२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकारी जरुरी : गृहमन्त्री खाँण

२०७८, २ माघ आईतवार ०५:५२

माघ २, काठमाडौँ  | गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी रहेको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाद्वारा आज यहाँ आयोजित २४औँ भूकम्प सुरक्षा दिवस तथा राष्ट्रिय भूकम्पस्मृति सभामा उहाँले तीनै तहको सहकारको समन्वय र सहकार्यले मात्रै जोखिम कम गर्न तथा उद्धार, राहत र पुनःस्थापनको काम प्रभावकारी बनाउन सकिने उल्लेख गर्नुभयो ।

गृहमन्त्री खाँणले यसपालीको भूकम्प सुरक्षा दिवस सोहीअनुसार कार्यक्रम तय गरी मनाउन थालिएको पनि जानकारी दिनुभयो । मुलुकका हरेक भौतिक पूर्वाधार भूकम्प प्रतिरोधी बनाउन जरुरी रहेको औँल्याउँदै उहाँले भन्नुभयो, “सरकारी तथा निजी आवास भूकम्प थेग्नसक्ने गरी बनाउनुपर्छ, त्यसका लागि नागरिकमा आवश्यक ज्ञान र सचेतना पु¥याउनु जरुरी छ ।”

विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) को सङ्क्रमण फैलिरहेका सन्दर्भ जोड्दै मन्त्री खाँणले अहिले कोभिडको विपद्बाट नागरिकको जीउज्यान जोगाउनु महत्वपूर्ण भएको बताउनुभयो । 

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अवलम्बन गरी जोखिम न्यूनीकरणमा लाग्नसमेत राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई आग्रह गर्दै उहाँले यसप्रति सचेत हुन नागरिकमा समेत अनुरोध गर्नुभयो । गृहमन्त्री खाँणले जोखिमका बीच आम नागरिकको सुरक्षामा खटिने सबै राष्ट्रसेवक कर्मचारीको प्रशंसा पनि गर्नुभयो । 

“कोभिड–१९ सङ्क्रमणले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिकलगायत हरेक क्षेत्रलाई प्रभावित पारेको छ”, उहाँले थप्नुभयो, “अहिले कोरोना रोकथाम गरी नागरिकलाई बचाउन्ुपर्ने अवस्था रहेको छ, हामी सबै संवेदनशील हुनुपर्छ ।” 

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विसं १९९० को भूकम्पको असर धेरैलाई जानकारी नभए पनि विसं २०७२ को भूकम्पको साछी हामी सबै रहेको र त्यसले नसोचेको क्षति पु¥याएको बताउनुभयो । उहाँले महानगरपालिकाले भूकम्प प्रतिरोधी घर निर्माणका लागि मापदण्ड बनाएर लागू गरेको जानकारी दिँदै अझै पनि यहाँ भूकम्पले भत्काएका संरचना पुनःनिर्माण नहुँदा जोखिम कायमै रहेको छ भन्नुभयो  ।

गृहमन्त्री खाँणको ध्यानाकर्षण गराउँदै उहाँले भन्नुभयो, “वसन्तपुर, असनलगायत ठाउँका संरचना अझै टेकाको भरमा छन्, सामान्य पानी पर्दा पनि कतिबेला के हुने हो थाहा हुन्न, समन्यय नहुँदा पुनःनिर्माण हुन सकिरहेको छैन, हामीलाई बनाउन दिनुस्भन्दा दिइएको छैन, यसतर्फ सोच्नु जरुरी छ ।” महानगर प्रमुख शाक्यले पुनःनिर्माणका लागि महानगरसँग बजेट रहेकाले जिम्मेवारी दिए महानगरले नै गर्ने पनि बताउनुभयो । उहाँका अनुसार स्थानीय सरकार, सङ्घीय सरकार वा गुठी संस्थानबीच समन्वय नहुँदा ती संरचना निर्माण हुन नसकेको हो । 

समारोहमा गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र शैलेन्द्र खनाललगायतको सहभागिता थियो । सोही क्रममा गृहमन्त्रीलगायत अतिथिबाट भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा निर्मित स्तम्भमा पुष्पहार अर्पण गरी स्मृतिसभासमेत आयोजना गरिएको थियो । 

त्यसअवसरमा विपद्का बेला नागरिकको जिउज्यानको सुरक्षमा खटिने महानगरका तीन कर्मचारीलाई पुरस्कृतसमेत गरिएको थियो । कार्यक्रम पछि गृहमन्त्री खाँणले जुद्ध बारुण यन्त्र कार्यालय निरीक्षण गर्नुभएको थियो । सो क्रममा यहाँको भौतिक संरचना र भूकम्पपछि पुनःनिर्माण हुन नसकेको अवस्थाबारे महानगरप्रमुख शाक्यले गृहमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से