१२ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्,

२७ चैत्र २०८१, बुधबार १२:१५

काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षक कर्मचारीहरूलाई वार्ताका लागि आमन्त्रण गर्दा नआएपछि त्यसलाई ‘आमन्त्रणको अवज्ञा’ को रूपमा प्रतिक्रिया जनाएको छ।

शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा आठ दिनदेखि काठमाडौँमा आन्दोलन जारी छ। यसबीचमा शिक्षा मन्त्रालयले दुईपल्ट वार्ता आमन्त्रण गरेको छ। मन्त्रालयले बिहीबार (२१ चैत) र मंगलबार (२६ चैत) मा गरी दुईपल्ट वार्ताको आमन्त्रण गरेको थियो।दुईपटक नै शिक्षक कर्मचारीका प्रतिनिधिहरू वार्तामा नगएपछि मन्त्रालयले आमन्त्रणको अवज्ञाको रुपमा बुझेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले हिमालप्रेससँग भने। प्रवक्ता सापकोटाले भने, ‘सहनबाहेक अर्को विकल्प छैन। सरकार एक्सनमा जाने कुरा भएन। वार्ता आमन्त्रणको अवज्ञा भयो भन्ने बुझेका छौं।’

महासंघले हरेक समस्या वार्ता वा संवादबाटै समाधान हुन्छन् भन्नेमा महासंघको दृढ विश्वास रहेको जनाएको छ। आन्दोलनको लक्ष्य विभिन्न मुद्दा र विषयमा छलफल गरी नयाँ सहमति गर्नु नभई विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउने रहेको महासंघद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले तत्काल वार्ताको कुनै औचित्य नभएको बताउँदै आफूहरूसँग बस्ने समय पनि ऐन निर्माणमै खर्चिन सरकारलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता केन्यामा महिलामाथि बढ्दो हिंसा : न्याय प्रणालीमाथि प्रश्न उठ्दै काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह प्रतिनिधिसभा बैठक सुरुः वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण लोकतन्त्रको ऐना हो संसद् सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रबिन्दु भएर भूकम्प सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे बारपाकीले बिर्सन नसकेका भूकम्प पूर्वप्रमुख सूचना आयुक्त गुरुङको संयोजकत्वमा सूचना आयुक्त समाज गठन प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक मोटरसाइकलको ठक्करबाट एकको मृत्यु चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण