२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गण्डकी विश्वविद्यालयले कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने

२०७८, १९ माघ बुधबार १०:३६

माघ १९, पर्वत | गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ । 

गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रुपमै उत्पादन हुने मदिरालाई कसरी ब्राण्डिङ गर्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको हो । पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बागलुङ गरी पाँच जिल्लामा उत्पादित स्थानीय मदिरालाई ब्राण्डिङ गर्नेगरी अध्ययन सुरु गरिएको गण्डकी विश्वविद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले जानकारी दिनुभयो ।

ब्राण्डिङ र गुणस्तर मापनको अभावमा घरेलु मदिरा उत्पादनमा प्रतिबन्द तथा उत्पादित मदिरासमेत खेर जाने गरेको छ । विदेशी मदिरा आयातमा वृद्धि भइरहेको अवस्थामा यसलाई प्रतिस्थापन गरी स्वरोजगार सिर्जना गर्न र प्रदेशलाई आर्थिक समृद्धितर्फ लैजान ब्राण्डिङको अवधारणा अघि सारिएको हो । गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्ययोजना अनुरुप कोदोको रक्सीलाई ब्राण्डिङ गर्न थालिएको रजिष्ट्रार तिमिल्सिनाले बताउनुभयो । गण्डकी प्रदेशमा कोदोको खेती र उत्पादन बढी हुने र घरेलु मदिरासमेत बढी मात्रामा उत्पादन हँदै आएको छ । 

यसैगरी विश्वविद्यालयले सुन्तलामा कीरा लाग्ने विषयको समेत अध्ययन सुरु गरेको छ । विगत केही वर्षदेखि सुन्तलामा कीरा लाग्दा पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जालगायतका जिल्लामा सुन्तला उत्पादनमा ह्रास आएको भन्दै यसको अध्ययन थालिएको उहाँले बताउनुभयो । मङ्गलबार विश्वविद्यालयले पर्वतका शिक्षा क्षेत्रका सरोकारवालाबीच अन्तक्र्रिया कार्यक्रम गरी गण्डकी प्रदेश सरकारको पहिलो विश्वविद्यालयवाट सञ्चालित शैक्षिक कार्यक्रम, आगामी रणनीति र यस विश्वविद्यालय सञ्चालनका उद्देश्यका बारेमा छलफल गरिएको हो । सो अवसरमा बोल्दै गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले गण्डकी प्रदेशमै दक्षजनशक्ति उत्पादन  गर्नका लागि विश्वविद्यालय रचनात्मक सोचका साथ अघि बढेको बताउनुभयो । 

अबको युगमा आवश्यक पर्ने व्यावहारिक शिक्षा प्रदान गर्नका लागि विश्व विद्यालय लागिपरेको छ । शिक्षाको गहिरो अध्ययनबिना जुनसुकै क्षेत्र पनि अपूरो हुने भएकाले यो विश्वविद्यालय सूचना प्रविधि, खेलकूद, चिकित्साविज्ञानलगायत कृषि, पर्यटन, ऊर्जालगायतका क्षेत्रका पढाइ सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा स्नातक तहमा सूचना प्रविधिको कक्षा सञ्चालन गरिने भएको छ भने त्यसैगरी खेलकूद विभागको पढाइसमेत सञ्चालन गरिने उहाँले बताउनुभयो । हरेक नागरिकलाई सर्वसुलभ रुपमा शिक्षाको पहुँच पु¥याउने उद्देश्यले प्रदेश सरकारले यो विश्वविद्यालय स्थापना गरेको कुलपति गुरुङले जानकारी दिनुभयो । 

गण्डकी विश्व विद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले विश्वविद्यालयका कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । विश्वविद्यालय सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यतलाई स्थापित गर्दै कृषि, पत्रकारिता, उद्यमशीलतालाई समेत अघि बढाइने बताइएको छ । विश्वविद्यलयका प्रोफेसर सरोज गिरीले ‘स्नातक तहमा सूचना प्रविधि’ र मधुसुदन सुवेदीले ‘खेलकुद व्यवस्थापन’का विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ