२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

औरहीवासीलाई अब जंघाहा खोला दुख्दैन

२०७८, २६ चैत्र शनिबार ०७:५५

विशाल बस्नेत । चैत २६, महोत्तरी । श्रीपुर र कविलासपुरका किसानलाई बजार जान होस् वा अर्को गाउँ जान हो एक बर्ष अघिसम्म निक्कै कठिन थियो । अझ बर्षायाममा यो गाउँमा नाकाबन्दी लागेको जस्तै हुन्थ्यो । अत्यावश्यक परेर अर्को गाउँ जानै परे जंघाहा खोलामा हेलिनै पथ्र्यो । यही बाध्यताले कविलासपुर र श्रीपुरका सर्वसाधारणले धेरैले आफ्न्त गुमाउनु परेको उनीहरूसँग नमिठो बिगत छ ।

करिब ३६ करोड लागतमा यही ठाउँमा पुल निर्माणपश्चत औरहीवासी निकै हौसिएका छन् । औपचारिक रुपमा पुल सन्चालमा आएपछिको खुसी उनीहरूको अनुहारमा प्रष्ट देखिन्थ्यो । 

कविलासपुरका अजय दासले खुसी पोखे, ‘हाम्रै जीवनकालमा यहाँ पुल बन्ला र सहज होला भन्ने सोचेका थिएनौँ । पुल बनेपछि आधा समस्या सकियो ।’ 


वडा नम्बर ४ को कविलासपुर र वडा नम्बर ५ को श्रीपुरमा करिब १० हजार जनालाई यो पुलले राहद दिएको छ । पुल निर्माणले किसानहरूका उत्पादित वस्तु बजारसम्म पु¥याउन र एक गाउँवाट अर्काे ठाउँमा जान सहज भएको उनीहरू बताछउँछन् । 

औरही नगरपालिकाका नगरप्रमुख सुनिल यादवले जनताको समृद्धिसँग जोडिएका पुलमात्रै उद्घाटन गरेनन् यहाँको रामजानकी मन्दिर, विद्यायलय, सामुदायिक भवन, नगर अस्पताल र आठ वटा स्वास्थ्यचौकीको पनि उद्घाटन गरेका छन् ।

‘पुल निर्माणपछि अब हिउँद बर्खामै सहजै आवतजावत हुनेभो भनेर सुखको श्वास फेरेका छौँ ।’ श्रीपुरका रामछबिलाल यादव वताउँछन् ।


करिब एक सय ९५ मिटर लम्बाईको यो पुलले वडा नम्बर ४ र ५ का स्थानीयलाई अभाव र बाध्यताबाट मुक्ती मात्र गराएन बर्षेनी बाढी कै कारण धनजनको क्षतिले अप्रिय घटनाको साक्षी समेत बन्दै आएका किसानलाई सहज प्रदान गरेको छ ।

श्रीपुर र कविलाशपुरका साना नानीहरूलाई पनि बर्षायाममा आवतजावत गर्न समस्या थियो । श्रीपुर र कविलासपुर कै बीचमा श्री सोन्फी दशै उच्च माध्यामिक विध्यालय छ । यस विद्ययालयमा दुवै गाउँका करिब पाँच सय विध्याथीए अध्यनरत छन । ‘खोलामा ठूलो बाढी आउने हँुदा विध्यालय जानै पाएका थिएनाँै अब त आनन्द भयो ।’ कक्षा ५ मा पढने रामचतुरले खुसी हुँदै भने ।

अझ उत्पादित वस्तुहरूलाई बजारसम्म पु¥याउन स्थानीयहरूलाई सहज भएसँगै यहाँका किसानले आधुनिक कृषि कर्मलाई पनि जोड दिएका छन् । परम्परागत खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका किसानहरू अहिले व्यवसायीक खेतीतर्फ आकर्षित भएका छन् । 

पहिलेको तुलनामा व्यवसायीक खेती गर्नेको संख्या वढीरहेको नगरप्रमुख सुनील यादवको ठम्याइ छ ।  

श्रीपुर र कविलासपुर भारतको विहार प्रदेशवाट समेत नजिक छ । गाउँपालिकासँगै जोडिएको बोर्डर यी गाउँवाट करिब १५ किलोमिटर दुरीमा रहेका छन् । बोर्डरमा पुगेर सामानहरू आयात निर्यात गर्न समेत जंगाहा पुलले भूमिका खेलेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु