१९ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गण्डकी विश्वविद्यालयले कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने

१९ माघ २०७८, बुधबार १०:३६

माघ १९, पर्वत | गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ । 

गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रुपमै उत्पादन हुने मदिरालाई कसरी ब्राण्डिङ गर्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको हो । पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बागलुङ गरी पाँच जिल्लामा उत्पादित स्थानीय मदिरालाई ब्राण्डिङ गर्नेगरी अध्ययन सुरु गरिएको गण्डकी विश्वविद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले जानकारी दिनुभयो ।

ब्राण्डिङ र गुणस्तर मापनको अभावमा घरेलु मदिरा उत्पादनमा प्रतिबन्द तथा उत्पादित मदिरासमेत खेर जाने गरेको छ । विदेशी मदिरा आयातमा वृद्धि भइरहेको अवस्थामा यसलाई प्रतिस्थापन गरी स्वरोजगार सिर्जना गर्न र प्रदेशलाई आर्थिक समृद्धितर्फ लैजान ब्राण्डिङको अवधारणा अघि सारिएको हो । गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्ययोजना अनुरुप कोदोको रक्सीलाई ब्राण्डिङ गर्न थालिएको रजिष्ट्रार तिमिल्सिनाले बताउनुभयो । गण्डकी प्रदेशमा कोदोको खेती र उत्पादन बढी हुने र घरेलु मदिरासमेत बढी मात्रामा उत्पादन हँदै आएको छ । 

यसैगरी विश्वविद्यालयले सुन्तलामा कीरा लाग्ने विषयको समेत अध्ययन सुरु गरेको छ । विगत केही वर्षदेखि सुन्तलामा कीरा लाग्दा पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जालगायतका जिल्लामा सुन्तला उत्पादनमा ह्रास आएको भन्दै यसको अध्ययन थालिएको उहाँले बताउनुभयो । मङ्गलबार विश्वविद्यालयले पर्वतका शिक्षा क्षेत्रका सरोकारवालाबीच अन्तक्र्रिया कार्यक्रम गरी गण्डकी प्रदेश सरकारको पहिलो विश्वविद्यालयवाट सञ्चालित शैक्षिक कार्यक्रम, आगामी रणनीति र यस विश्वविद्यालय सञ्चालनका उद्देश्यका बारेमा छलफल गरिएको हो । सो अवसरमा बोल्दै गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले गण्डकी प्रदेशमै दक्षजनशक्ति उत्पादन  गर्नका लागि विश्वविद्यालय रचनात्मक सोचका साथ अघि बढेको बताउनुभयो । 

अबको युगमा आवश्यक पर्ने व्यावहारिक शिक्षा प्रदान गर्नका लागि विश्व विद्यालय लागिपरेको छ । शिक्षाको गहिरो अध्ययनबिना जुनसुकै क्षेत्र पनि अपूरो हुने भएकाले यो विश्वविद्यालय सूचना प्रविधि, खेलकूद, चिकित्साविज्ञानलगायत कृषि, पर्यटन, ऊर्जालगायतका क्षेत्रका पढाइ सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा स्नातक तहमा सूचना प्रविधिको कक्षा सञ्चालन गरिने भएको छ भने त्यसैगरी खेलकूद विभागको पढाइसमेत सञ्चालन गरिने उहाँले बताउनुभयो । हरेक नागरिकलाई सर्वसुलभ रुपमा शिक्षाको पहुँच पु¥याउने उद्देश्यले प्रदेश सरकारले यो विश्वविद्यालय स्थापना गरेको कुलपति गुरुङले जानकारी दिनुभयो । 

गण्डकी विश्व विद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले विश्वविद्यालयका कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । विश्वविद्यालय सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यतलाई स्थापित गर्दै कृषि, पत्रकारिता, उद्यमशीलतालाई समेत अघि बढाइने बताइएको छ । विश्वविद्यलयका प्रोफेसर सरोज गिरीले ‘स्नातक तहमा सूचना प्रविधि’ र मधुसुदन सुवेदीले ‘खेलकुद व्यवस्थापन’का विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गुजरातमा पटाका कारखानामा विस्फोट, १० जनाको मृत्यु दीपक बोहोराको निधन राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति : लिङदेन बिमस्टेकमा भाग लिन प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान यूएईले ६६ नेपाली बन्दीलाई दियो आम माफी, सरकारद्वारा कृतज्ञता व्यक्त दुर्गा प्रसाईंलाई माधव नेपालले भने– गाउँको हुल्लडबाज सुनसरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा पुरुषको मृत्यु, महिला घाइते क्वालालम्पुर नजिक ग्यासको पाइप पड्किँदा भीषण आगो लाग्यो प्रहरीको गोली लागेर घाइते रेविकाको न्यायका लागि विद्यार्थीको प्रदर्शन भारतमा दुई मालवाहक रेल आपसमा ठोक्किँदा दुई चालकको मृत्यु चुडामणि चापागाईं बने नेप्सेको सीइओ निलम्बन फुकुवाको मागसहित दोस्रो पटक सभामुखकहाँ पुगेका रविलाई सभामुखले के भने? थाइल्यान्ड भ्रमण टोलीमा छन् प्रधानमन्त्री ओलीसहित यी १९ सदस्य गुडिरहेको जिपबाट खसेर गाडी धनीको मृत्यु, चालक पक्राउ सुनको मुल्य इतिहासकै उच्च, तोलाकाे कतिमा हुँदैछ कारोबार? राप्रपा सांसद दीपक बोहराको निधन रवि लामिछानेको निलम्बन फुकुवाको माग गर्दै रास्वपा नेता सभामुखको कार्यालयमा आजदेखि १८ घण्टा विमानस्थल चल्ने, अब रातको १२ बजेसम्म मात्र उडान हुने  बिमस्टेकमा भाग लिन प्रधानमन्त्री ओली आज बैंकक जाँदै लामिछाने पुनः सभापतिको जिम्मेवारीमा पत्रकार सुरेश रजकको परिवारले भेटे प्रधानमन्त्री