८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ

२६ माघ २०७८, बुधबार ११:२३

माघ २६, काठमाडौँ । आगामी ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७ गते) भव्यरुपमा मनाउन प्रचारप्रसारका हिसाब सम्पूर्ण तयारी पूरा गर्ने निर्णय गरिएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं प्रजातन्त्र दिवस प्रचारप्रसार उपसमितिका संयोजक डा बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको बैठकले सञ्चारमाध्यमबाट विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो । प्रजातन्त्र दिवसका दिन घर, कार्यालय र मण्डलालगायतमा दिपावली गर्ने, घर–घरमा राष्ट्रिय झण्डा फहराउने तथा विद्युतीय सञ्चार माध्यमबाट जागरणसम्बन्धी गीत प्रसारण गरिने भएको छ ।


 जहानिया राणा शासनबाट जनतालाई मुक्त गरी मुलुकमा तत्कालीन राजा त्रिभुवनले प्रजातन्त्र बहालीको घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष फागुन ७ गते पर्वकैरुपमा प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।

मुलुकमा प्रजातन्त्र स्थापनाका खातिर शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले बलिदानी दिनुभएको थियो । राष्ट्रिय समाचार समिति(रासस)ले प्रजातन्त्र दिवसका अवसरमा दिवस केन्द्रित सामग्री तयार गरी अन्य सञ्चार माध्यमलाई उपलब्ध गराउने छ ।

 विद्युतीय सञ्चार माध्यमबाट प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद प्रसारण गर्ने तथा छापा माध्यम अर्थात राष्ट्रियस्तरका पत्रपत्रिकामा प्रजातन्त्र दिवस विशेषाङ्क, स्मारिका र लेख रचनाको सङ्गालो प्रकाशन गरिनेछ । प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमलगायतका दूरसञ्चार सेवा प्रदायक संस्थाबाट शुभकामना एसएमएस गर्ने, नेपाल टेलिभिजन र रेडियो नेपाल तथा सामुदायिक एवं निजी क्षेत्रका अन्य सञ्चार माध्यमबाट पनि प्रजातन्त्र दिवसको महत्वबारे कार्यक्रम र सामग्री प्रकाशन तथा प्रसारण गरिने छ ।

रेडियो र टेलिभिजनलगायतका सञ्चार संस्थाले प्रजातन्त्र मूल समारोहसम्बन्धी कार्यक्रमको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाउने छन् । बैठकमा  मन्त्रालयका सहसचिव, सूचना विभागका महानिर्देशक, गोरखापत्र र नेपाल टेलिभिजनका अध्यक्ष, राष्ट्रिय समाचार समिति(रासस)का महाप्रबन्धक, रेडियो नेपालका कार्यकारी निर्देशक, नेपाल टेलिकमका प्रबन्ध निर्देशक, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशकलगायत सहभागी हुनुहुन्थ्यो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ