२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच प्रदेशका इन्जिनियर्स एशोसिएशनमा लोकतान्त्रिक समूहको नेतृत्व

२०७८, १ चैत्र मंगलवार ०९:४६

चैत १, काठमाडौँ । नेपाल इन्जिनियर्स एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पाँच प्रदेशमा लोकतान्त्रिक समूह पदाधिकारीसहित बहुमत पदमा निर्वाचित भएको छ । 

पाँच प्रदेशमा सेन्टर फर डेमोक्रयाटिक इन्जिनियर्स नेपाल (सिडेन) को नेतृत्वसहित बहुमत पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । प्रदेश नं १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा लोकतान्त्रिक समूह निर्वाचित भएको निर्वाचन समितिका सदस्य उमेश गुप्ताले राससलाई जानकारी दिनुभयो । पाँच प्रदेशमा नेतृत्वसहित मुख्य पद गरी बहुमतमा सिडेनको समूह निर्वाचित भएको उहाँले सुनाउनुभयो ।

अहिले मत गणना भइरहेको मधेश प्रदेश र बागमतीमा पनि धेरै पदमा सिडेनकै पदाधिकारी एवं सदस्यको अग्रता रहेको छ । मधेश प्रदेशका दुई निर्वाचन केन्द्रमध्ये एक र बागमतीका तीन निर्वाचन केन्द्रमध्ये एकको मत गणना अहिले जारी छ । आज बेलुकीसम्म जनकपुर काठमाडौँ केन्द्रको पनि मत परिणाम आउने समितिले जनाएको छ । राज्य पुनःसंरचनापछि प्रदेशको दोस्रो कार्यकालका लागि मतदान भएको हो ।

एशोसिएशनको अध्यक्षमा प्रदेश नं १ मा जयनाथ यादव, गण्डकीमा वृजेन्द्र केसी, लुम्बिनीमा शैलेन्द्रकुमार श्रेष्ठ, कर्णालीमा हरि केसी र सुदूरपश्चिममा प्रदीपकुमार पन्त निर्वाचित हुनुभएको हो । अग्रता कायम गर्ने सिडेनका उम्मेदवारमा मधेश प्रदेशमा श्यामकिशोर यादव र बागमतीमा रोहिणी पौडेल हुनुहुन्छ ।

केन्द्रीय नेतृत्वमा पनि सिडेनकै अग्रता

केन्द्रीय नेतृत्वमा पनि सिडेनका पदाधिकारी एवं सदस्य गरी बहुमतमा अग्रता कायम गरेको छ । लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा डा हरिबहादुर दर्लामीको नेतृत्वको समूह प्रतिस्पर्धामा छ । 

यसैगरी प्रगतिशील समूहबाट डा सुरज लामिछाने नेतृत्वको समूहले प्रतिस्पर्धा गरिरहेको छ । सिडेनबाट विद्रोही समूह निर्वाचनमा खडा भए पनि पाँच प्रदेशमा विजयीसहित केन्द्रमा पनि अग्रता कायम गरेको उपाध्यक्ष पदका उम्मेदवार नारायण अधिकारीले सुनाउनुभयो । एशोसिएशनको ३३ औँ कार्यसमितिका लागि फागुन २७ गते शुक्रबार मतदान भएको थियो । एशोसिएशनबाट इन्जिनियर्स काउन्सिलमा प्रतिनिधित्व गर्ने पाँच पदमा पनि सिडेनकै उम्मेदवारको अग्रता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु