२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेतबाँसका सामग्रीले बदलिएको जीवनशैली

१९ फाल्गुन २०७८, बिहीबार ०८:१६

फागुन १९, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ जुडाका वीरसिंह ठुगुन्ना गाउँकै समूहबाट बेतबाँसका सामग्री बनाउने १७ दिनको तालिम लिएर उद्योगी बनेका छन् ।

सुनदेवी उपभोक्ता समूहमा आबद्ध भएर ठगुन्नाले एक दशकअघि बेतबाँसका सामग्री बनाउने सीप सिकेका हुन् । सीप सिकेपछि उहाँले त्यसलाई व्यावसायिक बनाई काम गर्न थालेपछि पैसाका लागि अरु कहाँ हात थाप्नुपरेको छैन । बेतबाँसबाट ठगुन्नाले हेङ्गर, टबुल, कुर्सी, सोफा, -याक, टोकरी, मुढालगायत घर सजावटका सामग्री बनाउँदै आएका छन् ।

तालिममा सिकेको सीपलाई निर्खादै जाँदा उहाँ बेतबाँसका सामग्री बनाउने सफल व्यवसायीकारुपमा परिचित भएका छन् । मासिकरुपमा ठगुन्नाले रु ३० हजारदेखि रु ७० हजारसम्म कमाई गर्दै आएका छन् ।

“मागअनुसार बेतबाँसका सामग्री बनाएर बिक्री गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “महिनामा ५० देखि १०० सम्म सामग्री निर्माण गर्दै आएका छौँ । लागत खर्च कटाएर सोचेअनुसार नै आम्दानी हुने गरेको छ ।”

 विगतका वर्षमा कमाउनकै लागि भारतीय क्षेत्रमा जाने गरेको उल्लेख गर्दै उहाँले सीप सिकेपछि घरमै बसीबसी आम्दानी हुन थालेपछि भारत जाने दिनको अन्त्य भएको बताउनुभयो । कच्ची घरमा बस्दै आएका उहाँले बेतबाँसकै सामग्री निर्माण गरी कमाएर आएको रकमबाट गाँउमै पक्की घर ठड्याएका छन् । छोरालाई उच्च शिक्षा ग्रहणका लागि काठमाडौँ पठाएका छन् । घरको खर्चसँगै छोरोको पढाई खर्च सबै बेतबाँसका सामग्री बेचेर आएको आम्दानीले धानिँदै आएको उहाँले जानकारी दिनुभयो ।

“बेतबाँसका सामग्री बनाउनका लागि सीप सिकेपछि व्यवसायलाई अगाडि बढाउनका लागि पैसा थिएन”, उहाँले भन्नुभयो, “उपभोक्ता समूहबाट रु ५० हजार रकम छ प्रतिशत ब्याज तिर्ने गरी कर्जाका रुपमा लिएँ ।” कर्जा लिएको रकमबाट कैलालीका सामुदायिक वनबाट बेत र स्थानीय क्षेत्रबाट बाँस खरिद गरी काम गर्न थालेँ । त्यसबाट आम्दानी बढ्दै गयो । ब्याजसहित कर्जाको रकम पुरै चुक्ता गरेँ ।” वडा कार्यालयले कामको मूल्याङ्कन गरी रु एक लाख अनुदान रकम दिएपछि कार्य गर्न सहज भएको उहाँले बताउनुभयो ।

“वडाको रु एक लाख अनुदानसँगै समूहबाट रु दुई लाख कर्जा लिएर ठगुन्ना बेतबाँस हस्तकला उद्योग दर्ता गरी कार्य अगाडि बढाएको छु”, उहाँले भन्नुभयो, “विगतमा थोरै पुँजीमा थोरै काम हुन्थ्यो । अब बजारमा मागअनुसारका बेतबाँसका सामग्री बनाएर बेच्ने योजना छ ।” 

अनुदानमा पाएको रकम र समूहबाट लिएको कर्जाको रकम बेतबाँस खरिद गर्ने कार्यसँगै किला, पेन्ट खरिदमा खर्च हँदै आएको उहाँले बताउनुभयो । बेतबाँसबाट बनेका सामग्री रु ४०० देखि रु एक हजारसम्ममा बिक्री हुने गरेका छन् । खर्च कटाएर एक सामग्रीबाट रु १०० देखि रु ३०० सम्म नाफा हुने गरेको छ ।

हातैले बुनेका बेतबाँसका सामग्री स्थानीय बजारसँगै हाल डडेल्धुरा, बैतडी र बझाङसम्म पु¥याएर बिक्री गरिँदै आएको छ । उद्योगलाई कमाई गर्ने साधन मात्रै नबनाएर बेतबाँसको तालिम केन्द्रका रुपमा विकास गर्ने ठगुन्नाको योजना छ । थोरै दिनको तालिम लिएर ठगुन्नाले गतिलो काम गरेर देखाएकाले वडाबाट अनुदान रकम प्रदान गरी प्रोत्साहित गरिएको वडाध्यक्ष जगतबहादुर सिंहले बताउनुभयो । 

“स्वरोजगार भएर अरुका लागि प्रेरणाका स्रोत बनेका ठगुन्नालाई आर्थिक सहयोग गरेका छौँ”, उहाँले भन्नुभयो, “सीप भएर पनि लगानी गर्ने रकम नपाएर बसेका युवालाई सहयोग निरन्तररुपमा उपलब्ध गराउँछौँ ।” ठगुन्नासँग वडाका आधा दर्जन बढी युवालाई स्वरोजगारका कार्यक्रम सञ्चालन गर्नका लागि सहयोग गरिएको उहाँको भनाइ रहेको छ ।

“उद्यम गर्नेले मुगलान पस्नु पर्दैन”, अध्यक्ष सिंहले भन्नुभयो, “गाउँमै उद्यम गरेर ठगुन्ना जस्तै स्वरोजगार बन्न सकिन्छ । परिवारसँगै बसेर गतिलो आम्दानी गरी सहज जीवनयापन गर्न सकिन्छ ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै