२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेतबाँसका सामग्रीले बदलिएको जीवनशैली

२०७८, १९ फाल्गुन बिहीबार ०८:१६

फागुन १९, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ जुडाका वीरसिंह ठुगुन्ना गाउँकै समूहबाट बेतबाँसका सामग्री बनाउने १७ दिनको तालिम लिएर उद्योगी बनेका छन् ।

सुनदेवी उपभोक्ता समूहमा आबद्ध भएर ठगुन्नाले एक दशकअघि बेतबाँसका सामग्री बनाउने सीप सिकेका हुन् । सीप सिकेपछि उहाँले त्यसलाई व्यावसायिक बनाई काम गर्न थालेपछि पैसाका लागि अरु कहाँ हात थाप्नुपरेको छैन । बेतबाँसबाट ठगुन्नाले हेङ्गर, टबुल, कुर्सी, सोफा, -याक, टोकरी, मुढालगायत घर सजावटका सामग्री बनाउँदै आएका छन् ।

तालिममा सिकेको सीपलाई निर्खादै जाँदा उहाँ बेतबाँसका सामग्री बनाउने सफल व्यवसायीकारुपमा परिचित भएका छन् । मासिकरुपमा ठगुन्नाले रु ३० हजारदेखि रु ७० हजारसम्म कमाई गर्दै आएका छन् ।

“मागअनुसार बेतबाँसका सामग्री बनाएर बिक्री गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “महिनामा ५० देखि १०० सम्म सामग्री निर्माण गर्दै आएका छौँ । लागत खर्च कटाएर सोचेअनुसार नै आम्दानी हुने गरेको छ ।”

 विगतका वर्षमा कमाउनकै लागि भारतीय क्षेत्रमा जाने गरेको उल्लेख गर्दै उहाँले सीप सिकेपछि घरमै बसीबसी आम्दानी हुन थालेपछि भारत जाने दिनको अन्त्य भएको बताउनुभयो । कच्ची घरमा बस्दै आएका उहाँले बेतबाँसकै सामग्री निर्माण गरी कमाएर आएको रकमबाट गाँउमै पक्की घर ठड्याएका छन् । छोरालाई उच्च शिक्षा ग्रहणका लागि काठमाडौँ पठाएका छन् । घरको खर्चसँगै छोरोको पढाई खर्च सबै बेतबाँसका सामग्री बेचेर आएको आम्दानीले धानिँदै आएको उहाँले जानकारी दिनुभयो ।

“बेतबाँसका सामग्री बनाउनका लागि सीप सिकेपछि व्यवसायलाई अगाडि बढाउनका लागि पैसा थिएन”, उहाँले भन्नुभयो, “उपभोक्ता समूहबाट रु ५० हजार रकम छ प्रतिशत ब्याज तिर्ने गरी कर्जाका रुपमा लिएँ ।” कर्जा लिएको रकमबाट कैलालीका सामुदायिक वनबाट बेत र स्थानीय क्षेत्रबाट बाँस खरिद गरी काम गर्न थालेँ । त्यसबाट आम्दानी बढ्दै गयो । ब्याजसहित कर्जाको रकम पुरै चुक्ता गरेँ ।” वडा कार्यालयले कामको मूल्याङ्कन गरी रु एक लाख अनुदान रकम दिएपछि कार्य गर्न सहज भएको उहाँले बताउनुभयो ।

“वडाको रु एक लाख अनुदानसँगै समूहबाट रु दुई लाख कर्जा लिएर ठगुन्ना बेतबाँस हस्तकला उद्योग दर्ता गरी कार्य अगाडि बढाएको छु”, उहाँले भन्नुभयो, “विगतमा थोरै पुँजीमा थोरै काम हुन्थ्यो । अब बजारमा मागअनुसारका बेतबाँसका सामग्री बनाएर बेच्ने योजना छ ।” 

अनुदानमा पाएको रकम र समूहबाट लिएको कर्जाको रकम बेतबाँस खरिद गर्ने कार्यसँगै किला, पेन्ट खरिदमा खर्च हँदै आएको उहाँले बताउनुभयो । बेतबाँसबाट बनेका सामग्री रु ४०० देखि रु एक हजारसम्ममा बिक्री हुने गरेका छन् । खर्च कटाएर एक सामग्रीबाट रु १०० देखि रु ३०० सम्म नाफा हुने गरेको छ ।

हातैले बुनेका बेतबाँसका सामग्री स्थानीय बजारसँगै हाल डडेल्धुरा, बैतडी र बझाङसम्म पु¥याएर बिक्री गरिँदै आएको छ । उद्योगलाई कमाई गर्ने साधन मात्रै नबनाएर बेतबाँसको तालिम केन्द्रका रुपमा विकास गर्ने ठगुन्नाको योजना छ । थोरै दिनको तालिम लिएर ठगुन्नाले गतिलो काम गरेर देखाएकाले वडाबाट अनुदान रकम प्रदान गरी प्रोत्साहित गरिएको वडाध्यक्ष जगतबहादुर सिंहले बताउनुभयो । 

“स्वरोजगार भएर अरुका लागि प्रेरणाका स्रोत बनेका ठगुन्नालाई आर्थिक सहयोग गरेका छौँ”, उहाँले भन्नुभयो, “सीप भएर पनि लगानी गर्ने रकम नपाएर बसेका युवालाई सहयोग निरन्तररुपमा उपलब्ध गराउँछौँ ।” ठगुन्नासँग वडाका आधा दर्जन बढी युवालाई स्वरोजगारका कार्यक्रम सञ्चालन गर्नका लागि सहयोग गरिएको उहाँको भनाइ रहेको छ ।

“उद्यम गर्नेले मुगलान पस्नु पर्दैन”, अध्यक्ष सिंहले भन्नुभयो, “गाउँमै उद्यम गरेर ठगुन्ना जस्तै स्वरोजगार बन्न सकिन्छ । परिवारसँगै बसेर गतिलो आम्दानी गरी सहज जीवनयापन गर्न सकिन्छ ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !