२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल प्रहरीमा तीन एआईजी थप्ने तयारी, काे-काे छन् दाबेदार ?

२०७८, २९ पुष बिहीबार ०८:०३

पुस २९, काठमाडौँ | नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थप्ने तयारी भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँण सकारात्मक भएपछि एआईजीको दरबन्दी थप्ने तयारी भएको हो ।

यद्यपि, यसको अन्तिम टुंगो भने लागिसकेको छैन । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले दरबन्दी थपको प्रक्रिया अगाडि बढाएको छ । एआईजी र आईजीपी विशिष्ट श्रेणीका पद मानिन्छन् ।

अहिले एआईजी हुनका लागि डीआईजीहरू व्यापक दौडधुपमा सक्रिय रहँदै आएका छन् । हाल नेपाल प्रहरीमा पाँच एआइजी छन् । जसमध्ये तीनजना हालकै आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् भने दुईजना जुनियर ब्याचबाट एआईजी बनेका हुन् ।

आईजीपी क्षेत्रीले ०७९ वैशाख १९ मा अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै उनकै ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीले पनि अवकाश पाउनेछन् । त्यसबाहेक आईजीकै ब्याचीहरू डीआईजी वसन्त पन्त, ईश्वरबाबु कार्की, घनश्याम अर्याललगायत पनि ३० वर्षे सेवाहदका कारण अवकाश पाउनेछन् ।

यस्तोमा जुनियर ब्याचबाट एआईजी बनेका विश्वराज पोखरेल र सहकुल थापामध्ये एकजना भावी आईजीपी हुनेछन् । तर, एआईजीको दरबन्दी थपिएमा आईजीपीको खेलमा समेत परिवर्तन हुन सक्ने तर्क कतिपयको छ । प्रहरी अधिकारीहरूका अनुसार एआईजी दरबन्दी थपिने अवस्थामा आईजीपीका ब्याची पर्छन् वा पोखरेल, थापाकै ब्याची पर्छन् त्यो टुंगो छैन ।

गृह स्रोतका अनुसार आईजीपी थापाका ब्याची र पोखरेल, थापाका ब्याचीका जसले पनि एआईजीमा बाजी मार्न सक्छन् । पछिल्लो समय एआईजीको दौडमा रहेका डीआईजीहरू प्रधानमन्त्री र गृहमन्त्री रिझाउन सक्रिय रहेको बताइन्छ । तर, आईजीपीका ब्याची नपरेमा तीन एआईजी थपिने अवस्थामा डीआईजीहरू धीरजप्रताप सिंह, रवीन्द्र धानुक, उत्तमराज सुवेदी, वसन्त लामा, अरुण बिसी एआईजीको दौडमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ