पुस २९, कञ्चनपुर |  शुक्लाफाँटा नगरपालिका– ३ की सीता चौधरी सालका पातका दुनाटपरी बनाउने कार्यमा व्यस्त हुनुहुन्छ । दुई दिनअघि देखिनै उहाँले दुनाटपरी लगाउन थाल्नुभएको हो । माघी पर्वका लागि घरमा आउने पाहुनलाई परिकार पस्किन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, कञ्चनपुर |  शुक्लाफाँटा नगरपालिका– ३ की सीता चौधरी सालका पातका दुनाटपरी बनाउने कार्यमा व्यस्त हुनुहुन्छ । दुई दिनअघि देखिनै उहाँले दुनाटपरी लगाउन थाल्नुभएको हो । माघी पर्वका लागि घरमा आउने पाहुनलाई परिकार पस्किन"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

थारु बस्तीमा माघीको रौनकः महिलाको व्यस्तता बढ्यो

२०७८, २९ पुष बिहीबार ०८:००

पुस २९, कञ्चनपुर |  शुक्लाफाँटा नगरपालिका– ३ की सीता चौधरी सालका पातका दुनाटपरी बनाउने कार्यमा व्यस्त हुनुहुन्छ । दुई दिनअघि देखिनै उहाँले दुनाटपरी लगाउन थाल्नुभएको हो । माघी पर्वका लागि घरमा आउने पाहुनलाई परिकार पस्किनका लागि दुनाटपरी बनाउने कार्यमा उहाँ लाग्नुभएको छ । 

“माघीपर्व घर छेउमै आइपुग्यो । त्यसकै तयारीका लागि व्यस्त हुनुपरेको छ”, उहाँले भन्नुभयो, “घरका पुरुष सुँगुर खोज्नमा जुटेका छन् । महिला दुनाटपरी बनाउने कार्यसँगै कुटानीपिसानीमा व्यस्त छौं ।” माछाको जोहो गर्नका लागि तयारी हुँदै गरेको उहाँले बताउनुभयो । “पहिला ढिक्कीमै धान कुटेर चामल बनाइ माघी आउन एक दिन अगावै त्यसलाई भिजाएर ढिक्कीमै कुट्ने गर्दथ्यौं”, उहाँले भन्नुभयो, “कुटेर बनाइएको चामलको पिठोबाट ढिक्री तयार गरिन्थ्यो । त्यसलाई निकै पवित्र मानिन्थ्यो । आजभोलि त्यो चलन हटदै गएको छ ।”

 उहाँले कुटानीपिसानी मिलमै कुटिएको धानको चामलकै प्रयोगलाई बढावा दिन थालिएपछि महिलाले बिहानीको झिसमिसेमै उठेर माघीका लागि चामल कुटनुपर्ने अवस्था अब नरहेको बताउनुभयो । मिलमै पिसिएको चामलको पिठोबाट थारु समुदायले माघी पर्वका लागि मौलिक परिकार ढिक्री बनाउने गर्दछन । ढिक्री देवीदेउतालाई पुज्ने कार्यसँगै घरमा पाहुना लाग्न आएकालाई सुँगुरको मासु, माछासँग खान दिइने गरिन्छ । सुँगुर खोज्ने र मार्नेकार्य माघी पर्व आउन एक दिन अगावै गरिन्छ । त्यसलाई ‘जिता मर्ना दिन’ भन्ने गरिन्छ । यस दिन गाउँ टोलका सबै जना मिलेर सुँगुर काटने कार्य पुस्तौंदेखि गर्दै आएको भलमन्सा रामप्रसाद चौधरीले बताउनुभयो । 

“सुँगुर काटनुपर्ने भएकाले त्यसको व्यवस्था गर्नमा जुटेका छौं”, उहाँले भन्नुभयो, “एक टोलका लागि सुँगुरको व्यवस्था भइसकेको छ । अर्को टोलका लागि खोज्दै छौं ।” माघी पर्व सुरु हुनु एकदिन अगावै  गाउँका थारु समुदायले सामूहिक रुपमै सँगुर, बाख्रा, कुखुरा काटेर खाने गरिए पनि माघ महिना सुरु भएपछि कुनै पनि जनावरको बध गर्न भने बर्जित रहेको छ । माघीका लागि छोक्रा र मघौटा नृत्य टोलीको व्यवस्थापनको कार्यसमेत भइसकेको भलमन्सा चौधरीले बताउनुभयो । उहाँका अनुसार माघको पहिलो दिन बिहानै नदी तलाउमा नुहाएर घरका ठूलावडाको आर्शिवाद लिने कार्य गरिन्छ । 

“गाँउ नजिकैको नदी, तलाउ, कुवामा गै  सूर्य नउदाउँदै फूल चामल पैसा हातमा लिई नुहाइ ढुङगालाई महादेव मानी जल, फूल र दक्षिणा मिसाइ भगवान महादेवको दर्शन गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “नदी तलाउमा नुहाएर र महादेवको दर्शन गरे वर्षभरी गरेका पापकर्म हराएर जाने जनविश्वास छ ।” नुहाउने क्षेत्रमा सरसफाइ र व्यवस्थापनको कार्यमासमेत थारु समुदायका अगुवा जुटेका छन् । नुहाएर घर फर्केपछि दिदीबहिनी फूपु, भाञ्जाभाञ्जीका लागि पाँचदेखि सात अञ्जुली चामल, नून, खुर्सानी छुट्यार्ई यस अवसरमा निसराउ दिने चलन रहेको छ । त्यसपछि गाउँका मान्यजनबाट आर्शिवाद लिने र सानालाई आशिर्वाद दिने गरिन्छ ।

आशिर्वाद साटासाट गरिसकेपछि मान्यजनसँग बसी विशेष प्रकारले बनेको चामलको पिठोको ढीक्री, सुँगुरको मासु, अनदी चामलको झोल र विविध प्रकारको परिकार खाने गरिएको छ । बडघरीयाको घरबाट सुरु गर्दै मघौटा छोक्रा नाच गाउँका सबैको घर घरमा भएर नाच्दै  मनोरञ्जन लिइने गरिन्छ । मघौटा नाचमा नाच्नेले उतानो परी आँखाको परेला र मुखबाट पैसा उठाउने कला देखाउने गर्दछन् । रोमाञ्चले भरिएको नाच हेर्नको उत्सुता यस बेला बेग्लै प्रकारको हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह