२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

हिमाली आयोजनाको रसुवामा ४ करोड ६६ लाख अनुदान

१३ मंसिर २०७२, आईतवार १०:५४

himali copy

प्रेमप्रसाद पौडेल/मङ्सिर १३, रसुवा
रसुवा जिल्लामा हिमाली आयोजनाले हालसम्म ४ करोड ६६ लाख २० हजार बरारको विभिन्न
उपआयोजनाहरुलाई अनुदान उपलब्ध गराएको छ ।

नेपाल सरकार तथा एसियाली विकास बैंकको सहयोगमा आयोजनाले
विभिन्न ४३ वटा उपआयोजनाका लागि अनुदान उपलब्ध गराएको हो । उक्त उपआयोजनामा १ करोड ३२ लाख ९ हजार
रुपैंयाँ किसानहरुको कृषकहरुको लगानी रहेको बताइएको छ ।

धुन्चेमा आयोजित समीक्षा तथा पृष्ठपोषण
गोष्ठीमा आयोजना तथा उपआयोजनाको हालको अवस्था तथा भुकम्पले उपआयोजनामा पारेको असरबारे सरोकारवालाहरु तथा
व्यावसायीहरुलाई जानकारी दिइएको छ । रसुवाका हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न कृषक तथा
पशुपालकहरुले ३ सय ११ वटा विभिन्न उपआयोजना सञ्चलन गर्नका लागि प्रस्तावना दर्ता गराएका थिए

दर्ता गराइएका विभिन्न उपआयोजनामध्ये आयोजनाले ४३ वटा उपआयोजना सम्झौता गरी सञ्चालनमा ल्याएको
छ भने २ वटा उपआयोजना सम्झौता हुने प्रक्रियामा रहेको वरिष्ठ पशु चिकित्सक डिल्लीराम सेडाईले जानकारी
दिनुभयो । त्यस्तै विभिन्न १३ वटा उपआयोजनाहरु स्थलगत प्रमाणिकरणमा रहेका छन् ।

आयोजनाका
राष्ट्रिय टिम लिडर दलराम प्रधानले रसुवामा सञ्चालित विभिन्न उपआयोजनाहरुमा बैशाख १२ को विनाशकारी
भुकम्पले करीव ८० लाख बराबरको क्षति भएको जानकारी दिनुभयो । भौतिक संरचना, पशुपंक्षी, माछा तथा तरकारी
खेती, चिराइतो खेती आदिमा प्रभाव परेको बताइएको छ ।

रसुवामा हाल कार्यान्वयनमा आएका
उपआयोजनामध्ये चौरी, याक, नाक पालन ७, चिराइतो खेती १९, उन्नत गाईपालन तथा दुध उत्पादन १, डेरी १,
बाख्रापालन तथा मासु उत्पादन १४, रेन्वोट्राउट ५, भेडा, च्याङ्ग्रा २, तरकारी खेती १ र बंगुर पालन
व्यावसाय १ वटा सञ्चालनमा रहेका छन् ।

आयोजनामा चौरी, याक, नाक पालनका लागि ६३, चिराइतो खेती ५७,
उन्नत गाईपालन तथा दुध उत्पादन १५, डेरी ३, बाख्रापालन तथा मासु उत्पादन ११२, रेन्वोट्राउट १३, भेडा,
च्याङ्ग्रा १५, तरकारी खेती १६ र बंगुर पालन व्यावसाय १ वटा प्रस्तावना दर्ता भएका थिए

सञ्चालित उपआयोजनाबाट २ हजार २ सय १० जना आंशिक र ७६ जना पूर्णकालीन रुपमा किसानहरुले रोजगार
पाएका छन् भने ३८ लाख रुपैंयाँ बराबर प्रतिफल भएको बताइएको छ ।

रसुवाबाट आयोजनामा पेश भएका,
कार्यान्वयनमा रहेका, मूल्याङ्कन प्रक्रियामा रहेका तथा अस्वीकृत भएका उपआयोजनाहरुको विवरण हेर्न यहाँ
क्लिक गरी हेर्न सकिन्छ ।

http://himali.gov.np/docs/bps/20151122011513_Ras
uwa.pdf

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…