पुस २९, कञ्चनपुर |  शुक्लाफाँटा नगरपालिका– ३ की सीता चौधरी सालका पातका दुनाटपरी बनाउने कार्यमा व्यस्त हुनुहुन्छ । दुई दिनअघि देखिनै उहाँले दुनाटपरी लगाउन थाल्नुभएको हो । माघी पर्वका लागि घरमा आउने पाहुनलाई परिकार पस्किन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, कञ्चनपुर |  शुक्लाफाँटा नगरपालिका– ३ की सीता चौधरी सालका पातका दुनाटपरी बनाउने कार्यमा व्यस्त हुनुहुन्छ । दुई दिनअघि देखिनै उहाँले दुनाटपरी लगाउन थाल्नुभएको हो । माघी पर्वका लागि घरमा आउने पाहुनलाई परिकार पस्किन"/>
२७ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

थारु बस्तीमा माघीको रौनकः महिलाको व्यस्तता बढ्यो

२९ पुष २०७८, बिहीबार ०८:००

पुस २९, कञ्चनपुर |  शुक्लाफाँटा नगरपालिका– ३ की सीता चौधरी सालका पातका दुनाटपरी बनाउने कार्यमा व्यस्त हुनुहुन्छ । दुई दिनअघि देखिनै उहाँले दुनाटपरी लगाउन थाल्नुभएको हो । माघी पर्वका लागि घरमा आउने पाहुनलाई परिकार पस्किनका लागि दुनाटपरी बनाउने कार्यमा उहाँ लाग्नुभएको छ । 

“माघीपर्व घर छेउमै आइपुग्यो । त्यसकै तयारीका लागि व्यस्त हुनुपरेको छ”, उहाँले भन्नुभयो, “घरका पुरुष सुँगुर खोज्नमा जुटेका छन् । महिला दुनाटपरी बनाउने कार्यसँगै कुटानीपिसानीमा व्यस्त छौं ।” माछाको जोहो गर्नका लागि तयारी हुँदै गरेको उहाँले बताउनुभयो । “पहिला ढिक्कीमै धान कुटेर चामल बनाइ माघी आउन एक दिन अगावै त्यसलाई भिजाएर ढिक्कीमै कुट्ने गर्दथ्यौं”, उहाँले भन्नुभयो, “कुटेर बनाइएको चामलको पिठोबाट ढिक्री तयार गरिन्थ्यो । त्यसलाई निकै पवित्र मानिन्थ्यो । आजभोलि त्यो चलन हटदै गएको छ ।”

 उहाँले कुटानीपिसानी मिलमै कुटिएको धानको चामलकै प्रयोगलाई बढावा दिन थालिएपछि महिलाले बिहानीको झिसमिसेमै उठेर माघीका लागि चामल कुटनुपर्ने अवस्था अब नरहेको बताउनुभयो । मिलमै पिसिएको चामलको पिठोबाट थारु समुदायले माघी पर्वका लागि मौलिक परिकार ढिक्री बनाउने गर्दछन । ढिक्री देवीदेउतालाई पुज्ने कार्यसँगै घरमा पाहुना लाग्न आएकालाई सुँगुरको मासु, माछासँग खान दिइने गरिन्छ । सुँगुर खोज्ने र मार्नेकार्य माघी पर्व आउन एक दिन अगावै गरिन्छ । त्यसलाई ‘जिता मर्ना दिन’ भन्ने गरिन्छ । यस दिन गाउँ टोलका सबै जना मिलेर सुँगुर काटने कार्य पुस्तौंदेखि गर्दै आएको भलमन्सा रामप्रसाद चौधरीले बताउनुभयो । 

“सुँगुर काटनुपर्ने भएकाले त्यसको व्यवस्था गर्नमा जुटेका छौं”, उहाँले भन्नुभयो, “एक टोलका लागि सुँगुरको व्यवस्था भइसकेको छ । अर्को टोलका लागि खोज्दै छौं ।” माघी पर्व सुरु हुनु एकदिन अगावै  गाउँका थारु समुदायले सामूहिक रुपमै सँगुर, बाख्रा, कुखुरा काटेर खाने गरिए पनि माघ महिना सुरु भएपछि कुनै पनि जनावरको बध गर्न भने बर्जित रहेको छ । माघीका लागि छोक्रा र मघौटा नृत्य टोलीको व्यवस्थापनको कार्यसमेत भइसकेको भलमन्सा चौधरीले बताउनुभयो । उहाँका अनुसार माघको पहिलो दिन बिहानै नदी तलाउमा नुहाएर घरका ठूलावडाको आर्शिवाद लिने कार्य गरिन्छ । 

“गाँउ नजिकैको नदी, तलाउ, कुवामा गै  सूर्य नउदाउँदै फूल चामल पैसा हातमा लिई नुहाइ ढुङगालाई महादेव मानी जल, फूल र दक्षिणा मिसाइ भगवान महादेवको दर्शन गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “नदी तलाउमा नुहाएर र महादेवको दर्शन गरे वर्षभरी गरेका पापकर्म हराएर जाने जनविश्वास छ ।” नुहाउने क्षेत्रमा सरसफाइ र व्यवस्थापनको कार्यमासमेत थारु समुदायका अगुवा जुटेका छन् । नुहाएर घर फर्केपछि दिदीबहिनी फूपु, भाञ्जाभाञ्जीका लागि पाँचदेखि सात अञ्जुली चामल, नून, खुर्सानी छुट्यार्ई यस अवसरमा निसराउ दिने चलन रहेको छ । त्यसपछि गाउँका मान्यजनबाट आर्शिवाद लिने र सानालाई आशिर्वाद दिने गरिन्छ ।

आशिर्वाद साटासाट गरिसकेपछि मान्यजनसँग बसी विशेष प्रकारले बनेको चामलको पिठोको ढीक्री, सुँगुरको मासु, अनदी चामलको झोल र विविध प्रकारको परिकार खाने गरिएको छ । बडघरीयाको घरबाट सुरु गर्दै मघौटा छोक्रा नाच गाउँका सबैको घर घरमा भएर नाच्दै  मनोरञ्जन लिइने गरिन्छ । मघौटा नाचमा नाच्नेले उतानो परी आँखाको परेला र मुखबाट पैसा उठाउने कला देखाउने गर्दछन् । रोमाञ्चले भरिएको नाच हेर्नको उत्सुता यस बेला बेग्लै प्रकारको हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशी पर्यटन वर्षको उद्घाटन गर्न गएनन् प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा रौतहटका एक जना युवक पक्राउ साउनदेखि फागुन सम्ममा साढे १० खर्ब रेमिट्यान्स मुख्यमन्त्री सिंहले कूटनीतिक मर्यादाविपरीत भारत भ्रमणमा गएको विषयमा प्रस्ट्याए झापामा चट्याङ लागेर एकजनाको मृत्यु अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का टाउकोमा ढुंगा प्रहार गरी एकजनाको हत्या कमल थापाले तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरेको भने विवाहका लागि तयारी चलिरहेको समयमा छोरीले‘इङ्गेजमेन्ट’गरेको केटासँग आमा फरार मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्, गोरखाको भीमसेनथापा गाउँपालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने रौतहटको बागमती खोलामा नुहाउने क्रममा डुबेर एक युवकको ज्यान गयो नारायणगढ-बुटवल खण्ड चैत २७ गतेदेखि चैत ३१ गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधनको आउ-जाउ बन्द गरिँदै