३० चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

काम गर्ने दृढ इच्छाशक्ति भए अपाङ्गताले पनि छेक्दैन

२० माघ २०७८, बिहीबार १०:०२

माघ २०, कञ्चनपुर | कृष्णपुर नगरपालिका–२ का करनसिंह साउद जन्मजात दृष्टिविहीन हुनुहुन्छ । दृष्टिविहीन भएर पनि परिवारकै सहारामा बाँच्न उहाँलाई रुचि भएन । त्यसैले पिठ्युमा कालो झोला बोक्दै सेतो छडीको सहारामा बजार र ग्रामीण क्षेत्रमा करनले ठूलो स्वरमा कराएर अगरबत्ती बेच्दै आउनुभएको छ । यसरी दैनिक ठूलो स्वरमा चिच्याएर सबैलाई आग्रह गरेर बत्ती बेच्ने उहाँको नियमितता भइसकेको छ  ।

स्थानीय बासिन्दाले प्राय साउदबाटै अगरबत्ती किन्ने गरेकाले त्यसबाट प्राप्त आम्दानीले परिवारका साथै आफ्नो पनि दैनिक  खर्चको जोहो गर्दै आउनुभएको छ । काठमाडौँमा रहेको उज्यालो दृष्टिविहीन प्रगति समूहले उत्पादन गरेको अगरबत्ती करनले बेच्दै आउनुभएको हो । उक्त समूहले उत्पादन गरेको अगरबत्ती प्रतिबण्डल रु ६२० मा खरिद गरी बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । “एक बण्डल बिक्री भए दोब्बर बढी फाइदा हुन्छ”, करनले भन्नुभयो, “घरबाट बिहानै निस्कन्छु र साँझ अबेर घर फर्कने गरेकोे छु । कुनै दिन पूरै बण्डल अगरबत्ती बिक्री हुन्छ । कुनै दिन थोरै हुन्छ । घरको खर्च यसबाटै चलेको छ ।”

“चिसो छ भनेर घरभित्रै बस्नु भएन । काम नगरी कमाइ हुँदैन । चिसोको पर्वाह नगरी बजार र ग्रामीण क्षेत्रमा झोलामा अगरबत्ती राखेर निस्कने गरेको छु । अगरबत्ती आवश्यक भएकाले सडकमा कराएको आवाज  सुनेपछि बोलाएर खरिद गर्छन् । हामीलाई माया चाहिएको छैन । कामको सम्मान मात्र गरिदिए पुग्छ”, उहाँको भनाइ थियो ।

“अपाङगता छ भनेर घरभित्रै गुम्सिएर बस्नु हुँदैन”, करनले  भन्नुभयो, “सीप सिकेको छ भने त्यसलाई निखार्दै व्यावसायिक बन्न खोज्नुपर्छ । सीप छैन भने पनि सिक्नु पर्छ । जानेको काम गरे पनि पुग्छ । परिवारको बोझ बन्नु हँुदैन । हामी पनि गर्न सक्छौँ भनेर समाजलाई देखाउनु पर्छ ।” दृष्टिविहीन हुनुपरेकामा आफुलाई चिन्ता नभएको गर्वका साथ बताउनुहुने उहाँले भन्नुभयो मनमा आँट र काम गर्ने दृढ इच्छाशक्ति भए अपाङ्गताले पनि काम गर्नबाट रोक्न सक्दैन ।

हामीजस्ता अपाङ्गता भएका व्यक्तिमा समेत योग्यता, क्षमता भएको कुरा सबैले बुझेदैनन् । राज्यले समेत अपाङ्गता भएका व्यक्तिलाई सीप सिकाउन र निर्खान चाहँदैन । त्यसैले पनि हामीभित्र भएको प्रतिभा प्रस्फुटन हुनसकेको छैन । अपाङ्गता भए पनि सपाङ्गभन्दा कुनै कुरामा कम नभएको करनले जोड दिनुभयो । विगत चार महिनादेखि अगरबत्ती बेच्दै आएको र यसबाट आफूले रु छ हजारदेखि रु १० हजारसम्म कमाइ गर्न सकेको उहाँले बताउनुभयो ।

अगरबत्ती ल्याउनका लागि करनलाई काठमाडौँसम्म पुग्न पर्दैन । शुक्लाफाँटा नगरपालिका–१० झलारीका दृष्टिविहीन इन्द्र रानाले काठमाडौँबाट अगरबत्ती मगाउने गर्नुभएकामा उहाँबाटै करनले पनि  अगरबत्ती खरिद गरी बेच्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “आफ्नो मुहार त म देख्न सक्दिनँ तर देख्न नसक्ने यो मुहारलाई उज्यालो भएको महसुस गर्ने सपना  पूरा गर्नका लागि प्रयासरत छु । आफ्नै खुट्टामा उभिएर स्वाभिमानका साथ उभिने लक्ष्य पूरा गर्न यो संसार नछाडुञ्जेल जारी राख्छु ।” अपाङ्गता भएका व्यक्तिलाई समेत करनले स्वरोजगार भएर बाँच्नुपर्ने सुझाव दिँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ