माघ ५, बलेवा | ग्रामीण पर्यटनका पिता भनेर चिनिने स्व क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा बागलुङमा निर्माणाधीन उद्यानका लागि बजेट अभाव भएपछि सहयोग जुटाउन अभियान थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कार घरबासल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, बलेवा | ग्रामीण पर्यटनका पिता भनेर चिनिने स्व क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा बागलुङमा निर्माणाधीन उद्यानका लागि बजेट अभाव भएपछि सहयोग जुटाउन अभियान थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कार घरबासल"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

रुद्रमानको स्मृतिमा उद्यान निर्माण अभियान

५ माघ २०७८, बुधबार ०५:१९

माघ ५, बलेवा | ग्रामीण पर्यटनका पिता भनेर चिनिने स्व क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा बागलुङमा निर्माणाधीन उद्यानका लागि बजेट अभाव भएपछि सहयोग जुटाउन अभियान थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कार घरबासले उद्यान निर्माणको काम थालेको हो । 

उद्यान निर्माणको जिम्मेवारी पाएको उपभोक्ता समिति र घरबासले संरचना निर्माणका लागि रकम अभाव भएकाले सहयोग अभियान थालेका हुन् । भकुण्डे भ्यूटावर परिसरमा उद्यान निर्माणको काम थालिएको अतिथि सत्कार समुदायिक घरबासका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । गुरुङको शालिकसहितको उद्यान निर्माण हुनेछ । एक सय मिटर लम्बाइ र ४० मिटर चौडाइ क्षेत्रफलमा उद्यान बनाउन थालिएको छ । 

“गुरुङको स्मृतिमा उद्यान बनाउनु हामी पर्यटन व्यवसायीको दायित्व हो”, उहाँले भन्नुभयो, “घरबासकै पहल र सक्रियतामा उद्यान बन्दैछ ।” गण्डकी प्रदेश सरकारले घरबासका लागि उपलब्ध गराएको रु १० लाख अनुदान सहयोगबाट उद्यानको काम थालिएको हो । झण्डै रु पाँच करोड ५० लाखको विस्तृत परियोजना प्रतिवेदन रहेको उद्यानका लागि रु १० लाखमात्रै अनुदान मिलेको छ । बाँकी रकम जुटाउन उपभोक्ता समिति, स्थानीयवासी र घरबास सञ्चालकले दाताको साथ खोजिरहेका छन् । अभियानको सुरुआत भएसँगै देश–विदेशमा रहेका भकुण्डेवासीले सहयोग गर्न थालेका छन् । अभियानलाई प्रभावकारी बनाउँदै प्रारम्भिक चरणका काम सम्पन्न गर्ने लक्ष्य रहेको थापाले बताउनुभयो ।

अघिल्लो वर्ष उद्यान निर्माणस्थलमा तारबार र संरचना निर्माणको काम थालिएको उपभोक्ता समितिले जनाएको छ । “उद्यानमा फूलबारी र अन्य संरचना पनि बन्छन्”, थापा भन्नुहुन्छ, “पर्यटकीय गाउँ भकुण्डे आउने पर्यटकका लागि अर्को सुन्दर गन्तव्य बनाउँदैछौँ ।” उद्यानमा पर्यटनसँग सम्बन्धित खोज र अनुसान्धानका सामग्री रहने पुस्तकालयसमेत निर्माण गर्ने योजना घरबासले बनाएको छ । “यहाँ आउने जो–कोहीले ग्रामीण पर्यटनका पिताको विषयमा जानकारी पाउन भन्ने हो”, थापाले भन्नुभयो, “ग्रामीण पर्यटनको विषयमा अध्ययन गर्न चाहनेहरूका लागि व्यवस्था मिलाउँछौँ ।”

घरबास सञ्चालक र उपभोक्ता समितिले गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीलाई ल्याएर उद्यान निर्माणको शिलान्यास गराएका थिए । “प्रदेश सरकारले घरबासलाई दिएको रकम दुरुपयोग भनेर अनुगमन थालेको छ”, घरबास सञ्चालक चन्द्रवीर थापाले भन्नुभयो ।

अष्ट्रेलियन नागरिक टमी पार्क र भूतपूर्व गोरखा सेनाका अवकाशप्राप्त लाहुरे गुरुङको प्रयासमा २०५४ असोजदेखि स्याङ्जाको सिरुबारी पहिलो ग्रामीण पर्यटनगाउँका रुपमा चिनिएको थियो । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) पोखराले पनि यसअघि ‘गुरुङ स्मृति पुरस्कार’ गाउँ पर्यटनको प्रवद्र्धनमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने गरी स्थापना गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता