७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेस काउन्सिलको ध्यानाकर्षण

२० माघ २०७८, बिहीबार १०:२५

माघ २०, काठमाडौँ | प्रेस काउन्सिल नेपालले कोभिड–१९ महामारीका विषयमा पुष्ट्याइँबेगर विश्व स्वास्थ्य सङ्गठनको हवाला दिँदै जनमानसमा भ्रम फैलाउने किसिमबाट समाचार सम्प्रेषण भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गरी तथ्यगत पुष्ट्याइँबेगर सामग्री तयार भई एक समाचार संस्थाबाट समेत सञ्चारमाध्यममा वितरण भएको र सोही स्रोतका आधारमा सामग्री सम्प्रेषण भएको प्रति काउन्सिलले ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

समाचार सामग्री तयार एवं सम्प्रेषण गर्नुपूर्व सत्य, तथ्य र विश्वसनीयताको परीक्षण गरी वितरण र सम्प्रेषण गर्न गराउन समाचार संस्था, सञ्चारमाध्यम र सम्बन्धित पक्षसँग काउन्सिल अनुरोधसमेत गरेको छ । काउन्सिलका प्रवक्ता दीपक खनालले हस्ताक्षर गर्नुभएको सो विज्ञप्तिमा तथ्यगत पुष्ट्याइँ नभई अपुष्ट स्रोत र त्यसको परीक्षणबेगर सम्प्रेषित सामग्रीले समाजमा भ्रम फैलाउने भएकाले सञ्चारमाध्यमले सत्य, तथ्य, सन्तुलित एवं विश्वसनीय समाचार सामग्री सम्प्रेषण गर्नुपर्नेमा जोड दिएको छ ।  विज्ञप्तिमा पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७५) मा सञ्चारमाध्यमबाट समाचार तथा समाचार सामग्रीको प्रकाशन/प्रसारण वा बाह्य लिङ्कहरू प्रकाशित गर्नुअघि सोको विश्वसनीयता र आफूले प्रकाशन गरेसरह तथ्यको जाँच गरी सम्प्रेषण गर्नुपर्दछ भन्ने व्यवस्थाका बारेमा पनि स्मरण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति