२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

औरहीवासीलाई अब जंघाहा खोला दुख्दैन

२६ चैत्र २०७८, शनिबार ०७:५५

विशाल बस्नेत । चैत २६, महोत्तरी । श्रीपुर र कविलासपुरका किसानलाई बजार जान होस् वा अर्को गाउँ जान हो एक बर्ष अघिसम्म निक्कै कठिन थियो । अझ बर्षायाममा यो गाउँमा नाकाबन्दी लागेको जस्तै हुन्थ्यो । अत्यावश्यक परेर अर्को गाउँ जानै परे जंघाहा खोलामा हेलिनै पथ्र्यो । यही बाध्यताले कविलासपुर र श्रीपुरका सर्वसाधारणले धेरैले आफ्न्त गुमाउनु परेको उनीहरूसँग नमिठो बिगत छ ।

करिब ३६ करोड लागतमा यही ठाउँमा पुल निर्माणपश्चत औरहीवासी निकै हौसिएका छन् । औपचारिक रुपमा पुल सन्चालमा आएपछिको खुसी उनीहरूको अनुहारमा प्रष्ट देखिन्थ्यो । 

कविलासपुरका अजय दासले खुसी पोखे, ‘हाम्रै जीवनकालमा यहाँ पुल बन्ला र सहज होला भन्ने सोचेका थिएनौँ । पुल बनेपछि आधा समस्या सकियो ।’ 


वडा नम्बर ४ को कविलासपुर र वडा नम्बर ५ को श्रीपुरमा करिब १० हजार जनालाई यो पुलले राहद दिएको छ । पुल निर्माणले किसानहरूका उत्पादित वस्तु बजारसम्म पु¥याउन र एक गाउँवाट अर्काे ठाउँमा जान सहज भएको उनीहरू बताछउँछन् । 

औरही नगरपालिकाका नगरप्रमुख सुनिल यादवले जनताको समृद्धिसँग जोडिएका पुलमात्रै उद्घाटन गरेनन् यहाँको रामजानकी मन्दिर, विद्यायलय, सामुदायिक भवन, नगर अस्पताल र आठ वटा स्वास्थ्यचौकीको पनि उद्घाटन गरेका छन् ।

‘पुल निर्माणपछि अब हिउँद बर्खामै सहजै आवतजावत हुनेभो भनेर सुखको श्वास फेरेका छौँ ।’ श्रीपुरका रामछबिलाल यादव वताउँछन् ।


करिब एक सय ९५ मिटर लम्बाईको यो पुलले वडा नम्बर ४ र ५ का स्थानीयलाई अभाव र बाध्यताबाट मुक्ती मात्र गराएन बर्षेनी बाढी कै कारण धनजनको क्षतिले अप्रिय घटनाको साक्षी समेत बन्दै आएका किसानलाई सहज प्रदान गरेको छ ।

श्रीपुर र कविलाशपुरका साना नानीहरूलाई पनि बर्षायाममा आवतजावत गर्न समस्या थियो । श्रीपुर र कविलासपुर कै बीचमा श्री सोन्फी दशै उच्च माध्यामिक विध्यालय छ । यस विद्ययालयमा दुवै गाउँका करिब पाँच सय विध्याथीए अध्यनरत छन । ‘खोलामा ठूलो बाढी आउने हँुदा विध्यालय जानै पाएका थिएनाँै अब त आनन्द भयो ।’ कक्षा ५ मा पढने रामचतुरले खुसी हुँदै भने ।

अझ उत्पादित वस्तुहरूलाई बजारसम्म पु¥याउन स्थानीयहरूलाई सहज भएसँगै यहाँका किसानले आधुनिक कृषि कर्मलाई पनि जोड दिएका छन् । परम्परागत खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका किसानहरू अहिले व्यवसायीक खेतीतर्फ आकर्षित भएका छन् । 

पहिलेको तुलनामा व्यवसायीक खेती गर्नेको संख्या वढीरहेको नगरप्रमुख सुनील यादवको ठम्याइ छ ।  

श्रीपुर र कविलासपुर भारतको विहार प्रदेशवाट समेत नजिक छ । गाउँपालिकासँगै जोडिएको बोर्डर यी गाउँवाट करिब १५ किलोमिटर दुरीमा रहेका छन् । बोर्डरमा पुगेर सामानहरू आयात निर्यात गर्न समेत जंगाहा पुलले भूमिका खेलेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान