१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

२३ चैत्र २०७८, बुधबार ०६:०४

चैत्र २३, काठमाडौं | झापाको बुद्धशान्ती गाँउपालिका–३ स्थित बुद्धचोकमा मंगलबार साँझ पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । सोही घटनामा एक जना घाइते भएका छन् । 

प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ३८ वर्षीया शान्ता सुब्बा रहेकी छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी सुब्बाको उपचारको क्रममा बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी मोटरसाइकल चालक स्थानीय ४२ वर्षीया कविता लिम्बुको भने सोही अस्पतालमा उपचार भइरहेको छ । 

प्रदेश १–०१–०१३ प ४४९८ नम्बरको मोटरसाइकललाई प्रदेश १–०१–००१ च ७८३८ नम्बरको पिक अप भ्यानले मंगलबार बेलुकी पौने ७ बजे ठक्कर दिएको थियो । 

दुर्घटनामा संलग्न दुवै सवारी साधन सहित पिकअप भ्यानका चालक ईलाका प्रहरी कार्यालय धुलाबारी झापाको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल