भदौ १०, काठमाडौ । हुम्लामा ९ देखि १५ सम्म स्थानीय तह निर्धारण गर्दा उपर्युक्त हुने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, काठमाडौ । हुम्लामा ९ देखि १५ सम्म स्थानीय तह निर्धारण गर्दा उपर्युक्त हुने"/>
२०८२, २९ फाल्गुन शुक्रबार
समाज

हुम्लाको स्थानीय संख्या ९ देखि १५ सम्म हुनपर्नेमा जोड

२०७३, १० भाद्र शुक्रबार ०९:२८

भदौ १०, काठमाडौ । हुम्लामा ९ देखि १५ सम्म स्थानीय तह निर्धारण गर्दा उपर्युक्त हुने धारणा काठमाडौमा रहेका हुम्लीहरुको तर्फबाट उठेको छ । राजधानीको संवाद डवलीमा आयोजित अन्तरक्रियामा सहभागीहरुले भने, ‘हुम्लाको भूगोलअनुसार आयोगले प्रस्ताव गरेको ५ क्षेत्रले पुग्दैन ।’

 हुम्लाको विकासबारे विभिन्न क्षेत्रको अनुसन्धान गर्दै आएका दीपेन्द्र रोकायाले जनसंख्याजस्तै भूूगोलको उपयोग तथा ब्यवस्थापन गर्न सके हुम्लाको भाग्य फेरिने अवधारणा प्रस्तुत गरे ।  ‘यसका लागि बढी प्रतिनिधित्व हुने आधार निर्माण गर्न सकिएमा हुम्लाको स्रोत परिचालन गर्न सकिन्छ’ उनले भने,  यस आधारबाट हेर्दा १५ स्थानीय निकाय हुँदा राम्रो हुने देखिन्छ ।’ नेकपा माओवादी केन्द्रका नेता छिरिङ दम्डुल लामा ‘कार्चेन’ र लालकेश जोशीले स्थानीय निकायको पुनर्संरचना गर्दा जनसंख्याजस्तै भूगोललाई पनि मान्यता दिनपर्ने दावी गरे ।

उनीहरुले यसमा विशेषतः दलहरुको धारणा मुख्य हुने र आयोगको धारणा सहयोगी हुने टिप्पणी गरे । हुम्लाका प्रमुख जिल्ला अधिकारी डा। कृष्णबहादुर घिमिरेले हुम्लाको १९ प्रतिशत बस्न र खेतीयोग्य जमीन रहेको चर्चा गर्दै स्थानीय पुुनर्संरचना आयोगले गरेको प्रस्ताव चित्त बुझ्दो नभएको बताए । ‘यति उति भन्न म सक्तिनँ, तर संख्यामा सुधार गर्नै पर्दछ’ उनले भने ।

 हुम्लाका स्थानीय विकास अधिकारी वलदेवप्रसाद जोशीले यस विषयमा हुम्लामा पाँच वटा अवधारणा आएको बताए । उनले भने, ‘५, ७, ८, ९ र १३ को कुरा आएको छ, संख्या किटान भएपछि अरु काम अघि बढाउन सकिन्छ ।’ उनले संवैधानिक रुपमा २२ वटा अधिकार प्रयोग गर्ने स्थानीय सरकारलाई ७० जना कर्मचारी आवश्यक पर्ने जानकारी पनि दिए । संवाद डवलीका सचिव धनञ्जय बुढा लगायतका सहभागीहरुले वस्ती विकासलाई ध्यान दिन र प्राकृतिक स्रोतमा विशेष ध्यान दिनपर्ने बेला आएको बताए । उनीहरुले नुनदेखि सुनसम्मको खानी तथा यार्सागुम्बा लगायत जडीबुटीको चर्चा समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा