२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन दिने तीर्थ यात्रा सम्पन्न गरी माधवनारायणका बर्तालु फर्किए शालिनदीमा

२० माघ २०७८, बिहीबार ०९:११

माघ २०, काठमाडौँ | साँखुस्थित शालिनदीमा माधवनारायणको एक महिने व्रत गरिरहेका बर्तालुले पहिलो चरणको तीन दिने तीर्थ यात्रा सम्पन्न गरी आज पूर्ववत् नित्यकर्म गरेका छन् ।

तीर्थयात्राका लागि सोमबार बिहान शालिनदीबाट हिँडेका बर्तालु बुधबार राति तीनदिने कार्यक्रम सम्पन्न गरी साँखु आएपछि आज बिहान शालिनदीमै स्नान गरी माधवनारायणको पूजाको तयारीमा लागेका छन् । बज्रयोगिनी, पशुपतिनाथ, शेषनारायणमा विशेष पूजा आराधना गरी बर्तालुले पहिलो चरणको तीर्थ यात्रा समापन गरेका थिए ।

माघ शुक्ल तृतीयाका दिन माघ २१ गते शुक्रबार बर्तालु दोस्रो चरणको तीर्थ यात्राका लागि पनौती जाने कार्यक्रम रहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले राससलाई जानकारी दिनुभयो । माघ २१ गते बर्तालुको बास पनौतीमै हुनेछ । बर्तालुले माघ २२ गते शनिबार बिहान पनौतीको त्रिवेणीघाटमा स्नान गरी इन्द्रेश्वरलगायत पनौती क्षेत्रका मन्दिरमा पूजा आराधना गर्ने कार्यक्रम छ । 

पनौतीमा यस वर्ष १२ वर्षे मेला पनि चलिरहेकाले विशेष पूजा आराधना हुने जनाइएको छ । माघ २२ गते दिउँसोको भोजन बनेपामा गरी बर्तालु साँखु फर्कने छन् । पनौतीबाट साँखु फर्केपछि दोस्रो चरणको तीर्थ यात्रा समापन हुन्छ । तेस्रो चरणको तीर्थयात्राका लागि बर्तालु माघ शुक्ल एकादशीका दिन चाँगुनारायण मन्दिर जान्छन् । द्वादशीका दिन बिहान चाँगुनारायणमा स्नान एवं पूजा आराधना गरी साँखु फर्कने परम्परा छ । चाँगुनारायाणबाट साँखु फर्केपछि तेस्रो चरणको तीर्थयात्रा पनि समापन गरिन्छ । 

माधवनारायणका बर्तालुले माघ शुक्ल सप्तमीमा साँखु बजारमा गुल्टँदै सहस्रधाराको जलबाट स्नान गर्छन् । यो सप्तमीलाई लगला सप्तमी पनि भनिन्छ । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन बर्तालुले शालिनदी किनारमा बसेर खिर खाने परम्परा छ ।

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधव नारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ । साँखु शालिनदीमा यस वर्ष १०६ महिला र १९ पुरुष गरी १२५ जना व्रत बसेका छन् । माघ महिनामा माधव नारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ । 

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं श्री स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधवनरायण र श्री स्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । माघ शुक्ल पूर्णिमाका दिन बर्तालुले साङ्गे गरी व्रत समापन गर्छन् । समापनको भोलिपल्ट गणेशको विशेष विधिले पूजा आराधना गर्ने परम्परा रहेको साँखु शालिनदी क्षेत्रका सांस्कृतिक परम्पराका विषयमा खोज–अनुसन्धान गरिहरहनुभएका प्रकाश श्रेष्ठ ‘सक्व’ राससलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै