२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

मिथिलामा ‘लाई’ को मौसम

२ माघ २०७८, आईतवार ०८:४२

माघ २, महोत्तरी | महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले ‘लाई’ को मौसम छ । माघ एक गते तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व सकेपछि मिथिलामा ‘लाई’ को मौसम सुरु हुन्छ । 

मिथिला क्षेत्रका घरघरै अहिले तिल, चिउरा, जुनेलो र मुरिका ‘लाई’ (लड्डू) बटार्ने (बनाउने) चटारो छ । शनिबार तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व मनाइएसँगै अब पर्वको सनेस (कोसेली) नातेदारका घरमा पु¥याउने परम्परा रहेकाले त्यसको तयारीमा मिथिलानी (मिथिलाका नारी) को व्यस्तता बढेको हो ।

विवाहित छोरी, दिदीबहिनी, पूmपू , दोस्त (मित) र अन्य आफन्तकहाँ पर्वको सनेस पठाउने स्थापित मैथिल परम्पराले मिथिलानी ‘लाई’ बनाउन व्यस्त देखिएका हुन् । माघ लागेसँगै बिहानैदेखि पारिलो घाम लागेपछि सनेस पठाउन सजिलो भएको मिथिलानी बताउँछन् । “बिहानदेखि नै पारिलो घाम लाग्न थालेको छ”, मौसममा आएको सुधारले दङ्ग पर्नुभएकी भङ्गाहा–४ थारुटोल बनराकी गृहीणी सुथरी चौधरी थारुले भन्नुभयो, “अब सनेस बनाउन, पठाउन सजिलो भयो ।” 

सामान्यतया माघ लागेपछि चिसो घट्ने र घाम तात्दै जाने यहाँ आम अड्कल गरिन्छ । पहिलो दिन घर र छिमेकीबीच पर्व मनाएपछि मिथिलानीको अब विवाहित चेलीबेटी र मित÷मितिनीकहाँ सनेस पठाउन ‘लाई’ बटार्ने व्यस्तता बढेको छ । तिलासक्रायत घरमा मनाइएपछि तील, चिउरा, जुनेलो र मुरिका ‘लाई’सहितका मिष्टान्न परिकार नातेदारका घरमा पुर्याउने परम्परा रहेकाले त्यसको तयारीमा मिथिलानीहरुको व्यस्तता बढेको हो । विवाहित छोरी, दिदीबहिनी, फुपू , दोस्त (मित) र अन्य आफन्तकहाँ पर्वको सनेस पठाउने स्थापित मैथिल परम्पराले यस क्षेत्रमा अहिले  ‘लाई’ को मौसम छाएको छ ।    

“आजै सानो छोरालाई पवनी (पर्व) को सनेस लिएर छोरीकहाँ पठाइयो”, भङ्गाहा–४ थारुटोल बनराकै अर्की गृहिणी रामसुनरदेवी थारुले भन्नुभयो, “अब ननद (नन्द) र दोस्त (मित) को घरमा जान थप सनेस बनाउनुछ ।” घरमा पर्व मनाइएपछि नाता कुटुम्ब र आफन्तकहाँ सनेस लगिने चलनले यहाँ घर÷घरमा अहिले  तिल, जुनेलो, मुरी र चिउराका ‘लाई’ बनाउने चटारो नै छ । मिथिलामा फागुन १५ सम्म घरको खाजामा पनि मुरी, चिउरा र ‘लाई’ खाइने गरिन्छ । पर्वमा घरका परिवारजन, छिमेकी र आफन्तलाई समेत ख्वाइने र यी परिकार हिँउदभरि नै खाजा खाइने परम्पराले पनि अहिले अझै केही दिन घर–घरमा ‘लाई’ बनाउने चटारो रहने बर्दिवास–९ पशुपतिनगरकी शैलदेवी महतोले बताउनुभयो ।  

विशेषगरी जाडोयाममा सख्खर, घीउ र खुवाका परिकार खाँदा स्वास्थ्य ठिक रहने भएकाले माघे सङ्क्रान्तिदेखि फागुन १५ सम्मको जाडोबीच यी सामग्री मिसाएर बनाइने तील, जुनेलो, चिउरा र मुरीका ‘लाई’ खाने, ख्वाउने प्रचलन मैथिल संस्कृतिको अङ्ग नै बनेको भनाइ बर्दिबास अस्पतालका जनस्वास्थ्य निरीक्षक रामबाबु यादवको छ । अहिले यस क्षेत्रमा आफ्नो सावगासअनुसार सबैजसो गृहिणी घरमा ‘लाई’ बनाउन लागि परेका छन् ।

सनेस पठाउने स्थापित परम्परा र आफ्नै घरको खानपिनमा यी परिकार रोजाइँका बनेपछि मिथिलामा हिँउदभरि ‘लाई’को मौसम हुने गरेको यहाँका बुढापाका बताउँछन् । मिथिलामा कात्तिक शुक्लपक्षमा मनाइने छठ पर्व र माघ एक गते मनाइने तिलासक्रायत पर्वको कोसेली महिनैभरि पुरयाउने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता