२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

ढलको नाली र खानेपानीको पाइपसँगै विस्तार गर्दा समस्या

३ माघ २०७८, सोमबार ०८:०१

माघ ३, भजनी | कैलालीको टीकापुरमा निर्माण भइरहेको टीकापुर सतही ढल तथा मानव  मलमूत्रीय आयोजनाको काम तीव्रगतिमा हुँदै आएको छ । सतही ढल निकास र मानव मलमूत्र निकास गरी दुई क्षेत्रमा आयोजनाले काम गर्दै आए पनि ढलका लागि निर्माण हुने नालीको लाइन र खानेपानीको लाइन एउटै ठाउँमा परेकाले  समस्या देखिएको हो ।  नगरपालिकाले  देखाएको क्षेत्रमा नाली निर्माणको काम गरिएको बताउँदै उक्त आयोजनाका परामर्शदाता अरुण रोस्याराले खानेपानीको लाइनका कारण नाली निर्माणमा समस्या देखिएको छ भन्नुभयो । 

खानेपानीको पाइप निर्माणका बेला टुटफुट भए मर्मतसम्भारका लागि रु १५ लाख बजेट छुट्याइए पनि खानेपानीको पाइप नै सारेर नाली निर्माण गर्नुपर्नेमा  त्यस्तो योजना नबनाइएकाले  नाली निर्माणमा समस्या देखिएको उहाँको भनाइ थियो  ।“नगरपालिकाले देखाएको जुन लाइन छ त्यसैलाई आधार मानेर हामिले नाली निर्माण गर्ने हो । टीकापुरको पुरानो योजनालाई ध्यान दिएर नाली निर्माण गर्नुपर्दा त्यहीँ ठाउँमा खानेपानीको पाइप पनि परेको छ ।” परामर्शदाता अरुणले भन्नुभयो,“यसमा हाम्रो कुनै कमजोरी छैन । जस्तो डिजाइनमा छ, त्यहीँबमोजिम हामीले काम गर्ने हो ।” उहाँले नाली निर्माण गर्दा  सडकको बीचमा परेमा  मात्रै कल्भर्ट निर्माण गरिने र सामाग्री ल्याउँदा भत्किएको संरचना पनि आयोजनाले नै नबनाउने बताउनुभयो ।

खानेपानीको पाइप लाइन बीचमा पारेर नाली निर्माण गर्न थालेपछि स्थानीयवासीले विरोधसमेत गरेका थिए । उनीहरूले नाली निर्माण गर्दा पाइपलाइन बीचमा भएको अवस्थामा भोलिका दिनमा पाइप टुट्फुट भए नाली नै भत्काउनुपर्ने परिस्थिति आउने भन्दै विरोध गरेको स्थानीयवासी रामबहादुर विष्टको गुनासो थियो ।

साथै आयोजनाले नाली खन्दा निस्केको माटो पनि बाहिर लैजाने गरेको भन्दै स्थानीयवासीले आक्रोश पोख्दै आएका छन् । आयोजनाको चरम लापरबाही रहेको अर्का स्थानीयवासी छत्र मल्लले बताउनुभयो । “आयोजनाले ढलान गरेर आरसिसी नाली निर्माण गर्दै जाँदा बाहिरबाट सिमेन्टको लेप मात्र लगाउँदै आएको छ ।” उहाँले भन्नुभयो, “यसरी बाहिरबाट सिमेन्टको लेप लगाएको नाली दीर्घकालीन होला त ? अनि निर्माण कम्पनीले नाली खन्दा निस्केको माटो व्यक्तिको घरमा पु¥याउनाका साथै बिक्रीसमेत गरेको पाइएको छ ।”

नाली विस्तारका लागि विसं २०७७ पुस १५ गते रु ६० करोड ८९ लाख ३ हजार ६५२मा  तुँदी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको थियो । निर्माण कम्पनीले २०७९ पुस १५ सम्म आयोजनाको काम सम्पन्न गर्ने गरी सम्झौता गरेको तर दीसा पिसाबबाट मल उत्पादन गर्ने उद्देश्यका साथ निर्माण भइरहेको संरचनाको काम भने गत पुस १५ गते नै सम्पन्न गर्नुपर्ने थियो ।

“कोरोनाको सङ्क्रमणका कारण काम ढिलो गरी सुरु भएको र नगरपालिकाले जग्गा उपलब्ध गराउन समय लागेका कारण समयमै काम सम्पन्न गर्न सकिएन ।” उक्त कन्स्ट्रक्सनका म्यानेजर उदय पोख्रेलले भन्नुभयो, “तीन महिना म्याद थप भएको छ ।  अहिले ९० प्रतिशत काम सम्पन्न पनि गरिसकेका छौ । थप समय चैत १५ सम्म भएका कारण काम सम्पन्न हुनेमा कुनै शङ्का छैन ।” उहाँले निर्माण हुँदै गरेको यस आयोजनाबाट दैनिक नौ टनसम्मको मलमुत्र सङ्कलन गरी  त्यसबाट मल उत्पादन गरिने र बाँकी पानीलाई प्रशोधन गरेर जमरा कुलोमा मिसाइने बताउनुभयो ।

अहिले स्थानीयवासीको शौचालयमा जम्मा भएको मलमुत्र व्यवस्थापनका लागि ठाउँ नहुँदा कतिपयले आफ्नै खेतबारीमा त कतिपयले घर नजिकै रहेका कुलाको पानीमा मिसाउँदै आएका छन् । आयोजनाका म्यानेजर पोख्रेलले  ढल निर्माणको काम पनि समयमै सम्पन्न गर्ने गरी काम हुँदै आएको र  कुनै अवरोध नभए  काम समयमै सम्पन्न हुने जानकारी दिनुभयो । नेपाल सरकारको ७५ प्रतिशत र टीकापुर नगरपालिकाको १५ प्रतिशत लागत रहेको ढल निकासका लागि २९ किलोमिटर लामो नाली निर्माण हुन लागेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान