१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार माग्यो बेरोजगारको सूची, सय दिनको रोजगारी पाउन कसरी दिने आवेदन ?

२६ फाल्गुन २०७८, बिहीबार ०८:१९

फागुन २६, काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहनेहरुका लागि सरकारले आवेदन माग गरेको छ । बेरोजगारहरुलाई १ सय दिन बराबरको रोजगार सुविधा प्रत्याभूति गराउनका लागि भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरुमार्फत् विवरण लिन लागेको हो ।  

सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आइतबार जारी गरेको सूचनामा बेरोजगार भएकाहरुलाई फागुन महिनाभित्रमा २०७९–०८० का लागि निवेदन अनुरोध गरेको थियो ।

रोजजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम बेरोजगार भएकाहरुले आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा निवेदन दिनुपर्नेछ ।

आवेदक निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारमा संलग्न नभएको हुनु पर्ने छ । रितपूर्वक प्राप्त आवेदनलाई वडा कार्यालयले छानविन गरी बेरोजगार ठहर हुने सबै मापदण्ड पूरा गरेको प्रमाणित गर्नु पर्ने छ भने । त्यस्ता आवेदकलाई कम्तिमा १०० दिनको रोजगारी प्रदान गरिनेछ ।

बेरोजगार व्यक्ति १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्नेछ भने निवेदन दिँदाको मितिसम्म सोहि आर्थिक वर्षमा न्यूनतम सय दिनको रोजगारमा संलग्न नभएको हुनुपर्नेछ । त्यस्तै, स्वरोजगार व्यक्तिहरुको हकमा वार्षिक ५७ हजार ७ सय रुपैयाँ भन्दा कम आय भएका व्यक्तिले मात्र प्रधानमन्त्री रोजगार कार्यक्रममा भाग लिन पाउनेछन् ।

रोजगार कार्यक्रमका लागि परेका निवेदनहरुलाई वडा कार्यालयले छानबिन गरेर बेरोजगार ठहर गर्नुपर्नेछ । त्यस्तै, निवेदनलाई स्थानीय निर्देशक समितिले छानबिन गरी बेरोजगार व्यक्तिको अन्तिम सूची गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले स्वीकृत गर्नेछ । रोजगारीको हक मौलिक हकका रुपमा राखिएको छ । ‘प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पुरा गरेका नेपाली नागरिकले रोजगारीको हक सम्बन्धी नियमावली २०७५ को नियम ७ बमोजिम आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा फागुन महिनाभर आवेदन दिन सक्नेछन्,’ श्रम मन्त्रालयले बिहीबार जारी गरेको सूचनामा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी