झापा । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले  ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को  उच्च जोखिम ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... झापा । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले  ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को  उच्च जोखिम ब"/>
१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

मास्क बैंक पुनः सञ्चालनमा

११ माघ २०७८, मंगलवार ०६:२३

माघ ११, झापा । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले  ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को  उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई आजदेखि सञ्चालनमा ल्याएको हो । बैंक सञ्चालनका लागि भद्रपुर नगरपालिका–९ को बाल सञ्जाल समिति, उज्यालो बाल क्वल समेतको सहकार्य रहेको उपशाखाका सभापति गोपाल गिरीले बताउनुभयो । उहाँका अनुसार गत साउन २९ गतेदेखि रेडक्रसले कोरोना संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले ‘मास्क बैंक’ स्थापना गरेको थियो । कोभिडको जोखिम न्यूनीकरणपछि बन्द गरिएको कार्य आजदेखि पुनः सञ्चालनमा आएको हो ।

बैंकबाट विहान ७ बजेदेखि १० बजेसम्म स्वयंसेवक खटाएर निःशुल्क रूपमा मास्क वितरण हुँदै आएको छ । बैंकमा विगतमा रेक्रडसका आजीवन सदस्य र विभिन्न दाताले मास्क र मास्क खरिदका लागि नगद दुवै प्रदान गरेको थिए । सोहीबाट खरिद गरिएको मास्क बैंकमा रहेको उहाँले जानकारी दिनुभयो ।उहाँका अनुसार मास्क अभियानप्रति आम नागरिकलाई प्रेरित गर्न ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर प्रयोग गरौँ’ भन्ने नाराका साथ भद्रपुर बजार र लक्ष्मी चोकमा बिहान ७ बजेदेखि १० बजेसम्म मेडिकल मास्क वितरण गरिँदैछ ।

‘मास्क नलगाउनेलाई बानी पार्न र मास्क किन्न नसकेर वा नपाएर त्यसै हिंड्न बाध्य भएकालाई निःशुल्क बाँड्ने गरेको सभापति गिरीले बताउनुभयो । यो अभियानलाई सहयोग गर्न समेत उहाँले सबैलाई अपील गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्ती लोकमार्गको थप सडक स्तरवृद्धि हुँदै प्रधानमन्त्रसँग फुटबल खेलाडी कार्लाेसको भेटघाट शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव धुलिखेल–साँगा सडकः पुलबजार क्षेत्रमा काम रोकियो काठमाडौँ महानगरपालिकाले ७ अर्ब २१ करोड ६२ लाख ८४ हजार २८ रुपैयाँ राजस्व संकलन गर्यो परिवर्तन पक्षधरहरू एक ठाउँमा उभिनुपर्ने : धवलशमशेर राणा ठूला पूर्वाधारमा लगानी जुटाउन वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक संसदमा पेस देशभरको मौसम सफा रहने पूर्वानुमान अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु एमाले वीरगञ्ज महानगर अध्यक्षमा शर्मा प्रधानमन्त्रीद्वारा आतङ्कवादी हमलाको निन्दा काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त बागमतीमा लक्ष्यअनुरुप राजस्व उठेन बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण चन्द्रागिरिद्वारा कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली नगरपालिकालाई सहयोग शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह प्रगतिशील प्राध्यापक सङ्गठनमा नयाँ नेतृत्व चयन सुनको मूल्य तोलामा सात हजार ५०० घट्यो