२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ

२०७८, २६ माघ बुधबार ११:२३

माघ २६, काठमाडौँ । आगामी ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७ गते) भव्यरुपमा मनाउन प्रचारप्रसारका हिसाब सम्पूर्ण तयारी पूरा गर्ने निर्णय गरिएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं प्रजातन्त्र दिवस प्रचारप्रसार उपसमितिका संयोजक डा बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको बैठकले सञ्चारमाध्यमबाट विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो । प्रजातन्त्र दिवसका दिन घर, कार्यालय र मण्डलालगायतमा दिपावली गर्ने, घर–घरमा राष्ट्रिय झण्डा फहराउने तथा विद्युतीय सञ्चार माध्यमबाट जागरणसम्बन्धी गीत प्रसारण गरिने भएको छ ।


 जहानिया राणा शासनबाट जनतालाई मुक्त गरी मुलुकमा तत्कालीन राजा त्रिभुवनले प्रजातन्त्र बहालीको घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष फागुन ७ गते पर्वकैरुपमा प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।

मुलुकमा प्रजातन्त्र स्थापनाका खातिर शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले बलिदानी दिनुभएको थियो । राष्ट्रिय समाचार समिति(रासस)ले प्रजातन्त्र दिवसका अवसरमा दिवस केन्द्रित सामग्री तयार गरी अन्य सञ्चार माध्यमलाई उपलब्ध गराउने छ ।

 विद्युतीय सञ्चार माध्यमबाट प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद प्रसारण गर्ने तथा छापा माध्यम अर्थात राष्ट्रियस्तरका पत्रपत्रिकामा प्रजातन्त्र दिवस विशेषाङ्क, स्मारिका र लेख रचनाको सङ्गालो प्रकाशन गरिनेछ । प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमलगायतका दूरसञ्चार सेवा प्रदायक संस्थाबाट शुभकामना एसएमएस गर्ने, नेपाल टेलिभिजन र रेडियो नेपाल तथा सामुदायिक एवं निजी क्षेत्रका अन्य सञ्चार माध्यमबाट पनि प्रजातन्त्र दिवसको महत्वबारे कार्यक्रम र सामग्री प्रकाशन तथा प्रसारण गरिने छ ।

रेडियो र टेलिभिजनलगायतका सञ्चार संस्थाले प्रजातन्त्र मूल समारोहसम्बन्धी कार्यक्रमको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाउने छन् । बैठकमा  मन्त्रालयका सहसचिव, सूचना विभागका महानिर्देशक, गोरखापत्र र नेपाल टेलिभिजनका अध्यक्ष, राष्ट्रिय समाचार समिति(रासस)का महाप्रबन्धक, रेडियो नेपालका कार्यकारी निर्देशक, नेपाल टेलिकमका प्रबन्ध निर्देशक, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशकलगायत सहभागी हुनुहुन्थ्यो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै