१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशी मुद्रा अपचलन आरोपमा चार जनाविरूद्ध अदालतमा मुद्दा

११ माघ २०७८, मंगलवार ०९:३४

माघ ११, काठमाडौँ | राजश्व अनुसन्धान विभागले विदेशी मुद्दा अपचलन गरेको आरोपमा चार जनाविरूद्ध  काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। 

विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ सम्बन्धी कसुरमा चार जनाविरूद्ध सोमबार मुद्दा दायर गरेको विभागका उपनिर्देशक तथा प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए। 

एक महिनाअघि विभागले कैलालीको लम्कीचुहा नगरपालिका-१० घर भई काठमाडौँको कालोपुल गुरूङटोल बस्ने दिनेश खड्का, उनकी दिदी भगवती, बुवा नरबहादुर र दिनेशकी केटी साथी अनिता धिताललाई पक्राउ गरेको थियो।

उनीहरूमाथि सोधपुछ तथा अनुसन्धान गर्दा क्रिप्टोकरेन्सीको मोबाइल एप्स इ-स्क्रिल तथा बाइनान्स प्रयोग गरेको खुलेको प्रवक्ता पाण्डेयले बताए। 

‘उनीहरूको बयान, विभिन्न बैंकका बैंक स्टेटमेन्टहरू, बरामद मोबाइलका डाटा, कल डिटेलका प्रमाणबाट दिनेश खड्का लगायतले सामूहिक रूपमा मिलेमतो गरी मोबाइल एप इ-स्क्रिल तथा बाइनान्सको प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कसुर गरेको खुलेको हो,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

दिनेशले दिदी भगवती, बुबा नरबहादुर र दिनेशकी केटी साथी अनिता समेत संलग्न भई डलरको अनलाइनमार्फत् अवैध रूपमा कारोबार गरेको कसुर गरेको प्रवक्ता पाण्डेयले बताए।

विभागको अनुसन्धानमा खुलेअनुसार दिनेशले इ-स्क्रिल तथा बाइनान्समार्फत् रकम लोड तथा अनलोड गरी अमेरिकी डलर साट्ने गर्थे। उनले ग्लोबल बैंकको खाताबाट ९ करोड ७९ लाख ९८ हजार ५८१ रुपैयाँको कारोबार गरेको खुलेको विभागले जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक