२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चौध टन मानवीय सहायता सामग्री अफगानिस्तान पठाइयो

२ माघ २०७८, आईतवार ०८:१६

माघ २, काठमाडौँ | नेपालले अफगानिस्तानलाई करिब १४ टन मानवीय सहायता सामग्री उपलब्ध गराएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको जहाजबाट करिब १४ टन सहायता सामग्री लिएर आज बिहान बिहान काबुल प्रस्थान गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर परराष्ट्रमन्त्री डा नारायण खड्काले संयुक्त राष्ट्रसङ्घले उपलब्ध गराएको सूचीअनुसार औषधि, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री नेपालले मानवीय सहायतास्वरुप उपलब्ध गराएको बताउनुभयो। । खाद्यान्नबाहेकका ती सामग्री करिब १४ टन रहेको मन्त्री खड्काले बताउनुभयो । उहाँले नेपालको इतिहासमा पहिलोपटक आफ्नै प्रयासमा मानवीय सहायता सामग्री अन्य राष्ट्रलाई सहयोगस्वरुप पठाइएको बताउनुभयो । यसबाट विपत्तिका बेला नेपालले मानवीय सहायता सामग्री  पठाउनसक्ने सन्देश दिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामी ठूला प्राकृतिक तथा दैविक विपद्मा विभिन्न राष्ट्र तथा निकायबाट सहयोग लिन्छौँ तर पनि यस कार्यले नेपाल सदैव सहयोग लिने मात्र होइन, आवश्यक परेका बेला अन्य राष्ट्रलाई सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश जानेछ । यसले नेपालको छविलाई अन्तर्राष्ट्रिय जगत्मा उच्च तुल्याउन सहयोग पुग्नेछ ।”

सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्री व्यवसायीले निःशुल्करुपमा उपलब्ध गराएको जानकारी मन्त्री खड्काले दिनुभयो । उहाँले सहायता सामग्री अफगानिस्तानसम्म पु¥याउन हिमालयन एयरलाइन्सले निःशुल्क चार्टर्ड उडान सहयोग गरेको पनि बताउनुभयो । दक्षिण एशियाली राष्ट्रको साझा समस्या भएको र सोही दायित्वअनुरुप आवश्यक मानवीय सहायता जहाजमार्फत पु¥याउन लागिएको मन्त्री खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता