२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल प्रहरीमा तीन एआईजी थप्ने तयारी, काे-काे छन् दाबेदार ?

२९ पुष २०७८, बिहीबार ०८:०३

पुस २९, काठमाडौँ | नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थप्ने तयारी भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँण सकारात्मक भएपछि एआईजीको दरबन्दी थप्ने तयारी भएको हो ।

यद्यपि, यसको अन्तिम टुंगो भने लागिसकेको छैन । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले दरबन्दी थपको प्रक्रिया अगाडि बढाएको छ । एआईजी र आईजीपी विशिष्ट श्रेणीका पद मानिन्छन् ।

अहिले एआईजी हुनका लागि डीआईजीहरू व्यापक दौडधुपमा सक्रिय रहँदै आएका छन् । हाल नेपाल प्रहरीमा पाँच एआइजी छन् । जसमध्ये तीनजना हालकै आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् भने दुईजना जुनियर ब्याचबाट एआईजी बनेका हुन् ।

आईजीपी क्षेत्रीले ०७९ वैशाख १९ मा अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै उनकै ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीले पनि अवकाश पाउनेछन् । त्यसबाहेक आईजीकै ब्याचीहरू डीआईजी वसन्त पन्त, ईश्वरबाबु कार्की, घनश्याम अर्याललगायत पनि ३० वर्षे सेवाहदका कारण अवकाश पाउनेछन् ।

यस्तोमा जुनियर ब्याचबाट एआईजी बनेका विश्वराज पोखरेल र सहकुल थापामध्ये एकजना भावी आईजीपी हुनेछन् । तर, एआईजीको दरबन्दी थपिएमा आईजीपीको खेलमा समेत परिवर्तन हुन सक्ने तर्क कतिपयको छ । प्रहरी अधिकारीहरूका अनुसार एआईजी दरबन्दी थपिने अवस्थामा आईजीपीका ब्याची पर्छन् वा पोखरेल, थापाकै ब्याची पर्छन् त्यो टुंगो छैन ।

गृह स्रोतका अनुसार आईजीपी थापाका ब्याची र पोखरेल, थापाका ब्याचीका जसले पनि एआईजीमा बाजी मार्न सक्छन् । पछिल्लो समय एआईजीको दौडमा रहेका डीआईजीहरू प्रधानमन्त्री र गृहमन्त्री रिझाउन सक्रिय रहेको बताइन्छ । तर, आईजीपीका ब्याची नपरेमा तीन एआईजी थपिने अवस्थामा डीआईजीहरू धीरजप्रताप सिंह, रवीन्द्र धानुक, उत्तमराज सुवेदी, वसन्त लामा, अरुण बिसी एआईजीको दौडमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव