१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागमती प्रदेश इञ्जिनीयर्स एशोसियशनमा लोकतान्त्रिक समूह विजयी

२ चैत्र २०७८, बुधबार ०७:२१

चैत २, काठमाडौँ । नेपाल इञ्जिनीयर्स एशोसियशन बागमती प्रदेशमा सेन्टर फर डेमोक्र्याटिक इञ्जिनीयर्स नेपाल (सिडेन) को समूह विजयी भएको छ । बागमती प्रदेशका तीन स्थानमा मतदान केन्द्र राखी भएको निर्वाचनको मतगणना मङ्गलबार राति सकिएको थियो । 

मतपरिणाम अनुसार प्रदेश सभापति पदमा लोकतान्त्रिक समूहका रोहिणी पौडेल विजयी हुनुभएको प्रदेश निर्वाचन समिति संयोजक कमल कार्कीले राससलाई जानकारी दिनुभयो । प्रदेश समितिका पदाधिकारी र सदस्यमा पनि सबै लोकतान्त्रिक समूहबाट नै विजयी भएका छन् । उपसभापतिमा सुरेन्द्र केसी, सचिवमा दिनेश न्यौपाने, सहसचिवमा डा विजय थापा, कोषाध्यक्षमा विपीन भुसाल विजयी हुनुभएको छ । सदस्यहरुमा ओशन थापा मगर, प्रमोद महत, प्रह्लाद बस्नेत, रोहित पौडेल, चिरञ्जीवी खतिवडा, वृजेश सिंह, गौरव पौडेल, दिराज थापा, राकेश भट्टराई र प्रवीण छेत्री विजयी हुनुभएको छ । 

निकटतम् प्रतिद्वन्द्वीमा (नेकपा समाजवादी) निकटलगायत गठबन्धनको प्रगतिशील इञ्जिनीयर्स एशोसियशनका विनोद सापकोटाको समूह आएको निर्वाचन समिति संयोजक कार्कीले बताउनुभयो । सबै पदाधिकारी र सदस्यको तीनै वटा मत गणनास्थलबाट प्राप्त मत जोडेर आज निर्वाचन परिणाम घोषणा गर्ने तयारी भएको प्रदेश निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी