कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आगलागीबाट धन्सारमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आगलागीबाट धन्सारमा"/>
११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनको माडीमा आगलागी हुँदा ६० लाखको क्षति

४ चैत्र २०७८, शुक्रबार ०५:३५

चैत ४, चितवन । माडी नगरपालिका–४ खैरहनीमा आगलागी हुँदा रु ६० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्थानीय माधव लामिछानेको धन्सारमा अचानक आगलागी भएको थियो ।

कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आगलागीबाट धन्सारमा रहेको ७० क्विन्टल धान, तोरी पाँच क्विन्टल, गहुँ दुई क्विन्टल, ३५ क्विन्टल (७० बोरा) कुखुराको दाना, फ्रिज एक थान, टिभी एक थान, डिजिटल मेसिन एक थान, सोलार प्यानल तीन थान, ब्याट्री तीन थान, इन्भर्टर एक थानलगायत ग्रिज, मोबिल, गियर आयल, हाइड्रोलिक पाइप, ड्रम अन्य भाँडावर्तन नष्ट भएको छ ।

यस्तै कुखुरा फार्ममा रहेको तयारी कुखुरा एक हजार २००  र चल्ला एक हजार पूर्णरूपमा जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो । अधिकारीका अनुसार आगलागी आज बिहान ४:३० बजे भएको हो । आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी