बागलुङ | छिस्तीको केवै कटेरमाथि लागेपछि ‘पुरानो गाउँ’ आइपुग्छ । प्रकृतिले सिगारेको पुरानो गाउँ अहिले मान्छेविहीन छ । पहिले त्यहाँ पौडेल मुखियाको बस्ती थियो । पछि उनीहरु थातथलो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बागलुङ | छिस्तीको केवै कटेरमाथि लागेपछि ‘पुरानो गाउँ’ आइपुग्छ । प्रकृतिले सिगारेको पुरानो गाउँ अहिले मान्छेविहीन छ । पहिले त्यहाँ पौडेल मुखियाको बस्ती थियो । पछि उनीहरु थातथलो "/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ओझेलमा ‘पुरानो गाउँ’

२०७८, ३ माघ सोमबार १०:३४

माघ ३, बागलुङ | छिस्तीको केवै कटेरमाथि लागेपछि ‘पुरानो गाउँ’ आइपुग्छ । प्रकृतिले सिगारेको पुरानो गाउँ अहिले मान्छेविहीन छ । पहिले त्यहाँ पौडेल मुखियाको बस्ती थियो । पछि उनीहरु थातथलो छाडेर तल झरे । बस्ती सरेपनि ‘पुरानो गाउँ’को चिनारी भने मेटिएन । 

अहिलेसम्मै त्यही नाउँ चल्तीमा छ । प्रकृतिको भव्यतासँगै इतिहास र संस्कृतिका पक्षबाटसमेत पुरानो गाउँको भिन्न महत्व छ । जैमिनी नगरपालिका–८ छिस्तीका बासिन्दाले वडाको ठूलो सम्पत्तिका रुपमा त्यसलाई लिन्छन् । बेलाबेला पर्यटन र पूर्वाधार विकासका योजनासँग पुरानो गाउँलाई जोड्नुपर्ने आवाज उठाउँछन् । 

केवैका डिलबहादुर श्रीसले पुरानो गाउँलाई चिन्न नसकी ओझेलमा परेको वैभवका रुपमा चित्रित गर्नुभयो । “भुरे, टाकुरे राज्यका पालामा यहाँबाट राजकाज चल्थ्यो, त्यसबेला यसको सम्बन्ध गलकोट राज्यसँग थियो”, इतिहास कोट्याउँदै उहाँले भन्नुभयो, “गल्छिना, कोतघर र गाउँको अवशेष अहिले पनि भेटिन्छ ।” 

श्रीसका अनुसार किसानले त्यहाँका टापु र खर्कमा बाली उब्जाउने, बस्तुभाउ पाल्ने र गोठ बस्ने गर्थे । उहिले बनेका पोखरी, चौपारी, मन्दिर जस्ता संरचना अहिले पनि जङ्गलबीच देख्न सकिन्छ । गाउँलेका भनाइमा वर्षात्का बेला पोखरीको पानी खाँदा हैजा चलेपछि मानिस त्यहाँबाट बसाइँ सरेका थिए ।

कतै घना जङ्गल, कतै समथर घाँसे मैदानसहित रमणीय भू–बनोटमा पुरानो गाउँ अवस्थित छ । अहिले पनि तलका गाउँले घाँस दाउरा गर्न र भेँडाको चरिचरनका लागि त्यहाँ पुग्छन् । सिङ्गै क्षेत्रलाई पुरानो गाउँ भनिए पनि त्यहाँ स–साना टापु, देउराली र खर्क छन् । करिब सात हजार रोपनीमा त्यो फैलिएको श्रीसले बताउनुभयो । 

“बेलाबेला विमानस्थल बनाउन सकिन्छ की भनेर पनि यहाँको चर्चा हुने गर्छ”, उहाँले भन्नुभयो, “कृषि, वनमा आधारित कुनै विश्वविद्यालय या औद्योगिक क्षेत्र पनि बनाउन सकिने ठाउँ छ ।” अहिले जङ्गल र मैदानमा फेरिएको त्यहो ठाउँमा पहिले खेतीपाती हुन्थ्यो ।

त्यहीँ मानिसको बसोबास थियो । राज्यले चाहेमा त्यस ठाउँको बहुउपयोग गर्न सक्ने स्थानीयवासी पदमबहादुर पुनले बताउनुभयो । उहाँले पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न सके गाउँमा आर्थिक गतिविधि बढ्ने र मानिसको जीवनस्तर उकासिने धारणा राख्नुभयो । पर्यटक आकर्षित गर्न त्यहाँ पूर्वाधार निर्माणको भने खाँचो छ । जनसहभागितासहित स्थानीय तहको लगानीमा यसैवर्ष सडक पुगेपनि अन्य सुविधाबाट त्यस क्षेत्र वञ्चित छ । खानेपानी, विद्युत्लगायत आधारभूत सेवा पुरानो गाउँ पु¥याउनुपर्ने पुनले बताउनुभयो ।

केवै गाउँबाट चार किमि यात्रापछि पुरानो गाउँ उक्लन सकिन्छ । पदयात्रामार्फत पनि सजिलै त्यहाँ पुगिन्छ । पुनका अनुसार धार्मिक आस्थाका दृष्टिलेसमेत पुरानो गाउँलाई पवित्र रुपले हेरिन्छ । त्यहाँ रहेको बराजुको मन्दिरमा वर्सेनि साउन र भदौमा विशेष पूजाआजा हुन्छ । 

खासगरी पौडेलले पूज्ने गरेको मन्दिर भए पनि स्थानीय जनजाति समुदायको पनि सांस्कृतिक आस्था त्यहाँ जोडिएको छ । साउनमा गाउँभरिका सबै त्यहाँ पुगेर खीर चढाएपछि बल्ल घरमा खीर फुकाउने चलन छ । बलेवा, सर्कुवालगायतका ठाउँबाटसमेत पौडेलका सन्तति पूजाआजाका लागि पुरानो गाउँ पुग्छन् ।

प्रकृतिको मनारेम दृश्यापान त्यहाँको अर्को आकर्षण हो । पुरानो गाउँबाट हिमशृङ्खलासहित रमणीय पहाडी भू–बनोट र जनजीवनको अवलोकन गर्न सकिन्छ । दुर्लभ वन्यजन्तु र पक्षीको बासस्थानसमेत त्यहाँ छ । जडीबुटीका लागि पनि पुरानो गाउँको नाम आउछ ।

वडाध्यक्ष विजय शर्मा अधिकारीले पुरानो गाउँको समग्र विकासमा नगर र वडाको ध्यान गएको बताउनुभयो । “नगरको पर्यटकीय विकास योजनामा पुरानो गाउँ पनि समेटिएको छ, डिपिआरमार्फत काम अगाडि बढ्दैछ”, उहाँले भन्नुभयो,“अहिले बजेटको अभाव भएकाले सोचेजसरी काम गर्न सकिएको छैन ।”

सडक पु¥याउनेदेखि, पदमार्ग निर्माण, पोखरी, मन्दिर संरक्षणलगायतका काममा वडाले सघाएको वडाध्यक्ष अधिकारीले उल्लेख गर्नुभयो । वनभोजस्थल, ‘भ्यूटावर’ जस्ता पर्यटकीय पूर्वाधार निर्माणको योजना रहेको उहाँले सुनाउनुभयो । पुरानो गाउँको समग्र विकासका लागि सर्वपक्षीय सरोकार समिति बनाउन पहल गरिए पनि नेतृत्व कस्ले लिने विवादले त्यो टुङ्गोमा पुग्न सकेको छैन । 

अहिलेपनि त्यस ठाउँको विकासलाई लिएर कुनैपनि सङ्घसंस्था÷समिति क्रियाशील छ्रैनन् । जसका कारण विकासबाट पुरानो गाउँ पछाडि परेको छ । राज्यका निकायको पनि खास नजर पुग्न सकेको छैन । नेपाललाई उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरदेखि १७ किमि दूरीमा पुरानो गाउँ पर्छ । त्यहाँ पुग्दा सेरोफेरोमा रहेका हाँडीकोट, थन्थाप माई, बेलबगरलगायतका गन्तव्यस्थललाई फन्को मार्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन