१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजको परिवर्तनको प्रमुखवाहक माओवादी केन्द्र भएपनि शक्ति परिचालन गर्न नसकेको प्रचण्डको दुखेसो

२५ फाल्गुन २०७८, बुधबार ०७:३५

फागुन २५, काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आजको परिवर्तनको प्रमुखवाहक माओवादी केन्द्र भएपनि शक्ति परिचालन गर्न नसकेको दुखेसो गरेका छन्।

बुधबार दिउँसो बुद्धनगरमा नेपाल उद्योग व्यवसायी महासंघको केन्द्रीय तदर्थ समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले राष्ट्रिय पुँजीको विकास गर्न र परिवर्तनको संवाहक बन्नका लागि संगठनमा आबद्ध हुन आग्रह गरेका हुन्। 

‘आजको परिवर्तनको प्रमुख वाहक भनेको पनि माओवादी केन्द्र नै हो।’उनले थपे,‘तर यसबीचमा जति समाजमा हामीले आक्रमक ढंगले स्थापित गर्नुपर्ने हो गर्न सकेको छैन। कहिले आफैंभित्रको अन्तरविरोधमा रुमल्लिएर, कहिले विभिन्न गुटबन्दीभित्र हराएर हामीभित्र भएको क्षमता र शक्ति परिचालन गर्न जति गर्नुपर्ने हो, त्यति सकेका छैनौं।’ उनले वैचारिक, राजनीतिक, सांगठनिक र आर्थिक रुपमा आक्रमक भएर प्रस्तुत हुन निर्देशन दिए।

पार्टीको पछिल्लो बैठकले विधानमा केही संशोधन गरेको बताउँदै प्रचण्डले उद्योगी व्यवसायी, डाक्टर, इन्जिनियरलगायत सबैको प्रतिनिधित्व गराउने उल्लेख गरे। पार्टीमा उद्योग व्यवसायीहरु भएमात्र पार्टीको आर्थिक नीति, कार्यक्रम बनाउन सहज हुने भएकाले केन्द्रीय कमिटीमा समावेश गर्ने प्रचण्डले प्रतिबद्धता जनाए। उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने बताए। उनले परिवर्तनका एजेण्डा, आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि यो संगठन आवश्यकता रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय