२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धमाधम पक्राउ पर्दै हलेसीका लागुऔषध व्यवसायी

२०७८, २६ फाल्गुन बिहीबार ०७:१८

फागुन २६, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धीरज राई सोमबार लागुऔषध गाँजासहित पक्राउ परेका छन् । दुर्छिमस्थित बतासेघाट नजिकैपर्ने सुइटेखोलाको बगरमा बिक्री गर्न बोरामा पोका पारेर त्रिपालले ढाकेर ठूलो मात्रामा लागुऔषध गाँजा लुकाएर राखेको छ, भन्ने स्थानीय बासिन्दाले दिएको जानकारीको आधारमा उनीहरुलाई ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरेको हो । 

पक्राउ परेका दुवैजनाविरुद्ध लागुऔषध बेचबिखन तथा कारोबार महल अन्तर्गत जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो । ३२ किलो ४८५ ग्राम लागुऔषध गाँजासहित पक्राउ परेका उनीहरु दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । 

गत भदौ– ५ गते १५ केजी गाजाँसहित सोही नगरपालिका–७ महादेविस्थानस्थित कात्तिकेका ५७ वर्षीय मगम राईलाई प्रहरीले उनको घरैबाट पक्राउ गरेको थियो । राईले प्रतिबन्धित लागुऔषध गाँजा बिक्री गर्न घरमा लुकाएर राखेको स्थानीय बासिन्दाले दिएको जानकारीको आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले उनलाई गाँजासहित पक्राउ गरेर मुद्दा चलाएको छ । लागुऔषध उत्पादन गर्ने उद्योग नै सञ्चालन गर्दै आएका सोही नगरपालिका–१ बाहुनीडाँडाका दुई युवकलाई प्रहरीले गत असोज–२८ गते उद्योगबाटै पक्राउ गरेको थियो । गाँजा, सुर्ती र चुना प्रयोग गरेर लागुऔषध उत्पादन गर्दै आएका बाहुनीडाँडास्थित बयाक्ताका २१ वर्षीय सुवास राई र २३ वर्षीय अविन नेपालीलाई उद्योगबाटै पक्राउ गरेर मुद्दा चलाएको थियो ।

पक्राउ परेका राई र नेपालीको उद्योगबाट सात केजी गाँजा, १५ बोरा प्याकिङ गरिएको भाले ब्राण्डको सुर्ती, दुई बोरा खुला सुर्ती, दुई बोरा चुना, एक बोरा लागुऔषध प्याकिङ गर्ने प्लाष्टिक, एक थान लागुऔषध बनाउने मेसिन, दुई बोरा लागुऔषध प्याकिङ गरिएको प्याकेटमा टालिने स्टिकर, दुई थान फलामे दाउ र एक थान अचानो बरामद गरेको थियो । पक्राउ परेका उनीहरु दुवैजनाविरुद्ध प्रहरीले मुद्दा चलाउनुका साथै उनीहरुको उद्योगबाट बरामद गरेको कच्चा पदार्थ नष्ट गरेको थियो । 

यस्तै गत चैत–४ गते सोही नगरपालिकाको वडा नं ७ राटमाटेका केवी भनिने कुलबहादुर राईको घरबाट प्रहरीले २० केजी गाँजा बरामद गरेको थियो । प्रहरीले दिएको जानकारी अनुसार गाँजा कारोबारमा संलग्न रहेका राई हाल फरार रहेका र उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेर उनको खोजी  जारी रहेको जनाइएको छ । 

हलेसी क्षेत्रका स्थानीय बासिन्दाले अवैध रुपमा गर्दै आएका अवैध गाँजा खेती नष्ट गर्न तथा बिक्री वितरणमा रोक लगाउन जिल्ला प्रहरी कार्यालयले अभियान नै सञ्चालन गर्दै आएको छ । विगत वर्षदेखि नै सञ्चालन गर्दै आएको अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी च्यास्मिटारबाट खटिएको प्रहरी टोलीले यस वर्षमात्रै करोडौँ मूल्य पर्ने गाँजा खेती नष्ट गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा