनलाइनमार्फत राजस्व तिर्न सक्ने सेवा उपलब्ध गराउने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, रत्ननगर । चितवनको खैरहनी नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सेवा सुरु गरेको छ । अनलाइनबाट राजस्व भुक्तानी सेवा सञ्चालनमा ल्याएसँगै जिल्लाका सात स्थानीय तहमध्ये अनलाइनमार्फत राजस्व तिर्न सक्ने सेवा उपलब्ध गराउने"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइनबाट राजस्व भुक्तानी

२०७८, २६ पुष सोमबार ०८:२४

पुस २६, रत्ननगर । चितवनको खैरहनी नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सेवा सुरु गरेको छ । अनलाइनबाट राजस्व भुक्तानी सेवा सञ्चालनमा ल्याएसँगै जिल्लाका सात स्थानीय तहमध्ये अनलाइनमार्फत राजस्व तिर्न सक्ने सेवा उपलब्ध गराउने खैरहनी पहिलो स्थानीय तह समेत बनेको छ ।

अन्य पालिकामा विद्युतीय भुक्तानी प्रणाली सुरु भएको छैन । खैरहनी–११ का वडाध्यक्ष हाकिम सिंहले आफ्नो राजस्व तिरेर यो सेवाको पहिलो सेवाग्राही बन्नुभयो । खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले विद्युतीय भुक्तानी सेवाको शुभारम्भ गर्दै यो प्रणालीलाई प्रचारप्रसार गरेर अभियानका रुपमा नगरवासीमा पुर्याउनुपर्ने बताउनुभयो । 

खैरहनी–२ का वडाध्यक्ष एवं सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास समितिका संयोजक टीकादत्त इटनीको अध्यक्षतामा भएको सेवा शुभारम्भ कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले राजस्व तिर्ने विषय महत्वपूर्ण भएकाले यो सेवाले नगरवासीलाई सहज हुने बताउनुभयो । नगरपालिका सूचना तथा प्रविधि अधिकृत सुरेश चौधरीकाअनुसार पहिलो पटक बेबसाईटमार्फत भुक्तानी भएपछि सेवाग्राहीको अद्यावधिक हुने र दोस्रो पटकदेखि मोबाइलबाटै राजस्व तिर्न सकिन्छ । 

सिफारिस बाहेकका राजस्व यो सेवामार्फत तिर्न सकिनेछ । राजस्व बुझाएपछि राजस्व तिरेको सन्देश इमेल र मोबाइलमा आउने चौधरीले बताउनुभयो । अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी दुई वटा प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टल ‘खैरहनीम्युन डट जिओभी डट एनपि’ का फिचर सेवाग्राहीले प्रयोग गर्न सक्ने चौधरीले बताउनुभयो । 

करदाताले यसका सुविधा सम्पत्ति कर, मालपोत (भूमिकर), व्यवसाय कर, बहाल करलगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवा शुल्क घरमै बसेर दाखिला गर्नुका साथै प्रारम्भिक रुपमा मूल्याङ्कन गर्न सक्नेछन् । यसबाट आफूले कति कर तिर्नुपर्छ भन्ने करदातालाई थाहा हुनेछ । 

करदाताको विवरण पेस भएपछि प्रचलित कानुन र दरका आधारमा कर मूल्याङ्कनलाई रुजु गरी स्वीकृत हुने चौधरीको भनाइ छ ।

तत्पश्चात करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (ईसेवा) बाट भुक्तानी गर्न सक्ने चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा